Skip to main content

धनगढी न्यूज

Breaking News 1

त्रिभुवन विश्वविद्यालयले परीक्षा सकिएको चार दिनमै नतिजा

त्रिभुवन विश्वविद्यालयले परीक्षा सकिएको चार दिनमै नतिजा

काठमाडौँ, साउन २१ गते । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर शनिबार सकिएको छ । साउन १३ गते प्रथम वर्षका अङ्ग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो । शनिबार (साउन १९ गते) भने राजनीतिशास्त्र विषयको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । परीक्षा यही साउन २ देखि ९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षामा ७९६…
Read More
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबार नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश संसदीय दलका नेतासमेत रहेका शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका थिए । उनले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।
Read More
मर्निङवाक गर्दा बाघले हमला गर्यो

मर्निङवाक गर्दा बाघले हमला गर्यो

शालिग्राम नेपाल चितवन, साउन २० गते । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन्  । बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको मुख र हातमा चोट लागेको छ । स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जानकारी दिएको छ । बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएका छन् ।
Read More
नेपाली श्रमिकलाई सचेत रहन आग्रह

नेपाली श्रमिकलाई सचेत रहन आग्रह

काठमाडौँ । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो । लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई समस्या पर्न सक्नेप्रति सचेत भई उद्धारका लागि आफ्ना नागरिकको विवरण सङ्कलन सुरु गरेको जनाएको छ । साथै दूतावासको सूचनामा नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकसित घटनाक्रमको निरन्तरता अनुगमन…
Read More
तीन जना बालिका अपहरणको आरोपमा हिरासतमा

तीन जना बालिका अपहरणको आरोपमा हिरासतमा

सुनसरीको दुहवी नगरपालिकाबाट मामा घरको आँगनमा खेली रहेकी ६ वर्षीया नाबालिकालाई अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ का ५० वर्षीयको संजय पासवानले बालिकालाई कोही कसैलाई नसोधी, मन्जुरी नलिई उठाई लिई गएको हुँदा निजको खोजतलाश गरी पाउँ भन्ने समेत व्यहोराको हुलिया निवेदन इलाका प्रहरी कार्यालय दुहवीमा दिएकोले प्रहरीले उजुरीका अधारमा साउन बुधबार तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मोरङ विराटनगर वडा न. ६ रामपुरका ५० वर्षीय संजय पासवान, कटहरी गाउँपालिका वडा नं. ६ घर भई हाल विराटनगर वडा न. १० स्थितमा डेरा गरी बस्ने ५० कलानन्द पासवान र सोही ठाउँकी ४०…
Read More
उच्च जोखिममा विमानस्थल र बस्ती

उच्च जोखिममा विमानस्थल र बस्ती

काठमाडौँ, साउन १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ । हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपोको स्थापना गरिएको थियो । निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर…
Read More
‘मानव बेचबिखन: सबैको साझा दुस्मन’

‘मानव बेचबिखन: सबैको साझा दुस्मन’

पाटन (ललितपुर), साउन १५ गते । गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभएको छ । मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले प्रहरीको प्रयासले मात्रै यस किसिमको अपराध न्यूनीकरण हुन सक्दैन सबैको सहयोग आवश्यक छ भन्नुभयो । उहाँले स्थानीय तह, विद्यालय तहका विद्यार्थी, शिक्षक समेतले मिलेर सचेतना जगाउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । “मानव बेचबिखन अन्तर्राष्ट्रिय जघन्य अपराधका रुपमा लिइएको छ, यो अपराधको दुष्प्रभाव एउटा भूगोलमा मात्रै सीमित छैन, यसलाई साझा दुस्मनका रूपमा लिएर निरुपण गर्नुपर्छ,…
Read More
सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई समिति द्वारा बोलावट

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई समिति द्वारा बोलावट

काठमाडौँ — सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि बोलाउने तयारी गरेको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनले अनुसन्धानमा अवरोध गर्दै आएका थिए समितिका एक सदस्यका अनुसार गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाइ भइरहेको हो । ‘कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ, गोर्खा मिडिया नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेलाई बोलाउने छानबिन समितिको कार्यविधिमै व्यवस्था छ,’ ती सदस्यले भने, ‘गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाउँछौं ।’ सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर…
Read More
एसपीए कलेजले फ्युजन फिएस्टा: प्रतिभा र संस्कृतिको उत्सव आयोजना गर्दै

एसपीए कलेजले फ्युजन फिएस्टा: प्रतिभा र संस्कृतिको उत्सव आयोजना गर्दै

धनगढी, नेपाल – एसपीए कलेजले आफ्नो कक्षा १२ होटल व्यवस्थापन विद्यार्थीहरूको सीप र प्रतिभा प्रदर्शन गर्ने एक उत्सव आयोजना गर्न लागेको छ। खिर खाने दिनको अवसरमा १५ साउन २०८१ मा हुने फ्युजन फिएस्टा स्वादिष्ट खाना, रमाइला खेलहरू, र उत्कृष्ट संगीतको आनन्द प्रदान गर्नेछ। यस कार्यक्रममा आगन्तुकहरूले विद्यार्थीहरूले तयार गरेका विभिन्न स्वादिष्ट परिकारहरूको स्वाद लिन सक्नेछन्, रमाइला खेलहरू खेल्न सक्नेछन्, र उत्कृष्ट संगीतको आनन्द लिन सक्नेछन्। यो कार्यक्रम विद्यार्थीहरूले आफ्नो अध्ययनको क्रममा विकास गरेका पाक र व्यवस्थापन सीपहरूको प्रमाण हो। कार्यक्रम विवरण: मिति: १५ साउन, २०८१ समय: बिहान ८ बजे देखि स्थान: एसपीए कलेज, धनगढी, नेपाल यी नवप्रवर्तक आतिथ्य व्यवस्थापन पेशेवरहरूको…
Read More
विद्युत् आयातमाथि निर्यातको जित

विद्युत् आयातमाथि निर्यातको जित

काठमाडौँ, साउन १४ गते । नेपालले भारतबाट किनेकोभन्दा बेचेको विद्युत्को मात्रा र रकम बढी भएको छ । नेपालले भारतीय बजारमा विद्युत् निर्यात थालेको तीन वर्षमा पहिलो पटक आयातभन्दा निर्यात बढी भएको हो । नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार यसरी गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल खुद निर्यात गर्ने मुलुक बनेको छ । २०८० साउनदेखि २०८१ असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएको छ । त्यसबाट १६ अर्ब ९३ करोड २६ लाख रुपियाँ आम्दानी भएको छ । सोही अवधिमा १६ अर्ब ८१ करोड तीन लाख रुपियाँको विद्युत् आयात भएको छ । यस अनुसार नेपालले…
Read More