Skip to main content

धनगढी न्यूज

Month: August 2025

बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिन स्वर्ण प्राशन खुवाइने

बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिन स्वर्ण प्राशन खुवाइने

धनगढी: धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन उत्पादन हुन थालेको छ। सुन, मह घ्यू तथा अन्य आयुर्वेदिक औषधीय लवण मिश्रित स्वर्ण प्राशन चिकित्सालयमा कार्यरत चिकित्सकले तयार गर्न थालेका हुन्। काश्यप संहितामा वर्णित विधिअनुसार स्वर्ण प्राशन तयार गरिन्छ। स्वर्ण प्राशन खुवाउँदा बालबालिकाको रोगसँग लड्ने क्षमता बढ्छ। बालबालिकाको र शारीरिक र मानसिक विकासका लागि स्वर्ण प्राशन खुवाउनुपर्ने चिकित्सालयका मेसु रामकामेश्वर ठाकुरले बताए। "काश्यप संहितामा उल्लेख विधि र प्रक्रियाअनुसार स्वर्ण प्राशन तयार गरेर निःशुल्क खुवाउन थालेका छौँ। हरेक महिना पुष्य नक्षत्र परेको दिन पाँच वर्षमुनिका बालबालिकालाई प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन खुवाउने छौँ", मेसु डाक्टर ठाकुरले भने। विज्ञापन स्वर्ण प्राशन बहुउपयोगी औषधी हो भएको…
Read More
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै दायर रिटमा छलफल गर्न बोलाइयो दुवै पक्षलाई

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै दायर रिटमा छलफल गर्न बोलाइयो दुवै पक्षलाई

सरकारमा सहभागी नाउपाले फिर्ता लिएको थियो समर्थन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएपछि सरकार अल्पमतमा परेको भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले छलफल गर्न दुवै पक्षलाई बोलाएको छ। शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्न किन नपर्ने भन्ने विषयमा छलफल गर्न बोलाएको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार दुवै पक्षले भदौ ११ गते छलफल गर्नेछन्। त्यस्तै विपक्षीहरू ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालयको नाममा कारण देखाऊ आदेश जारी भएको छ। अर्थात यस विषयमा के-कसो भएको हो कारण देखाउन आदेश जारी गरेको छ।‘यस मुद्दामा के कसो भएको हो भनेर…
Read More
मन्त्री पालको नाम जोडेर अफवाह फैलाउने लाई कार्वाही होस्”

मन्त्री पालको नाम जोडेर अफवाह फैलाउने लाई कार्वाही होस्”

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मन्त्री पाल लाई जोडेर अफवाह फैलाउने लाई कार्वाहीको माग गरेको छ धनगढी।नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले आफ्ना सांसदमाथि भएको सामाजिक तथा व्यक्तिगत चरित्र हत्या गर्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। बैठकले बैतडी जिल्ला क्षेत्र ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सुरेन्द्र बहादुर पाल माथि लगाइएका आरोपहरू निराधार, असत्य र षड्यन्त्रपूर्ण भएको ठहर गर्दै यस्ता गतिविधिले जनप्रतिनिधिको मर्यादा धुमिल गर्न खोजिएको निष्कर्ष निकालेको छ। निर्णय नं. ४ मा उल्लेख भएअनुसार, बैठकले यस्तो कार्यमा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित…
Read More
पहिलो महिनामै २४ अर्ब १० करोड एफडीआई स्वीकृत

पहिलो महिनामै २४ अर्ब १० करोड एफडीआई स्वीकृत

६ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन) मै २४ अर्ब १० करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ । उद्योग विभागका अनुसार साउनमा अटोमेटिक रुटबाट ८१ र अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएको देखिएको छ । यसमध्ये अटोमेटिक रुटबाट आउने लगानी प्रतिबद्धता साना उद्योगमा केन्द्रित छ । ८१ उद्योग दर्ता भएकोमा लगानी प्रतिबद्धता मात्र ७३ करोड ३० लाख रुपैयाँको मात्र आएको छ । अप्रुभल रुटबाट ४६ उद्योग दर्ता भएकोमा २३ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा मात्र १ सय २७ उद्योग दर्ता भएका छन् । यससँगै…
Read More
नेपालको वन्यजन्तु अपराध नियन्त्रणमा अमेरिकाको सहयोग

