Skip to main content

धनगढी न्यूज

Month: August 2025

कानुन निर्माणको विसङ्गती : निजामती विधेयकका ७१ ठाउँमा ‘तोकिए बमोजिम’

कानुन निर्माणको विसङ्गती : निजामती विधेयकका ७१ ठाउँमा ‘तोकिए बमोजिम’

प्रस्तावित विधेयकको दफा ५४ को उपदफा (१) मा निजामती कर्मचारीले पाउने सवारी सम्बन्धी व्यवस्था सुविधा नियमावलीमा तोक्ने व्यवस्था छ । निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको परिवारले पाउने आर्थिक सुविधा सम्बन्धी व्यवस्था पनि नियमावलीमा तोकिने भनिएको छ । २ भदौ, काठमाडौं । सिद्धान्तत: संसद्ले कानुन बनाउँछ । व्यवहारत: सरकारले विधेयक ल्याउँछ, संसद्ले पास गर्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रुपान्तरित हुन्छ । सरकारले ल्याएको विधेयक पास गर्दा समेत संसद्ले ‘तोकिए बमोजिम’ जस्ता शब्द राख्छ र थप ऐन बनाउने अधिकार सरकारलाई नै प्रत्यायोजन गर्छ । जसका कारण संसद्ले बनाएको कानुन कार्यान्वय गर्न अर्को कानुनी प्रबन्ध गर्नुपर्छ । जसको निर्माणमा सरकार…
Read More
रकम तिर्छु भनेर रोई कराई गरेका धनराजले कसरी पाए उन्मुक्ति ?

रकम तिर्छु भनेर रोई कराई गरेका धनराजले कसरी पाए उन्मुक्ति ?

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सांसद धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणबाट उन्मुक्ति पाएका छन् । धनराजलाई उन्मुक्ति दिँदै ८ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जबकि, यो सहकारीको रकम अपचलनमा धनराज जोडिएको भन्दै उजुरी परेको थियो । यस विषयमा प्रहरीले करिब दुई महिना लगाएर अनुसन्धान गरेको थियो । तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनबाटै धनराजले उन्मुक्ति पाएका थिए । यो सहकारीको रकम ठगी हुँदा धनराजकै श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । रकम ठगी भएको थाहा पाएपछि धनराज आफैं उपस्थित भएर श्रीमतीले लगेको रकम तिर्ने…
Read More
मोदीकै जन्मदिन पारेर ओली–मोदी भेट संयोग कि साइत ?

मोदीकै जन्मदिन पारेर ओली–मोदी भेट संयोग कि साइत ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ‘खुला रहस्य’जस्तै भइसकेको छ । दुवै मुलुकले औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक नगरे पनि नेपाली र भारतीय मिडियामा भ्रमणको सम्भावित तालिका सार्वजनिक भइरहेको छ । दुवै मुलुकका मिडियाले आ–आफ्ना स्रोतबाट प्राप्त सूचनालाई आधार बनाएर ओलीको भारत भ्रमण सेप्टेम्बर १६–१७ अर्थात् भदौ ३१–असोज १ गतेसम्म हुने जनाएका छन् । भ्रमणका तयारी, निम्तिन सक्ने सम्भावित परिस्थिति लगायतलाई ध्यानमा राखेर यस्ता मिति सार्वजनिक गर्न नहतारिने कूटनीतिक अभ्यास विश्वव्यापी छ । सोही कारण पनि दुवै मुलुकले भ्रमणको मिति अहिले नै औपचारिक रूपमा सार्वजनिक नगरेका हुन सक्छन् । अहिले मिडियामा आएकै मिति अर्थात् सेप्टेम्बर १६–१७ मा ओलीको…
Read More
एमालेले पार्टीमा फर्किन रोक लगायो, पूर्वराष्ट्रपति भण्डारी भने निरन्तर राजनीतिक गतिविधिमा

एमालेले पार्टीमा फर्किन रोक लगायो, पूर्वराष्ट्रपति भण्डारी भने निरन्तर राजनीतिक गतिविधिमा

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने केन्द्रीय कमिटी बैठकबाटै निर्णय गरे पनि उनले राजनीतिक गतिविधिलाई निरन्तरता दिएकी छन्। एमालेको पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर एमालेको केन्द्रीय कमिटीको निर्णयको विरोध गरेकी भण्डारी त्यसयता मौनजस्तै थिइन्। तर सोमबारदेखि भण्डारी फेरि राजनीतिक गतिविधिलाई अघि बढाउन थालेकी छन्। सामाजिक गतिविधिमार्फत् भण्डारीले राजनीतिक भेटघाट र संवादलाई पुन: निरन्तरता दिन खोजेको उनीनिकट नेताहरूको भनाइ छ। यही क्रममा सोमबार भण्डारी कोशी प्रदेशको राजधानी विराटनगर जाँदैछिन्। त्यहाँ उनी उद्घोष दैनिकको वार्षिकोत्सवका लागि जाने कार्यक्रम रहे पनि राजनीतिक भेटघाटसमेत गर्नेछिन्। उनको भेटघाटको चाँजोपाँजो एमालेका नेता विनोद ढकालले गर्नेछन्। ढकाल एमालेमा संस्थापनइतर नेताका रूपमा पूर्वमा चिनिन्छन्। एमाले कोशी…
Read More
बैतडीको डोलवासीलाई वर्षेनी पहिरोकै चिन्ता

बैतडीको डोलवासीलाई वर्षेनी पहिरोकै चिन्ता

बैतडीः हरेक वर्षातमा बैतडीको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। विसं २०१८ देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन। हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए। 'वर्षात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ', उनले भने, 'पहिरोले चारैतिर जमिन बगाइसकेको छ। बस्ती जोखिममा छ। अन्त सरौँ आर्थिक अवस्था कमजोर छ। जोखिम मोलेर बसिरहेका छौँ।' विज्ञापन यहाँका धेरैले बसाइसराइ सरिसकेका छन्। पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताए। आर्थिक अवस्था कमजोर भएका २० परिवार मात्रै अहिले यहाँ बसोबास गर्छन्। स्थानीय भोजराज जोशीले भने, 'विसं २०१८…
Read More
प्रधानमन्त्री नै ‘कन्फ्युजन’मा : असन्तुष्टिकै बिच मन्त्रीसँग कार्यसम्पादन सम्झौता !

