Skip to main content

धनगढी न्यूज

Month: August 2025

कञ्चनपुरको शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन

कञ्चनपुरको शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ। युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विज्ञापन कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन गरिएको छ। नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ। उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ। आवश्यक पूँजीको व्यवस्था गर्न बैँक तथा वित्तीय संस्थासँग समन्वय कार्य गरिने उनले बताए। “प्रत्येक वडालाई स्थानीय सम्भावना र…
Read More
बहुविवाह कानुन संशोधनका दुइटा प्रस्ताव ठीक, एउटा गलत

बहुविवाह कानुन संशोधनका दुइटा प्रस्ताव ठीक, एउटा गलत

झुक्क्याएर विवाह गरिएकी महिलालाई वैवाहिक हक होइन, क्षतिपूर्ति दिने हो कानुन मन्त्रालयले मुलुकी संहिताका बहुविवाह सम्बन्धी प्रावधान संशोधन गर्न भन्दै विधेयकको मस्यौदा बनाएपछि त्यसले तरंग ल्याएको छ। साउन १ गते कानुन मन्त्रालयले सो मस्यौदा मन्त्रिपरिषदमा पठाएको छ। बहुविवाह कायम हुने गरी व्यवस्था गरिएको यो मस्यौदा बाहिरिएपछि त्यसले तीव्र विवाद र बहस जन्माएको हो। अहिले मन्त्रिपरिषदको विधान समिति अन्तर्गतको उपसमितिले यो मस्यौदामा अझै परिमार्जन र संशोधन गर्न छलफल गर्दैछ। प्रधानमन्त्री केपी ओलीदेखि धेरै नेताहरूले बहुविवाहलाई मान्यता दिने कानुन कुनै हालतमा नआउने भन्दै आश्वस्त बनाउने प्रयास गरेका छन्। त्यसो भए कानुन मन्त्रालयले किन बनायो यो मस्यौदा? यो मस्यौदाले बहुविवाहबारे अहिलेको कानुनमा के…
Read More
विदेशमा नेपालीलाई रक्सी : जेलदेखि मृत्युसम्मको कहालीलाग्दो यात्रा

विदेशमा नेपालीलाई रक्सी : जेलदेखि मृत्युसम्मको कहालीलाग्दो यात्रा

४ भदौ, काठमाडौं । इमान्दार, मिहिनेती र बहादुर, यी तीन शब्दले संसारभरि वैदेशिक रोजगारीमा रहेका नेपालीको परिचय दिन्छ । तर, यही परिचयमाथि अहिले एउटा कालो धब्बा लागेको छ– अत्यधिक मदिरा सेवन र त्यसबाट सिर्जित उच्छृङ्खल गतिविधि । हालै कुवेतमा अवैध मदिरा सेवनबाट १२ नेपालीको मृत्यु र ३० भन्दा बढी गम्भीर बिरामी परेको घटनाले विदेशमा नेपालीहरू जेल पर्नेदेखि ज्यान गुमाउनेसम्मको भयावह अवस्थालाई सतहमा ल्याइदिएको छ । यो घटना एउटा सानो अंश मात्र हो, खाडीका विभिन्न देश र मलेसियाका जेलहरूमा सयौँ नेपाली मदिराकै कारण थुनिएका छन् । कुवेतमा मदिरा सेवन र कारोबार पूर्णत: प्रतिबन्धित छ । तर, लुकिछिपी विषाक्त मदिरा सेवन गर्दा…
Read More
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि: प्याब्सन र नेसनल प्याब्सनले गरे आन्दोलन घोषणा

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि: प्याब्सन र नेसनल प्याब्सनले गरे आन्दोलन घोषणा