नेपालको वन्यजन्तु अपराध नियन्त्रणमा अमेरिकाको सहयोग

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको समुदायमा आधारित चोरी सिकारी युवा जागरण अभियान (सिबिएपियू) को समितिमा ११ जना संलग्न छन्। थप २० जना युवाहरू सिबिएपियू च्याम्पियनको रूपमा उनीहरूको अभियानमा सक्रिय छन्। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा आसपासदेखि वरण्डाभार करिडोरसम्मको मध्यवर्ती क्षेत्र मृगकुञ्जको कार्यक्षेत्र हो। सिबिएपियूमा संलग्न युवाहरूको काम आफ्नो कार्यक्षेत्रभित्र हुने वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा सघाउने, जैविक विविधता संरक्षणका लागि समुदायलाई जागरूक बनाउने हो। हाल वसन्त राना अध्यक्ष रहेको सिबिएपियूले भएका स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गर्दै संरक्षणका लागि स्वयंसेवा गरिरहेको छ। अभियानमा जोडिएका युवाहरू कहिले जंगल र आसपासका क्षेत्रमा प्लास्टिकजन्य फोहोर टिप्दै गरेका भेटिन्छन्, कहिले समस्याग्रस्त वन्यजन्तुको उद्धार गरिरहेका देखिन्छन्। माछा मार्नका लागि…
Read More
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित, निजी लगानीमै विद्यालय खोल्न सकिने

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित, निजी लगानीमै विद्यालय खोल्न सकिने

काठमाडौँ: लामो बहस र संशोधनपछि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना–प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गरेको छ। विधेयकले अब गुठी मात्र नभई निजी लगानीमै पनि विद्यालय स्थापना र सञ्चालन गर्न सकिने बाटो खोलेको छ। यी हुन् विधेयकका मुख्य व्यवस्था विज्ञापन विधेयकमा निजी लगानी र गुठी दुवैमा विद्यालय सञ्चालनको अनुमति दिने प्रावधान राखिएको छ। यस्तै शिक्षणको भाषा नेपाली, अङ्ग्रेजी, संस्कृत वा मातृभाषा हुने व्यवस्था राखिएको छ। पारित विधेयकमा कक्षा ८ मा स्थानीय तह, कक्षा १० मा प्रदेश र १२ मा राष्ट्रिय परीक्षा लिने प्रावधान समेटिएको छ। विधेयकमा प्रधानाध्यापक ५ वर्षे कार्यकालसहित प्रतिस्पर्धाबाट चयन गर्नुपर्ने व्यवस्था समेत राखिएको छ। शिक्षा विधेयकमा बाल शिक्षा…
Read More
कुलिङ पिरियडको असर : भूमि र शिक्षा विधेयकमा सांसदले आफैं गरे हस्ताक्षर

कुलिङ पिरियडको असर : भूमि र शिक्षा विधेयकमा सांसदले आफैं गरे हस्ताक्षर

५ भदौ, काठमाडौं । अन्तत: बिहीबार एकैदिन संसदीय समितिबाट दुईवटा बहुप्रतिक्षित विधेयक पारित भएका छन् । लामो समयसम्म अन्योल र विवाद रहेका भूमिसम्बन्धी विधेयक र विद्यालय शिक्षा विधेयक आज एकैदिन समितिबाट पारित भएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयकहरू बिहीबार पारित भएका छन् ।अब यदी दुई विधेयक संघीय संसद्‌मा पेश हुनेछन् । विधेयक पारित हुँदैगर्दा यसअघिभन्दा यो पटक एउटा दृश्य नयाँ देखियो । केही समयअघिमात्रै संघीय निजामती विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबाट सांसदहरू सचेत देखिए ।यी विधेयकमा पनि त्यस्तै समस्या दोहोरिएला भन्ने भय दुवै समितिका…
Read More
बैतडीमा किशोरको मृत्यु घटनाबारे अफवाह : प्रहरीले स्पष्ट गर्‍यो वास्तविकता

