Skip to main content

धनगढी न्यूज

Month: September 2025

“धनगढीमा अधिकांश शिक्षा कन्सल्टेन्सी अनुमति विना सञ्चालन”

“धनगढीमा अधिकांश शिक्षा कन्सल्टेन्सी अनुमति विना सञ्चालन”

पछिल्लो समय विद्यार्थी भिसामा विदेश पठाउने र भाषा शिक्षणको नाममा धनगढीमा शिक्षा कन्सल्टेन्सीहरू चापैमा खुलेका छन् धनगढी । पछिल्लो समय विद्यार्थी भिसामा विदेश पठाउने र भाषा शिक्षणको नाममा धनगढीमा शिक्षा कन्सल्टेन्सीहरू चापैमा खुलेका छन्। तर, अधिकांश कन्सल्टेन्सी आवश्यक अनुमति विना अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ। यी कन्सल्टेन्सीहरूले भर्ना शुल्क, अध्ययन शुल्क, भाषा प्रमाणपत्र शुल्क जस्ता मनोमानी रकम असुल्ने, झुटा आश्वासन दिने र गलत प्रक्रियाबाट विद्यार्थी विदेश पठाउने काम गर्दै आएको आरोप छ। कतिपय विद्यार्थी विदेश पुगेर अलपत्र परेका पनि छन्। नियमअनुसार कन्सल्टेन्सीले मूल कार्यालय दर्ता भएको जिल्लामा मात्र शाखा खोल्न पाउँछन् र योग्य काउन्सिलर तथा कानुनी कागजात अनिवार्य छन्।…
Read More
केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको परिचय खुलेको छ । अस्पतालका एक चिकित्सकले बताए अनुसार, सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई युवकको मृत्यु भएको हो । यसअघि ट्रमा सेन्टरमा मृत्यु भएका तीन जनाको परिचय खुलेको छ । अहिलेसम्म जेनजी प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भइसकेको छ । काठमाडौंमा १६ र इटहरीमा २ जनाको मृत्यु भएको हो । मृतकहरूको सनाखत हुने क्रम जारी छ । अस्पतालका चिकित्सकहरूले जनाए अनुसार, परिवार वा आफन्त आएपछि शव हस्तान्तरण गरिने क्रम जारी छ ।अन्लाईन खबर बाट साभार
Read More
एन्फा अध्यक्षलाई S.P.A Honour द्धारा सम्मान

एन्फा अध्यक्षलाई S.P.A Honour द्धारा सम्मान

धनगढीस्थित एसपीए कलेजले एसियाली फूटबल महासंघका कार्यकारी सदस्य तथा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई सम्मान गरेको छ । नेपाली फुटबलको विकासमा नेम्वाङले पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै, कैलाली भ्रमणको अवसरमा S.P.A Honour द्धारा सम्मान गरिएको क्याम्पसले जनाएको छ । FIFA Football for Schools कार्यक्रमको उद्घाटनका लागि कैलाली आएको अवसरमा एसपीए कलेजको सभाहलमा अखिल नेपाल फुटबल संघ कार्यसमिति एवम् सुदूर पश्चिम तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष सहित कार्यसमिति सदस्यहरुको उपस्थितिमा उक्त सम्मान समारोह सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै क्याम्पसका क्याम्पस प्रमुख बुधराम चौधरीले देशकै फुटबल क्षेत्रलाई नेतृत्व गर्ने राष्टिय टिमलाई क्याम्पसमा स्वागत गर्न पाउनु…
Read More
जेनजी प्रदर्शन ब्रिफिङ : कर्फ्यू अवज्ञा गर्दै संसद् भवन अगाडि प्रदर्शन

जेनजी प्रदर्शन ब्रिफिङ : कर्फ्यू अवज्ञा गर्दै संसद् भवन अगाडि प्रदर्शन

  काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । सोमबार साढे १२ बजेटदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । तर, कर्फ्यू आदेश सुरु भइसक्दा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोजेपछि थापागाउँ हुँदै सिंहदरबारतर्फको सडकमा पनि प्रदर्शन गरिरहेका छन् । शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न खोजेका उनीहरू पटक-पटक बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरे । त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै हल्का लाठीचार्ज गरेको छ । आक्रोशित युवाको एक समूह बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवनको मूल गेटमा रहेको सुरक्षाकर्मी रहने सानो भवनको…
Read More
प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन

प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले मृत्युको पुष्टि गर्दै घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । रातो पाटी बाट साभार
Read More
माइतीघरमा आज जेनजीले गर्दैछन् प्रदर्शन

माइतीघरमा आज जेनजीले गर्दैछन् प्रदर्शन

काठमाडौंको माइतीघरमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्दैछ। जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई प्रदर्शनका लागि अनुमति दिसकेका छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले माइतीघरमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिइएको बताए। 'हामीलाई औपचारिक र अनौपचारिक रूपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ। कतिपय हामीले बाहिरबाटै सूचना लिएका हुन्छौं। त्यसअनुसार निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन,' उनले भने। यद्यपि आवश्यक परेको खण्डमा प्रहरीको संख्या बढाउनसमेत सकिने उनले बताए। जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्। उनीहरूले सरकारले सामाजिक…
Read More
धनगढीमा तीन वर्षमै सरसफाइ अभियानमा तीन लाख २४ हजारको सहभागिता