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले आन्दोलन घोषणा गरेका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० हाल संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा अन्तिम चरणको छलफलमा छ। उनीहरूले देशको विद्यालय शिक्षामा करिब ३४ प्रतिशत योगदान दिँदै आएका निजी शैक्षिक संस्थाहरू अझै बढी उत्साहित आशावादी हुनु स्वाभाविक भए पनि प्रस्तुत विधेयकमा निजी शैक्षिक संस्थाहरूसँग सम्बन्धित केही अव्यवहारिक अन्यायपूर्ण प्रावधानहरू रहेको जिकिर गरेका छन्। आफूहरूले त्यस्ता प्रावधानहरूको खारेजी तथा संशोधनको माग गर्दै नेपाल सरकार, शिक्षा मन्त्रालय, सङ्घीय संसदको सम्बन्धित समिति र प्रमुख राजनीतिक दलहरूलाई पटक-पटक औपचारिक ध्यानाकर्षण पत्र र ज्ञापन पत्र बुझाउँदै आएको पनि प्याब्सन र नेसनल…
Read More
गेटा मेडिकल कलेज: ३४ वर्षको सपना र पाँच शैय्याको उद्घाटनको विवाद

गेटा मेडिकल कलेज: ३४ वर्षको सपना र पाँच शैय्याको उद्घाटनको विवाद

धनगढीः सुदूरपश्चिमका जनताले दशकौँदेखि प्रतीक्षा गरेको गेटा मेडिकल कलेजको सपना अझै अधुरो छ। ६ अर्बभन्दा बढी खर्च गरेर विशाल पूर्वाधार तयार पारिएको छ, ऐन बनेर विश्वविद्यालयको कानुनी बाटो खुलेको छ, तर अस्पताल सञ्चालनको कुरा भने अझै विवाद र असमझदारीको घेरामा छ। यहीबिच, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा निर्माण भएको पाँच शय्याको आकस्मिक कक्ष उद्घाटन गर्ने तयारी गरेपछि संघर्ष समितिले कडा आपत्ति जनाएको छ। विज्ञापन “नाटक मञ्चन नगर्न” संघर्ष समितिको चेतावनी विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मन्त्रीलाई छोटो अवधि भित्रै सुरू भएको आकस्मिक कक्षको उद्घाटन गरेर जनतालाई भ्रमित नगर्न चेतावनी दिएका छन्। उनले भने,“गेटा विश्वविद्यालयको ऐन भइसकेको छ। अब…
Read More
कैलाली कारागारको झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालबाट डिस्चार्ज

कैलाली कारागारको झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालबाट डिस्चार्ज

कैलाली कारागारमा हिंसात्मक झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालमा डिस्चार्ज भएका छन् धनगढी । कैलाली कारागारमा हिंसात्मक झडपमा परी घाइते भएका ३९ कैदीबन्दी अस्पतालमा डिस्चार्ज भएका छन्। निको भएपछि सेती प्रादेशिक अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो।अस्पतालले डिस्चार्ज गरेका मध्ये ३४ जनालाई कोभिड अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार निको भएका पाँच जना कैदीलाई उनीहरुको इच्छानुसार अन्यत्र स्थानान्तरण गरिएको छ। चार जनालाई कञ्चनपुर कारागार र एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरेको जनाइएको छ। बाँकीलाई पनि अन्यत्र स्थानान्तरणको लागि कारागार प्रशासन र जिल्ला सुरक्षा समितिले पहल गरिरहेको छ। यहाँ रहेकामध्ये केहीले अन्यत्र स्थानान्तरण भएर जाने इच्छा…
Read More
उपसभामुखलाई हटाउन कांग्रेस-एमालेसँग दुई तिहाइ पुग्छ ?

उपसभामुखलाई हटाउन कांग्रेस-एमालेसँग दुई तिहाइ पुग्छ ?

