22
Jun
आणविक हतियार कार्यक्रम रोक्न अमेरिकाले पनि इरानमाथि हमला गरेको छ। इसराइलले १० दिनअघि गरेको आक्रमणलाई सघाउन अमेरिकाले आइतबार फर्दोसहित तीनवटा इरानी आणविक भट्टीमा प्रहार गरेको हो। मध्यपूर्वको यो युद्ध शृंखलाको सुरूआत सन् २०२३ अक्टोबर ७ मा भएको थियो, जब हमासले इसराइलमाथि हमला गर्यो।उक्त हमलापछि जे–जस्ता घटनाक्रम विकसित भए, त्यसले मध्यपूर्वको शक्ति सन्तुलनमा ठूलो उथलपुथल ल्याएको छ।मौसम विज्ञानमा 'बटरफ्लाई इफेक्ट' भन्ने एउटा सिद्धान्त छ, जसले भन्छ — संसारको एउटा कुनामा पुतलीले पखेटा हल्लाउँदा हावामा पर्ने प्रभावले अर्को ठाउँमा आँधी ल्याउन सक्छ।हमासले इसराइलमाथि गरेको हमला पुतलीले पखेटा हल्लाएजस्तो साधारण घटना थिएन। त्यो घटनाले मध्यपूर्वको शक्ति सन्तुलनमा यति धेरै परिवर्तन ल्याउँछ भन्ने हमास, इसराइल वा अरू कसैले पनि सोचेका थिएनन् सायद। तर त्यही घटनाले मध्यपूर्वमा एकपछि अर्को प्रभाव…