प्रधानमन्त्री नै ‘कन्फ्युजन’मा : असन्तुष्टिकै बिच मन्त्रीसँग कार्यसम्पादन सम्झौता !

काठमाडौँ । संघ सरकारमा रहेका केही विवादित तथा कार्यसम्पादन क्षमता कमजोर भएका मन्त्री तत्कालका लागि सुरक्षित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्ता मन्त्रीलाई कुनै पनि बेला हटाउन सक्ने चर्चा चलिरहेकै समयमा एकाएक उनीहरू सुरक्षित हुन पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सबै सदस्यलाई निरन्तरता दिने उद्देश्यअनुरुप चालु आर्थिक वर्ष सरकारले गर्ने मुख्य काम र उपलब्धिका लागि एक वर्षे कार्यसम्पादन सम्झौता गरेका हुन् ।प्रधानमन्त्रीले मन्त्रीहरूसँग गर्ने कार्यसम्पादन सम्झौताको बर्सेनि प्रचार गरे पनि अघिल्लो वर्षमा प्रधानमन्त्री र मन्त्रीहरूले गरेको कार्यसम्पादन सम्झौता कति पूरा भए र कति भएनन् ? कुन मन्त्री काममा अब्बल देखिए, कुन कमजोर देखिए भन्ने प्रगतिविवरण…
Read More
किन लागिरहेको छ बंगलादेश प्रिमियर लिग खेल्न नेपाली फुटबलरको लर्को?

किन लागिरहेको छ बंगलादेश प्रिमियर लिग खेल्न नेपाली फुटबलरको लर्को?

बंगलादेशको शीर्ष डिभिजनको फुटबल लिगको यो सिजन अर्को महिनादेखि सुरू हुँदैछ। १० टोलीले भाग लिने यो प्रतियोगिताका लागि एक टोलीले पाँच जना विदेशी खेलाडी भित्र्याउने व्यवस्था छ। जसमा चार जनालाई प्लेइङ-११ मा राख्न सकिन्छ। यो वर्ष लिगका लागि एउटा महत्वपूर्ण परिवर्तन भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) मा आबद्ध खेलाडीलाई भने स्थानीय खेलाडी कोटामा राखिएको छ। बंगलादेशकै खेलाडीको जस्तो नियम लागू हुने भएपछि टोलीमा साफ क्षेत्रका खेलाडी जति पनि राख्न पाइनेछ। यसको प्रत्यक्ष फाइदा नेपाली फुटबलरलाई भइरहेको छ। धमाधम नेपाली खेलाडी सिजन २०२५-२६ का लागि आबद्ध हुने क्रम बढेको छ। किनभने नेपालको शीर्ष डिभिजनको लिगको अहिलेसम्म कुनै टुंगो छैन। ए…
Read More
यी हुन् बागमतीमा मन्त्री बन्ने सम्भावित पाँच सांसद, बहादुर पक्षले नपाउने संकेत

यी हुन् बागमतीमा मन्त्री बन्ने सम्भावित पाँच सांसद, बहादुर पक्षले नपाउने संकेत

जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् । ३० साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । मुख्यमन्त्री बानियाँ निकटका एक सांसदले पाँच जना मन्त्रीको आजै नियुक्ति र ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुने अनलाइनखबरलाई जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्‌मा रिक्त पाँच मन्त्री नियुक्त हुन लागेका हुन् । २० साउनमा नियुक्त भएका मुख्यमन्त्री बानियाँले सोही दिन आफ्नोसँगै एमालेका ६…
Read More
बैतडीमा तीन बर्षको अवधिमा ५२ जना बेपत्ता

बैतडीमा तीन बर्षको अवधिमा ५२ जना बेपत्ता

बैतडीमा हरेक बर्ष बेपत्ता हुनेको संख्या बढ्दै गएको छ। बैतडी।बैतडीमा हरेक बर्ष बेपत्ता हुनेको संख्या बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गएको तीन बर्षमा बेपत्ता भएकामध्ये ५२ जना अझै फेला परेका छैनन् । आर्थिक बर्ष २०७९\८० मा १ सय ५ जना हराएकोमा ९१ जना फेला परेका थिए।ती मध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । यस्तै आर्थिक बर्ष २०८०\८१ मा १ सय १५ जना हराएकोमा १ सय १३ जना फेला परेका थिए । गत आर्थिक बर्ष २०८१\८२ मा १ सय २२ जना हराएकोमा ८६ जना फेला परेका छन्।बेपत्ता…
Read More
सुकुम्वासी बस्ती हटाउँदा तनाव : ३ नगर प्रहरी घाइते

सुकुम्वासी बस्ती हटाउँदा तनाव : ३ नगर प्रहरी घाइते

काठमाडौँ । काठमाडौँको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले  ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । घटनास्थलमा रहेका  नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न भएको हो ।  ‘बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइएको थियो तर अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो,’ उनले भने । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर,टहरामा डोजर चलाइसकेको छ । अहिले पनि सो क्षेत्रमा अवस्था…
Read More