Skip to main content

धनगढी न्यूज

Month: September 2025

सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल

सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल

सर्वोच्चका प्रवक्ताको अनुरोध- एनेक्स भवनमा रहेको अभिलेख शाखालाई जोगाऔंसर्वोच्च अदालत अझै जलिरहेको छ।  काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए। अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभेको छैन। भवनबाट धुवाँको मुस्लो छुटिरहेको छ। सर्वोच्च अदालतमा बिहान पुग्दा त्यहाँ कर्मचारीहरू शोकमग्न भएर वरिपरि उभिरहेका थिए। अब दमकल ल्याएर आगो निभाउन पनि त्यसको उपादेयता नै  नरहेको भनिरहेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएको बताए। अहिले पनि मिसिलहरू जलिरहेका छन्। उनले एनेक्स भवन भएपनि जोगाउन अपिल गरेका छन्। सर्वोच्च परिसरभित्रै पर्ने एनेक्स भवनमा महत्वपूर्ण कागजात रहेकाले त्यसलाई भएपनि जोगाउन उनले अपिल गरेका हुन्। त्यहाँ…
Read More
कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो?

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो?

कञ्चनपुर: आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि र नेताहरूको घरमा आगजानी र तोडफोड गरेका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का सांसद गृहमन्त्री रमेश लेखकको जानकी टोल र बेदकोट नगरपालिका–८ स्थित घरमा तोडफोड र आगजनी गरिएको छ। भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित सुदूरपश्चिम सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा आगजनी गरिएको छ। सुदूरपश्चिम सरकारका पूर्वआर्थिक मामिलामन्त्री प्रकाश रावलको खैरेनीस्थित घरमा पनि आगजनी र तोडफोड गरिएको छ। विज्ञापन भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र उपप्रमुख निलम लेखक जोशीको घरमा तोडफोड गरिएको छ। बोगटीमा उल्टाखाम र उपमेयरको जानकी टोलस्थित घरमा तोडफोड गरिएको छ। भीमदत्त नगरपालिका निवर्तमान नगर प्रमुख सुरेन्द्र विष्टको घरमा पनि तोडफोड गरिएको…
Read More
जेन – जी प्रदर्शनकारीले सुदुरपश्चिम मुख्यमन्त्रीको कार्यालय कब्जा गरे

जेन – जी प्रदर्शनकारीले सुदुरपश्चिम मुख्यमन्त्रीको कार्यालय कब्जा गरे

सोमबार प्रहरी दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित जेन–जी प्रदर्शनकारीहरू सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयभित्रै प्रवेश गरेका छन् । नेता र मन्त्रीहरूको निवासलाई लक्षित गरेर भइरहेको आन्दोलनको क्रममा उनीहरू मुख्यमन्त्री कार्यालय परिसरमै पुगेका हुन् । कार्यालयभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले नाराबाजी गर्दै आन्दोलनलाई तीव्र बनाएका छन् ।
Read More
प्रदर्शनकारीहरूले संसद् भवनमा लगाए आगो

प्रदर्शनकारीहरूले संसद् भवनमा लगाए आगो

प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
Read More
प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशका अन्य ठाउँमा पनि युवाहरु प्रदर्शनमा निस्कन थालेका छन् । भ्रष्टाचार र बेथिती विरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो। सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्तत: प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् । जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् । सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, प्रहरी भवन लगायतमा समेत आगजनी गरे ।   सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला…
Read More
राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

राजनीतिक निकासका लागि राजीनामा दिएको छु : ओली

मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । २४ भदौ, काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।अन्लाईन खबर बाट साभार
Read More
धनगढीमा एमाले र काङ्ग्रेसको कार्यालयमा आगजनी, माओवादी कार्यालय खोज्दै

धनगढीमा एमाले र काङ्ग्रेसको कार्यालयमा आगजनी, माओवादी कार्यालय खोज्दै

धनगढीः जेन्जी प्रदर्शनकारीले कैलालीको धनगढीमा रहेका मुख्य दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्। एमाले र काँग्रेसको कार्यालयमा आगो लगाएका युवाहरू अहिले माओवादीको पार्टी कार्यालय खोजी रहेका छन्।दिनेश खबर बाट साभार विज्ञापन
Read More
मनसुनी वायुको प्रभाव : आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव : आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेसलगायत देशको पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेशलगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई…
Read More
सुदूरपश्चिममा एक वर्षमा २०२ जबर्जस्ती करणी दर्ता, लैङ्गिक हिंसा न्यूनीकरणमा चुनौती कायम

सुदूरपश्चिममा एक वर्षमा २०२ जबर्जस्ती करणी दर्ता, लैङ्गिक हिंसा न्यूनीकरणमा चुनौती कायम

सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा मात्रै २ सय २ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन्  धनगढी । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा मात्रै २ सय २ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन्। यो तथ्यांक लैङ्गिक हिंसा सम्बोधनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा साथी संस्थाले सार्वजनिक गरेको हो। साथी संस्थाकी पलिता थापाले प्रदेशमा लैङ्गिक हिंसा घटाउन पर्याप्त प्रयास नभएको बताइन्। उनका अनुसार, बालिकामाथि बलात्कार भई गर्भवती हुने घटना बढ्दै गएको छ र पुनर्स्थापना गृहले अल्पकालीन सहयोग पुर्‍याए पनि दीर्घकालीन पालनपोषणमा चुनौती देखिएको छ। महिला रक्षक संजालकी केन्द्रीय सदस्य विष्णु भण्डारीले पीडक र पीडितलाई राखेर छलफल गर्ने अभ्यास थाल्नुपर्नेमा जोड दिइन्। उनका…
Read More
धनगढीका जनता भन्छन,‘बर्सौँपछि जग्गाधनी पुर्जा पाउने आशा जागेको छ’

धनगढीका जनता भन्छन,‘बर्सौँपछि जग्गाधनी पुर्जा पाउने आशा जागेको छ’

धनगढी : धनगढी उपमहानगरपालिका–१३ का जागुराम चौधरीलाई आफूले अढाई दशकदेखि भोगचलन गरेको ऐलानी जग्गाको धनी पुर्जा पाउने आशा जागेको छ। भूमि समस्या समाधान आयोगको पहलमा वडा कार्यालयले जग्गा दर्ता गर्न आवेदन फाराम भरेकाहरूका लागि दाबीविरोधसम्बन्धी सूचना जारी गरेपछि उनलाई जग्गा पाउने आशा जागेको हो। विज्ञापन अन्दाजी दुई कट्‍ठा ऐलानी जग्गामा बसोबास गर्दै आएका उनले यसअघि पटक पटक गठन भएका सुकुम्वासी समस्या समाधान आयोगमा निवेदन दिए पनि धनीपुर्जा पाउन सकेनन्। “अढाई दशकदेखि यही बसेका छौँ, कुनै सरकारले चासो लिएन”, उनले भने, “हाल भूमि आयोग र वडा कार्यालयले धनीपुर्जा दिने प्रक्रिया अघि बढाउँदा काम हुने आशा जागेको छ।” स्थानीय मीनबहादुर कुँवर पनि दशकौँपछि…
Read More