20
Sep
नेपाली काँग्रेस र नेकपा एमालेको सरकारले संविधान संशोधनलाई न्यूनतम साझा कार्यक्रममा प्राथमिकताका साथ राखेको छ। संविधानमा रहेका कमी, कमजोरी संशोधन गर्ने वेला आएको काँग्रेस-एमालेका नेताहरूले बताउँदै आएका छन्। न्युज एजेन्सी नेपालले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरेको कुराकानीको सम्पादित अंश। संविधान दश वर्ष प्रवेश गर्दैगर्दा यसको समीक्षा कसरी गर्नुहुन्छ ? यो संविधान केही लेखनदासले मिलेर लेखेको हो। संविधानसभाले बनाएको होइन। संविधानसभामा ३६६ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए। कुनै प्रस्तावमा छलफल नगरी जनताको हत्या गरी जबरजस्ती काँग्रेस-एमालेले यो संविधान घोषणा गराएका हुन्। संविधानसभाले बनाएको संविधान भन्न मिल्दैन। यो संविधानमा सार्वभौमसत्ता सम्पन्न जनता छन्। संघीयता‚ गणतन्त्र‚ समावेशिता र मौलिक हक छन्। तैपनि यो…






