धनगढी न्यूज

बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते

बैतडीः बैतडीमा पहिरोले घर भत्किँदा दुई जना घाइते भएका छन्।

जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिँ चौक्यालको भान्सा घर भत्किएको हो। घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिस्मा चौक्याल घाइते भएका छन्।

उनीहरुको शर्मीला स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरु भान्सा कोठामा खाना बनाइरहेका बेला पहिरो आउँदा घाइते भएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×