Skip to main content

धनगढी न्यूज

Month: March 2025

विद्यार्थीमाझ लोकप्रिय बन्दै – योगेन्द्र चन्द

विद्यार्थीमाझ लोकप्रिय बन्दै – योगेन्द्र चन्द

धनगढीस्थित सुदूरपश्चिाञ्चल क्याम्पसमा बिविएस अध्ययनरत योगेन्द्र चन्द विद्यार्थीमाझ लोकप्रिय मानिन्छन् । पढाइमा समेत जेहेन्दार र मेघावी छात्रमा रुपमा रहेका योगेन्द्र कक्षागत तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै क्रियाशिल रहने गरेको अध्यापनरत शिक्षकहरुको भनाइ छ । आफ्नो कार्यगत दक्षतालाई निर्खादै चन्द नेपाल विद्यार्थी संघ लगायत विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका छन् । सुदुर पश्चिमाञ्चल क्याम्पस धनगढ़ीको प्रतिनिधित्व गर्ने योगेन्द्र विद्यार्थीहरुवीच चर्चित र प्रिय रहेको अध्ययनरत विद्यार्थीहरु बताउँछन् । निरन्तर विद्यार्थीहरु माझ रहने, गुनासो सुन्ने, विद्यार्थीहरुको हितको लागि आवाज बुलन्द गर्ने, विद्यार्थीहरुलाई अप्ठ्यारोमा सहयोग गर्ने र विद्यार्थी र प्रशासनको विचमा पुल सक्ने खुबी भएका योगेन्द्र प्रबल मानिएका हुन् । सुदूर पश्चिमाञ्चल…
Read More
वसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो होली

वसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो होली

काठमाडौं : काठमाडौंको वसन्तपुर हनुमानढोकामा विधिवत रूपमा चीर ठड्याएसँगै फागु (होली) सुरु भएको छ।   शुभ साइत अर्थात् बिहान ८ः३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो। फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ। योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ। चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो। भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ। यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको…
Read More
धनगढीको सिप मेलामा फास्ट फूडको तालिम लिनेहरू दैनिक चार हजार कमाउदै

धनगढीको सिप मेलामा फास्ट फूडको तालिम लिनेहरू दैनिक चार हजार कमाउदै

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–५का सन्तोषराज उपाध्याय कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको चौथो वर्षमा अध्ययन गर्दै आएका छन्। उपाध्यायले एक महिनादेखि थ्री स्टार बोडिङ्ग स्कुलको पूर्व तिर पोटली घर सञ्चालन गरेका छन्। उनले नास्ताका परिकारहरू बनाउदै आएका हुन। धनगढीमा सिप तथा रोजगार मेला सञ्चालन हुने भएपछि उनले फारम भरे। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सिप तथा रोजगार मेलाबाट उनले फस्ट फूडका परिकारहरू बनाउन सिकेका छन्। पोटली घरबाट दैनिक चार हजारसम्म आम्दानी हुन थालेको सन्तोषराजले बताए। उनले भने, ‘एक महिना भयो, फास्ट फूड खोलेको छु। सिप थिएन। सिप सिक्नका लागि सिप तथा रोजगार मेलामा आएको हो।’ धनगढी उपमहानगरपालिका–५ हसनपुरकी बिनिता सुरी गृहिणी हुन। उनले…
Read More
करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा

करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। सुदूरपश्चिम सरकारले स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै विद्यार्थीहरूले बिहिवार साँझ प्रदेश सभाको अगाडि विरोध प्रदर्शन गरेका हुन्। प्रदेशका स्थानीय तहमा अस्थायी तथा करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेका विद्यार्थीहरूले बिहिवार साँझ प्रदेश सभाको अगाडि टायर बालेर प्रदर्शन गरेका हुन। उनीहरूले प्रदेश सभामा ढुङ्गा–मुडासमेत गरेका छन्। विधायन तथा प्रदेश मामिला समितिले तयार गरी प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा उल्लिखित उक्त प्रावधानप्रति विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विरोध गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेश…
Read More
KGIST इन्स्टिच्युटद्धारा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

