15
Aug
'पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनितिमा आउन नदिने निर्णयमा कर्ण थापाको मात्रै फरक मत छ' पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक्नेबारे उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले केन्द्रीय कमिटी बैठकमा राखेको फरक मतलाई नेकपा (एमाले) ले अस्वीकार गरिदिएको छ। साउन ६ गते सकिएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष पाण्डे र ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउने निर्णयप्रति ‘नोट अफ् डिसेन्ट’ लेखेका थिए। बैठकको अन्तिममा निर्णय सुनाउँदै प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी शर्मा अोलीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कन नमिल्ने भन्दै रोक लगाउने र योसँगै उनको सदस्यता निष्क्रिय हुने बताएका थिए। लगत्तै बोल्न माग गर्दै उपाध्यक्ष पाण्डेले यस्तो निर्णय गरिनु ‘ब्लन्डर’ हुने बताएका…






