13
Aug
चीनका विदेशमन्त्री वाङ यी अर्को साता भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग दुई देशबीचको लामो समयदेखि जारी सीमा विवादबारे वार्ता गर्नेछन्। यो भ्रमणलाई दुई विशाल छिमेकीबीचको सम्बन्ध सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार वाङ यीको भ्रमण आगामी सोमबार, अगस्ट १८ का लागि तय भएको छ। चिनियाँ विदेशमन्त्री र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारलाई दुई देशले आफूहरूबीचको विवाद समाधान गर्न 'विशेष प्रतिनिधि' नियुक्त गरेका छन्। त्यही हैसियतमा दुई जनाबीच भेट हुँदैछ। उनीहरूबीचको वार्ताको मुख्य एजेन्डा दुई देशबीचको सीमा विवादको राजनीतिक हल खोज्नु हो। यो भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सांघाई सहयोग…






