Skip to main content

धनगढी न्यूज

Year: 2024

सुदूरपश्चिम महोत्सव पुस ६ गते सम्म चल्ने

सुदूरपश्चिम महोत्सव पुस ६ गते सम्म चल्ने

धनगढी: धनगढीमा संचालन भईरहेको सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थप गरिएको छ । मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गते सम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवँरले दर्शकको मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएको बताए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी दिए । हरेक बर्ष यसै समयमा संचालन भईरहेको महोत्सवले यश क्षेत्रको आर्थिक गतिबिधी चलायमान भईरहेको छ । ३ करोड लगानी अनुमान गरिएको महोत्वसमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार…
Read More
टेकएक्सिस प्रा.लि र सुदूर पश्चिमाञ्चल क्याम्पस, एसपीए कलेज बिच शैक्षिक र व्यावसायिक प्रशिक्षण सम्बन्धी सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

टेकएक्सिस प्रा.लि र सुदूर पश्चिमाञ्चल क्याम्पस, एसपीए कलेज बिच शैक्षिक र व्यावसायिक प्रशिक्षण सम्बन्धी सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

धनगढी : टेकएक्सिस प्रा.लि र सुदूर पश्चिमाञ्चल क्याम्पस, एसपीए कलेज बिच शैक्षिक र व्यावसायिक प्रशिक्षण सम्बन्धी सहकार्यका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। शनिवार एक कार्यक्रमका बिच टेकएक्सिसका सिइओ शैलेश नेपाल र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार टेकएक्सिसले एसपीए कलेजका विद्यार्थीहरू विशेष गरी बिआइएम अध्ययनरत विद्यार्थीहरू लाई सूचना प्रविधि (आइटी) र व्यवस्थापनसम्बन्धी विभिन्न विषयमा व्यावसायिक प्रशिक्षण, कार्यशाला तथा गेस्ट लेक्चरर प्रदान गर्नेछ। यो सहकार्यले विद्यार्थीलाई आधुनिक प्रविधि र उद्योगका नवीनतम प्रचलनमा तालिम प्रदान गरी रोजगारका अवसरलाई सघाउने विश्वास गरिएको छ। जसबाट विद्यार्थीहरूले प्राविधिक तालिम वेभ डिजाइन, डाटा साइन्स, डिजिटल मार्केटिङ तथा आर्टिफिसियल…
Read More
कैलालीको स्याउलेमा शारदा फुटबल लिग प्रतियोगिता आयोजना हुँदै /

कैलालीको स्याउलेमा शारदा फुटबल लिग प्रतियोगिता आयोजना हुँदै /

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक विद्यालय शारदा विद्या निकेतनले टिम दर्ताका लागि आह्वान गरेको छ । प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद, ट्रफी र मेडल लगायतका पुरस्कार प्रदान गरिनेछ।प्रतियोगिता लिग कम नक आउटको फर्म्याटमा संचालन हुनेछ। धनगढी : गोदावरी८, स्याउले बजारमा सुदुरपश्चिम प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याउले बजारमा रहेको शारदा विद्या निकेतन आयोजक रहेको उक्त लिगमा सुदुरपश्चिम प्रदेशभरका कक्षा १० सम्म संचालित १६ विद्यालयहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक विद्यालय शारदा विद्या निकेतनले टिम दर्ताका लागि आह्वान गरेको छ । प्रतियोगितामा विजेता र उपविजेता…
Read More
जनकपुरलाई हराउँदै शीर्षस्थानमा सुदूरपश्चिम

जनकपुरलाई हराउँदै शीर्षस्थानमा सुदूरपश्चिम

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्सलाई हराउँदै शीर्षस्थानमा उक्लीएको छ। यस अघि चार खेलमा अपराजित रहँदै जनकपुर शीर्ष स्थानमा थियो। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। सुरूमा ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो। १२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो। जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ रन बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो। जनकपुरका लागि जोसुया ट्रम्प १३,  लाहिरू मालिन्था ७,  हर्ष ठाकर ५, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान ४, अर्निको…
Read More
एनपीएलमा आज दुई खेल

एनपीएलमा आज दुई खेल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछ। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ।   कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान सवा ९ बजे शुरु हुनेछ। भने दोस्रो खेल दिउँसो सवा १ बजे शुरु हुनेछ। चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। हालसम्म चार खेल खेल्दा तीनमा जित र एउटामा हार बेहोरेको चितवनको ६ अंक छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा…
Read More
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–५ सुकासाल र भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ९३ हजार ६२५ बराबरको सामान बरामद गरिएको हो। उक्त मुल्य बराबरको चिनी, मिश्री, नरिवल, बिजुलीका सामान, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।दिनेश खबर बाट शाभार
Read More
बाजुरामा वर्षासँगै हिमपात

बाजुरामा वर्षासँगै हिमपात

बाजुरा : बाजुरामा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ। मौसम बदली भएर वर्षाभएसँगै लेकाली भेगमा हिमपात शुरु भएको हो। हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात भएको वडा नंं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए। यसैगरी गौमूलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा  सेताम्मे भएका छन्। यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ। सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका- ३ का स्थानीय कमल रावलले बताए। वर्षासँगै हिमपात भएपछि कृषक खुशी भएका छन्।…
Read More
नवजीवन सहकारीको साधारणसभा टीकापुरकामा सम्पन्न

नवजीवन सहकारीको साधारणसभा टीकापुरकामा सम्पन्न

टीकापुर : नवजीवन सहकारी संस्था लिमिटेडको ३१ औँ वार्षिक एकाइगत साधारण सभा टीकापुरमा सम्पन्न भएको छ। नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी रहेका थिए । भेलालाई सम्वोधन गर्दै मन्त्री लक्ष्मणकिशोर चौधरीले केही व्यक्तिका कारण सहकारी देशव्यापी रुपमा बदनामी भैरहेको र राजनीतिक रुपमा निराकरण हुन नसक्दा समस्या बल्झिएको बताए। मन्त्री चौधरीले कैलाली जिल्लाको आर्थिक विकासमा नवजीवन सहकारीको ठूलो योगदान रहेको चर्चा गर्दै आफू निर्वाचन लडदा सहकारीले ऋण दिएको र सफल भएको बताए। पूर्वराज्यमन्त्री चन्द्रसिह भट्टराईले शंकैशंकामा सदस्य भएको सहकारीले ठूलो प्रगति गरेकोमा धन्यवाद दिए । जानकी…
Read More
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट ७ करोडका सामान गायब

विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट ७ करोडका सामान गायब

काठमाडौं :  हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट ७ करोड बराबरका सामान हराएका छन्।   सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ। विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले सात करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए। हेटौँडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो। ‘खरिद भएका…
Read More
सरकारले एक महिना पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान चलाउँदै

सरकारले एक महिना पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान चलाउँदै

काठमाडौं :  पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे दुई लाख महिलाको परीक्षण गरिने भएको छ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका दुई लाख ५० हजार महिलामा पाठेघरको मुखको क्यान्सर परीक्षण तथा रोग पहिचान गर्ने भएको हो। महाशाखा प्रमुख डाक्टरविवेककुमार लालले फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिए। उनका अनुसार महाशाखाले यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ। नेपालमा सन् २०२२ मा कूल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको सङ्ख्या सात हजार ७६८ रहेको ग्लोबल क्यान्सर…
Read More