12
Aug
एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ अत्तरिया । एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा गरिएको सडकको कालोपत्रे एक महिना नपुग्दै विभिन्न ठाउँमा उप्किएको थियो । गोदावरी नगरपालिका वडा नम्बर- ६ स्थित लालपुर र ८ स्थित स्याउलेमा गत असारमा गरिएको कालोपत्रे उप्किएको थियोे । ती ठाउँहरुमा निर्माण कम्पनीले कालोपत्रे उप्किँदा दुई ठाउँमा गरी करिब ४ सय मिटर उक्त सडकमा खाल्डुखुल्डी बनेका छन् । उप्किएको भागमा निर्माण कम्पनीले फेरि टालटुल गरिरहेको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईले कालोपत्रे उप्किएको ठाउँमा निर्माण कम्पनीले मर्मत गरिरहेको बताए…






