Skip to main content

धनगढी न्यूज

Day: July 14, 2024

तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)

तीन वर्षपछि सिंहदरबार फर्किए ओली, यसरी गरियो स्वागत (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि देशको कार्यकारी पद सम्हालेका छन् । उनले तेस्रो पटक देशको कार्यकारी पदको कुर्सी सम्हालेका हुन् । सोमबार राष्ट्रपति निवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ लिएसँगै सहिदहरूलाई श्रद्धाञ्जली दिइसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्यहाँ कर्मचारीहरूले स्वागत गरे । पदभार ग्रहणअघि ओली लैनचौरस्थित सहिद स्मारक पुगे । उनले सहिदहरूको शालिकमा माल्यार्पण गरे । त्यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका थिए । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसँगै उनी असार २८ गते पदमुक्त भएका थिए । प्रचण्ड पदमुक्त भएसँगै कांग्रेससहितको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त…
Read More
बझाङमा बालिका करणी आरोपमा एक जना पक्राउ

बझाङमा बालिका करणी आरोपमा एक जना पक्राउ

बझाङः बझाङमा दुई बालिका करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१० मा सोमबार दुई बालिकालाइ करणी गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ परेका हुन। ती बालिकाका आफन्तले जाहेरी दिएपछि कन्चनपुरको भीमदत्त नगरपालिका–७ का ५१ वर्षीया धनबहादुर रोकायालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक भरत शाहले बताए। रोकायामाथि अनुसन्धान भइरहेको उनले बताए। दिनेस खबर बाट साभार
Read More

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । लिसान्द्रो मार्टिनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकलपछि प्राप्त मौकामा उनले गोल गरेका थिए । ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका कारण गुमाएको अर्जेन्टिनाले उपाधि भने जित्न सफल रह्यो । सन्‌१९९४ पछि लामो समय कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले पछिल्लो ३ वर्षमा लगातार तीन…
Read More
स्पेनलाई युरो कप उपाधि

स्पेनलाई युरो कप उपाधि

एजेन्सी – स्पेनले युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्ड माथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको हो । दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो । स्पेनका लागि दुई युवा विंगर गोलमा संलग्न रहे । लामिन यमालको पासमा निको विलियम्सले गोल गरे । ७३औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । गोल गर्ने खेलाडी कोल पालमर रहेका थिए । तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्यो । मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई…
Read More