21
Nov
आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब ६८ करोड ३७ लाख ६ हजार रुपैयाँ बराबरको ४ हजार ३ सय टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । जुन प्रतिकिलो अलैंचीको मूल्य १ हजार ७८६ रुपैयाँ हुन्छ । गत वर्ष किसानले यही मूल्य अनुसार रकम पनि पाएका थिए । चालु आर्थिक वर्षको असोजसम्ममा मात्रै १ हजार ७२ टन अलैंची भारत निर्यात भएको छ, जसको मूल्य प्रतिकिलो १ हजार ५६६ रुपैयाँका दरले १ अर्ब ६७ करोड ९१ लाख ५७ हजार रुपैयाँ हुन्छ । किसानले भने यस वर्ष अलैंचीको मूल्य प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँसम्म पाएका छन् । कोशी प्रदेश…