KGIST इन्स्टिच्युटद्धारा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

धनगढीस्थित KGIST इन्स्टिच्युटले आज एक समारोहविच विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । भर्खरै सम्पन्न खेल सप्ताह अन्तर्गत विविध खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजेताहरुलाई पुरस्कार , मेडल तथा प्रमाणपत्र वितरण गर्न उक्त कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक विकास सि.के.ले जानकारी दिए । सोही अवसरमा KGIST इन्स्टिच्युटद्धारा आयोजित कम्प्युटर तालिम लिएका विद्यार्थीहरुलाई कम्प्युटर प्रशिक्षक धर्मराज भट्टले  प्रमाणपत्र समेत प्रदान गरेका थिए । एसपिए कलेजका प्रमुख प्रशासकिय अधिकृत तथा KGIST इन्स्टिच्युटका सल्लाहकार प्रकाश बलायरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा KGIST इन्स्टिच्युट एवम् एसपिए कलेज धनगढीका अध्यक्ष योगेन्द्र शाही रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले विगतबाट…
Read More
अमेरिकाबाट निकालिएका नेपाली बोकेर आइपुग्‍यो जहाज,तस्वीरहरू

अमेरिकाबाट निकालिएका नेपाली बोकेर आइपुग्‍यो जहाज,तस्वीरहरू

काठमाडौं : अमेरिकाबाट निकालिएका नेपालीहरूलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ। अहिले बिहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरूलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपाल ओर्लिएपछि उनीहरूलाई अमेरिकाले अध्यागमन विभागको जिम्मा लगाउनेछ। नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानूनविपरीत काम गरेको आरोप छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि निकालिएका २७ नेपालीलाई अमेरिकाले यसअघि विभिन्न समयमा नेपाल ल्याइदिएको अध्यागमन विभागकी सूचना अधिकारी सीता परियारले जानकारी दिइन्, जसमा जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक  नेपाली फर्काइएका थिए। थाहा खबर बाट साभार
Read More
वसन्त ऋतुको आगमनसँगै फूल्न थाले चेरी

वसन्त ऋतुको आगमनसँगै फूल्न थाले चेरी

 वसन्त ऋतुको आगमन भइसकेको छ। यसको सङ्केत राजधानी काठमाडौंका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिइरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिएका छ।   धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमासमेत चिनिन्छ। थाहा खबर बाट साभार  
Read More
फोहर बेचेर मोहर कमाउँदै धनगढी उपमहानगर

फोहर बेचेर मोहर कमाउँदै धनगढी उपमहानगर

धनगढीः धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा रु २० लाख आम्दानी गरेको हो।  उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरपालिकाले आव २०८०/०८१ को साउनदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको छ। धनगढीको नन्दादेवी सेवा केन्द्रलाई  २०८१ देखि २०८६/८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ। ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि…
Read More
बैतडीमा मृग मारेर जोगिएका कर्णले गोली हानेर भाइ मारे

बैतडीमा मृग मारेर जोगिएका कर्णले गोली हानेर भाइ मारे

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिका–८ का सुरेन्द्र विष्टले दाइ नाता पर्ने कर्णबहादुर विष्टलाई ४० हजार सापटी दिए। चार वर्ष अगाडि ४५ वर्षीय दाइ कर्णबहादुरलाई सापटी दिएका सुरेन्द्रले पटक–पटक रकम फिर्ता माग्दै आए। उनीहरूको बिचमा लेन–देनको विषयमा झगडासमेत हुने गरेको थियो। गाउँ–परिवारले उनीहरूको झगडामा मिलापत्र गर्दै आए। सुरेन्द्र जिप चालक हुन। उनको आफ्नै जिप छ। कर्णबहादुर किसान हुन। उनको अन्य आर्थिक स्रोत छैन। उनी नेताहरूसँग निकट हुने व्यक्ति हुन। उनको नाममा ऋण भएकाले सुरेन्द्रले ४० हजार सापटी दिएका हुन। तर, ऋण लिएको रकम फिर्ता नदिएपछि सुरेन्द्र र कर्णको विवाद हुने गरेको थियो। गत, शनिवार साँझ सुरेन्द्रको गोली हानेर हत्या भयो। जिल्लामा कहालीलाग्दो घटना…
Read More
कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्यो

कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्यो

सिमसार क्षेत्र संरक्षण हुन थालेपछि कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्दै गएको छ। जिल्लाको बेलौरी र पुनर्वास क्षेत्रमा पछिल्लो पाँच वर्षयतादेखि अजिङ्गर देखिन थालेका हुन्।   अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेका स्थानीय बताउँछन्। पाँच वर्षको अवधिमा दुवै क्षेत्रबाट ५६ वटाभन्दा बढी अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए। यो वर्षको साउनदेखियता नौ वटा अजिङ्गरको उद्धार गरी सुरक्षित रूपमा छाडिएको छ। उद्धार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म र तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ। उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा…
Read More