धनगढीमा तीन वर्षमै सरसफाइ अभियानमा तीन लाख २४ हजारको सहभागिता

धनगढी: धनगढी उपमहानगरपालिकाले चलाएको "हाम्रो धनगढी सफा धनगढी अभियान" मा १९३ विद्यालय र ४०८ सरसफाइ टोल समिति क्रियाशील छन्। आर्थिक वर्ष २०७९/८० देखि सुरू भएको यो अभियान धनगढीका १९ वटै वडामा क्रियाशील छ। उपमहानगरले चलाएको सफा धनगढी अभियानमा सामुदायिक र संस्थागत विद्यालयको समान सहभागिता छ। वडा स्तरमा गठन गरिएका सरसफाइ टोल समितिहरूको परिचालन सामुदायिक परिचालकले गर्छन्। हाम्रो धनगढी सफा धनगढी अभियानमा हालसम्म तीन लाख २४ हजार भन्दा बढी व्यक्ति प्रत्यक्ष सहभागी भएको वातावरण तथा सरसफाइ शाखा प्रमुख इन्जिनियर अशोक अवस्थीले बताए। विज्ञापन सफा धनगढी अभियानको तीन वर्ष पूरा धनगढी उपमहानगरपालिकाले सुरू गरेको "हाम्रो धनगढी, सफा धनगढी" अभियानले तीन वर्ष पूरा…
Read More
सुदूरपश्चिमका नौ अस्पतालको विकास समितिमा भागबन्डा मिलेन

सुदूरपश्चिमका नौ अस्पतालको विकास समितिमा भागबन्डा मिलेन

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले २०७९ मा नियुक्त गरेका अस्पताल विकास समितिहरूको २०८२ चैतमा समय सकियो। सेती प्रादेशिक अस्पतालसहित नौ वटा अस्पतालहरू पाँच महिनादेखि विकास समिति विहीन छन्। विकास समिति नभएकाले अस्पतालको नीतिगत कार्य प्रभावित भएको छ। अस्पताल विकास समिति नहुँदा अस्पतालको भौतिक, आन्तरिक र बाह्य व्यवस्थापनको कामलाई व्यवस्थित गर्न समस्या भएको अस्पतालहरूले बताउने गरेका छन्। तर, सुदूरपश्चिम प्रदेश सरकार अस्पताल विकास समितिको भागबन्डा मिलाउन अझै सकेको छैन। सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्काले राजनीति नियुक्ति भएकाले समय लागेको बताएका छन्। उनले भने, ‘अस्पतालहरूका विकास समितिको चैन २ गतेबाट म्याद सकिएको हो। समिकरणमा छौ हामी। छलफल चलीरहेको छ। राजनीति नियुक्तिको विषय…
Read More
बैतडीका स्थानीय तहमा औषधी खरिदमा अनियमितता, स्वास्थ्य सेवामा थप संकट

बैतडीका स्थानीय तहमा औषधी खरिदमा अनियमितता, स्वास्थ्य सेवामा थप संकट

जिल्लाका स्थानीय तहहरूले औषधी खरिदमा कानुनी प्रावधान तोडमोड गर्दै अनियमितता गरेका छन् भन्ने तथ्य महालेखा परीक्षकको प्रतिवेदनमार्फत बाहिरिएको छ बैतडी । जिल्लाका स्थानीय तहहरूले औषधी खरिदमा कानुनी प्रावधान तोडमोड गर्दै अनियमितता गरेका छन् भन्ने तथ्य महालेखा परीक्षकको प्रतिवेदनमार्फत बाहिरिएको छ। प्रतिवेदन अनुसार जिल्लाका १० वटा स्थानीय तहहरूले सार्वजनिक खरिद ऐन मिचेर खुलेआम प्रतिस्पर्धा नगरी सोझै आपूर्तिकर्तासँग करोडौंको औषधी खरिद गरेका छन्। कतिपयले बजेट टुक्रा पारेर पटक-पटक औषधी किनेका छन् भने कतिपयले म्याद नहेरी वा उत्पादन मिति र ब्याच नम्बर नखुलेका औषधी खरिद गरेका छन्। डिलासैनी गाउँपालिकाले मात्रै गत वर्ष १८ लाखभन्दा बढीको औषधी सोझै खरिद गरेको छ। दोगडाकेदारले सात आपूर्तिकर्ताबाट १९…
Read More
महाकाली नदीमा पानीको बहाव घट्दोः बाढी विस्थापित अझै घर फर्कन सकेनन्

महाकाली नदीमा पानीको बहाव घट्दोः बाढी विस्थापित अझै घर फर्कन सकेनन्

कञ्चनपुरः डुबानमा परेका दोधरा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन्।दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए। बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन्। डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन्। नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। डुबानमा परेर विस्थापनमा परेका…
Read More