बैतडीमा किशोरको मृत्यु घटनाबारे अफवाह : प्रहरीले स्पष्ट गर्‍यो वास्तविकता

बैतडीमा किशोरको मृत्यु घटनाबारे अफवाह फैलाइएको पाइएको छ । धनगढी।सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाललाई लिएर सामाजिक सञ्जालमा फैलाइएको आरोप असत्य भएको प्रहरीले स्पष्ट पारेको छ। दलित अभियान्ता खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत मन्त्री पालले बैतडीमा गाडीले किचेर १३ वर्षीय किरण कोलीको हत्या गरेको दाबी गरेका थिए। उनले मन्त्री रक्सीको नशामा रहेको र घटनापछि पीडित परिवारलाई मुख बन्द गर्न पाँच लाख रुपैयाँ दिइएको जस्ता गम्भीर आरोप सार्वजनिक गरेका थिए। तर, जिल्ला प्रहरी कार्यालय बैतडीले प्रारम्भिक अनुसन्धानमै यी आरोपको सत्यता नभएको जनाएको छ। प्रहरीका अनुसार किरण कोलीको मृत्यु साउन १७ गते बालुवा संकलन गर्ने क्रममा विद्युत् पोलमा करेन्ट लाग्दा भएको…
Read More
विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले सुरू गरे आन्दोलन (तस्बिरहरू)

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले सुरू गरे आन्दोलन (तस्बिरहरू)

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले आन्दोलन सुरू गरेका छन्। बिहीबार माइतीघरबाट  निजी विद्यालयका शिक्षकहरूले आन्दोलन सुरू गरेका हुन्। उनीहरूको आन्दोलन दिउँसो १ बजेसम्म जारी रहनेछ। त्यस क्रममा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानरसहित नयाँबानेश्वर चोकसम्म न्याली निकाली पुन: माइतीघर मण्डलामा पुगेर कोणसभा गर्ने भनिएको छ। उनीहरूले शुक्रबार बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने कार्यक्रम छ। शुक्रबार नै काठमाडौं उपत्यकामो २७ किमी चक्रपथ वरिपरि स्कुलबसहरूको कालो झण्डा/ब्यानरसहित याली गर्ने। दिउँसो १ बजे माइतीघर मण्डलमा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ/धर्ना गर्ने। उनीहरूले देशको विद्यालय शिक्षामा करिब ३४ प्रतिशत योगदान…
Read More
अर्को अग्निपरीक्षामा विजय बराल

अर्को अग्निपरीक्षामा विजय बराल

काठमाडौँ । हालका दिनसम्म सबैभन्दा बढी कमाइ गर्ने नेपाली फिल्मको शीर्ष कलाकारको कीर्तिमान छ उनीसँग । हिजो सहायक पात्र बनेर मुख्य पात्रलाई सघाउँथे, आज ‘हिरो’को रुपमा सिंगो फिल्म बोकेर हिँड्ने परिचय बनाएका छन् उनले । यो ‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालको कुरा हो । कतिलाई लाग्न सक्छ- एकै फिल्मबाट पो उनी रातारात स्टार भएका हुन् कि ? होइन, यसको पछाडि थिएटरमा बिताएका १७ वर्षको संघर्षको कथा छ । साथै, कैयौं फिल्ममा सहायक पात्रको रुपमा काम गरेको अनुभव छ । घरपरिवारदेखि छरछिमेकीसम्मले आफूलाई थिएटरमा लाग्दा ‘उडाएको’ तितो अनुभव पनि छ विजयसँग । ‘बुवा बैंकमा जागिरे हुनुहुन्थ्यो, तर म थिएटरमा लागेपछि…
Read More