काठमाडौँ । प्रतिनिसभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा फेरि चर्चा पाएपछि राजनीति तरङ्गित भएको छ । सरकारका मुख्य घटक नेपाली कांग्रेस र नेकपा(एमाले)ले रानालाई हटाउने विषयमा तयारी सुरु गरेका हुन् । तर संविधान बमोजिम सभामुख वा उपसभामुख हटाउनका लागि संसद्को दुई तिहाइ बहुमत अर्थात् १८४ मत आवश्यक पर्छ । संविधानको धारा ९१ उपधार ६(ग)मा सभामुख वा उपसभामुखले पदीय अनुकूल आचरण नगरेको प्रस्ताव प्रतिनिधिसभाका तत्काल कायम रहेका दुई तिहाइ सदस्यले पारित भएमा पदमुक्त हुने व्यवस्था छ । अहिले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी(नाउपा) र जनता समाजवादी पार्टी(जसपा) नेपालले समर्थन फिर्ता लिइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८,…
Read More
दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी आज भृकुटीमण्डपमा

दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी आज भृकुटीमण्डपमा

कति मूल्य? कस्ता छन् विशेषता? मान्छेले चराजस्तै आकाशमा उड्ने रहर पालेको धेरै अघिदेखि हो। त्यही रहरले हवाईजहाज आविष्कार भयो, हेलिकप्टर बन्यो। प्यारासुट र प्याराग्लाइड पनि प्रयोगमा आए। पछिल्लो समय चीनले बनाएको हवाई (उड्ने) ट्याक्सी त्यही सिलसिलामा नयाँ प्रयोग हो। चिनियाँ अटोमोबाइल कम्पनी चांगानले अर्को चिनियाँ कम्पनी इ–हानको प्राविधिक सहयोगमा निर्माण गरेको त्यही उड्ने ट्याक्सी काठमाडौं आइपुगेको छ। यो नेपालमा पहिलोपटक ल्याइएको हो। भृकुटीमण्डपमा आज भदौ ३ देखि ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण हुनेछ। अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी 'एमएडब्लू वृद्धि अटोकर्प' कम्पनीले नेपाल ल्याएको हो। एमएडब्लूले चांगानकै लोकप्रिय…
Read More
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री कार्कीले सुटुक्क भेटे, नभेट्न एमालेको उर्दी

पूर्वराष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री कार्कीले सुटुक्क भेटे, नभेट्न एमालेको उर्दी

३ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । विराटनगरमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मुख्यमन्त्री कार्कीले सोमबार राति करिब १ घण्टा भेटघाट गरेका हुन् । मुख्यमन्त्री कार्कीले पूर्वराष्टपति भण्डारीलाई भेटेको विषय गोप्य राख्न खोजिएको छ । यद्यपि, कार्कीको सचिवालयले भेटघाट अनौपचारिक भएको बताएको छ । भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष ओलीले आफूलाई अपमानित गरेको गुनासो गरेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पुगेका थिए…
Read More
नेताले होइन, प्रविधिले ल्याउनेछ सुशासनमा क्रान्ति

नेताले होइन, प्रविधिले ल्याउनेछ सुशासनमा क्रान्ति

३८ लाख मानिसको खातामा 'एक क्लिक' मै सामाजिक सुरक्षा भत्ता काठमाडौं महानगरपालिका वडा नम्बर १३, वाफलमा बस्ने कृष्णा श्रेष्ठ ७५ वर्षकी भइन्। राज्यको सामाजिक सुरक्षा नीति अनुसार उनले प्रत्येक महिना चार हजार रूपैयाँ वृद्ध भत्ता पाउँछिन्। त्यो पैसा लिन उनी कहीँ जानुपर्दैन। सिधै उनको बैंक खातामा आउँछ। उनका श्रीमान हर्षलाल श्रेष्ठको भत्ता पनि बैंक खातामै आउँछ। आजकाल त्यो पैसा निकाल्न उनी बैंक पनि जाँदिनन्। राज्यले दिएको त्यो भत्ता उनी इ–सेवाको वालेटमा सार्छिन् र त्यसैबाट चलाउँछिन्। यसका लागि उनले आफ्नो फोनमा इ–सेवा 'एप' राखेकी छन्। यति मात्र होइन, उनी बिजुलीको बिल त्यही एपबाट तिर्छिन्। खुद्रा–मसिनादेखि ठुल्ठूला सामानको पैसा पनि इ–सेवा वा फोन–पे को 'क्यूआर' प्रयोग गरेर तिर्छिन्। कहिलेकाहीँ…
Read More