Skip to main content

धनगढी न्यूज

Month: September 2024

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँ कायम भएको हो। आइतबार प्रतितोला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार चाँदी तोलाको मूल्य स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला चाँदी सोही रकममा खरिदबिक्री भएको थियो।अन्नपूर्ण पोस्ट बाट साभार
Read More
डडेल्धुराको अमरगढी किल्लाको बेहाल, तीनै तहका सरकारको बेवास्ता

डडेल्धुराको अमरगढी किल्लाको बेहाल, तीनै तहका सरकारको बेवास्ता

धनगढी : डडेल्धुराको अमरगढी नगरपालिका–५ खलंगामा रहेको ऐतिहासिक अमरगढी किल्लाको बेहाल भएको छ। राष्ट्रिय बिभुती अमरसिंह थापाले निर्माण गरेको किल्लाको संरक्षण तथा मर्मत–सुधारको अभावमा बेहाल भएको हो। बाइसे–चौबिसे राज्य एकीकरणसँगै डोटेली राज्यमा रहेर पश्चिम प्रशासक भएका बडाकाजी अमरसिंह थापाले कुमाउमा रहेको अग्रेजसँग लडाइँ लड्न अमरगढी किल्ला बनाएका हुन्। समुद्री सतहबाट किल्लाको उचाइ लगभग ६ हजार पाँच सय फिट छ। बडाकाजी थापाले निर्माण गरेको किल्लामा कलात्मक र ठूलाठूला ढुङ्गा प्रयोग गरिएका छन्। तर, अमरगढी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको बेवास्ताका कारण किल्लाको बेहाल भएको छ।   पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासन…
Read More
पक्राउ गरिए प्रतिवाद गर्ने रवि लामिछानेको चेतावनी

पक्राउ गरिए प्रतिवाद गर्ने रवि लामिछानेको चेतावनी

६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा उत्रने बताएका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘.. ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ । जुन हामी हुनै दिदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने । आफूलाई पक्राउ गर्न सक्ने संकेत दिदै सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिए । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले…
Read More
धनगढी बस्दै आएकी थापामगरको जबरजस्ती करणीपछि हत्या, २ जना पक्राउ

धनगढी बस्दै आएकी थापामगरको जबरजस्ती करणीपछि हत्या, २ जना पक्राउ

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ। डडेल्धुराको अमगरगढी नगरपालिका–२ की थापामगरको सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो। धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागुऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो। कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवालाई आइतवार सार्वजनिक गरेको छ। जनक देउवाको घरमा २०८० कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई बोलाएको र धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय संजीव चौधरी र जनक देउवाले…
Read More
सुदूरपश्चिमको बजेटप्रति निजी क्षेत्र असन्तुष्ट

सुदूरपश्चिमको बजेटप्रति निजी क्षेत्र असन्तुष्ट

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेटप्रति निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। आइतबार नेपाल चेम्बर अफ कमर्श सुदूरपश्चिम प्रदेश, कैलाली च्याम्बर अफ कमर्श र सम्वृद्ध सुदूरपश्चिम अभियानले संयुक्त रुपमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रका कुरा कति पुरा कति अधुरा विषयमा निजी क्षेत्रले असन्तुष्टि जनाएको छ। प्यानल डिस्कन, छलफल र अन्तक्रियामा सहभागि उद्योगी व्यवसायीले सुदूरपश्चिम प्रदेशको बजेटले निजी क्षेत्रलाई उपेक्षा गरेको बताएका छन्। प्याप्सन केन्द्रिय उपाध्यक्ष जगवीर थापाले शिक्षा क्षेत्रमा प्रदेश सरकारले ठोसठोस रुपमा बजेट विनियोजन गर्न नसकेको बताएका छन्। निजी विद्यालयको हितमा हुने गरी बजेट आउन नसकेको उनले बताएका हुन्। सेती महाकाली इँटा व्यवसायी संघ कैलालीका…
Read More
प्रधानमन्त्री ओली न्युयोर्कमा

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क: संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका छन्। प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए। प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ। प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्ने छन्। यसैगरी महासभामा…
Read More
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढ्यो

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गैँडाको संख्या तेब्बरले बढेको बताए। निकुञ्जमा वासस्थान राम्रो भएकै कारण गैँडाको संख्यामा वृद्धि भएको उनले बताए। निकुञ्जमा झन्डै डेढ दशकको अवधिमा तेब्बर बढीले एकसिंगे गैँडाको वृद्धि भएको हो। सन २००८ मा दुई पोथी, एक भाले र दुईको पहिचान नभएका गरी पाँच मात्रै रहेको गैँडाको संख्या २०२४ मा आइपुग्दा बढेर ६ थाले, १० पोथी र सात पहिचान नभएको गरेर २३ पुगेको छ। निकुञ्जको तथ्यांकअनुसार २००८ मा पाँच, २०१३ मा दुई भाले, दुई पोथी र तीन लिंग पहिचान नभएको गरेर सात, २०१५ मा एक भाले,…
Read More
एमाले सांसदका पुत्र सुमन खनालले गरे एक करोड ३८ लाख अनियमितता

एमाले सांसदका पुत्र सुमन खनालले गरे एक करोड ३८ लाख अनियमितता

विराटनगर । सहकारी ठगीका नयाँनयाँ समाचार आइरहँदा झापा शिवसताक्षी नगरपालिका–३ को उन्नति बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ता र सेयर सदस्यहरूको झण्डै डेढ करोड रुपैयाँ अनियमितता गरेको पाइएको छ । संस्थाका अध्यक्ष सुमन खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको देखिएको हो । ठगीमा संलग्न खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन् । २०७९ साल मंसिरमा निर्वाचन हुनुपूर्व खनालले आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्न पनि आफूलाई जिताउन सर्वसाधारणलाई अपिल गरेका थिए । ‘तपाईंहरूको पैसा डुब्दैन, मलाई जिताउनु, पैसा म फिर्ता गर्छु’…
Read More