20
Jul
महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ औं ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् । करिअरको पहिला अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्ने क्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । उनले त्यसक्रममा ८ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन् । पुजा महतो ७ रनमा नटआउट रहिन् । नेपालका लागि…






