Skip to main content

धनगढी न्यूज

Month: November 2025

किसानलाई धानको मूल्य पाउन समस्या

किसानलाई धानको मूल्य पाउन समस्या

धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ। कम्पनीले धान खरिद गर्न रोकेको र निजी क्षेत्रका व्यापारीले सस्तो मूल्यमा खरिद गर्न सकिने बताउन थालेपछि आफू समस्यामा परेको किसानले बताएका छन्। “व्यापार कम्पनीले धान खरिद गर्न रोकेको छ, निजी व्यापारीले तोके बमोजिमको मूल्यमा बेच्नुपर्दा लागानी पनि उठ्न सक्ने अवस्था छैन”, गोदावरी नगरपालिकाका किसान सुभाष चौधरीले भने। कम्पनीले तोकिएको कोटा बमोजिमको परिमाणमा धान खरिद गरिसकेपछि खरिद स्थगित गरेको हो। थप कोटाको धान खरिद गर्ने वा नगर्ने भन्नेमा आजसम्म कुनै टुङ्गो लाग्न नसकेको धनगढीस्थित कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले बताए।…
Read More
सरकारको आलोचना गर्न दुर्गा प्रसाईं पक्षमा उभिए ओली, यस्तो छ ओलीको भाषणका हाइलाइट्स

सरकारको आलोचना गर्न दुर्गा प्रसाईं पक्षमा उभिए ओली, यस्तो छ ओलीको भाषणका हाइलाइट्स

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार राजधानीको आयोजित एक कार्यक्रममा सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए । सरकारको आलोचनामा अधिकांश समय खर्चिएका उनी बरु आफ्नो कटु आलोचक रहेका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंको पक्षमा उभिए । प्रसाईं केही दिनअघि पक्राउ परेका थिए । तर, सुशीला कार्की जोडिएको एक क्यासेट सार्वजनिक गरेकै कारण प्रसाईंलाई सरकारले पक्राउ गर्ने काम भएको ओलीले दाबी गरे । यतिमात्रै होइन ओलीले प्रधानमन्त्री कार्कीले नेताहरुविरुद्ध बोलेको सुनिने क्यासेटबारे जवाफ समेत माग गरे । ‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई…
Read More
आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौं- प्रचण्ड

आउने निर्वाचनमा धेरै युवालाई अवसर दिन्छौं- प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा युवाहरुलाई अवसर दिने बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी र देशको आगामी नेतृत्व अब नयाँ पुस्ताले लिनुपर्ने बताएका हुन्। उनले पार्टीभित्र पनि आगामी चुनावमा बढीभन्दा बढी युवालाई अवसर दिनेबारे गम्भीर छलफल भइरहेको जानकारी दिए। 'आउने चुनावमा हामी धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गरेका छौं। हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौं,' उनले भने। पार्टी कमिटीहरूमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने तयारी भइरहेको पनि उनले बताए। 'अब तपाईं युवाहरूलाई उत्तराधिकार निर्माण गर्ने र जिम्मेवारी तपाईंहरूलाई सुम्पिने संकल्प, सपना हामीले देख्नुपर्छ । युवाहरूलाई नयाँ…
Read More
‘खुशीको गाउँ’ : पीडाको शिविरभित्र ‘खुशी’ को खोजी

‘खुशीको गाउँ’ : पीडाको शिविरभित्र ‘खुशी’ को खोजी

साहित्य सम्बन्धमा घटनाको प्रत्यक्ष अवलोकनले मस्तिष्कमा गहन प्रभाव पार्दछ। यथार्थमा जस्तो संसार भोग्यो, उस्तै दृष्टि निर्माण हुन्छ। जम्काभेट हुँदा व्यक्तिले विश्वघटनाका विविध आयामलाई कुन गहिराइ र उचाइ, कति आयतन, दायरा र हदसम्म बोध गर्छ; त्यही नै उसको वास्तविक ‘जीवन–विश्व’ हो। यसै आधारमा व्यक्तिमा सुझबुझ, अर्थ, स्वीकृति, मान्यता, दृष्टिकोण, विवेक, श्रम, क्षमता, इच्छाशक्ति, बाँच्ने शैली, विश्वास, अनुभूति, अनुभव, धारणा, प्रवृत्ति, नेतृत्व, निर्णय, अन्तरक्रिया, व्यवहार र चिन्तनप्रणाली जस्ता जीवनका तमाम आयाम विकास हुन्छन्। जागरण र सचेतना व्यक्तिको गुणसापेक्ष हुने भएकाले जीवन र जगत् सम्बन्धी धारणा सबै मान्छेको समान हुँदैन। यस हिसाबले सबै मनुष्य जागृत (प्रबुद्ध) हुँदैनन्। परिवेशले मनोदशामा जस्तोसुकै प्रभाव छोडे पनि…
Read More
दलित दम्पतीको विवाहमा ब्राह्मण र दलित पण्डितको संयुक्त वैदिक संस्कार

दलित दम्पतीको विवाहमा ब्राह्मण र दलित पण्डितको संयुक्त वैदिक संस्कार

धनगढीः २०८२ मंसिर ५ गते जातीय विभेद र छुवाछुतविरुद्ध सबल सन्देश दिने एउटा निकै महत्वपूर्ण घटना सार्वजनिक भएको छ। ब्राह्मण पण्डित गणेशप्रसाद पन्तको नेतृत्वमा दलित समुदायका पंकज परियार र सुनिता परियारको वैदिक विधानअनुसार विवाह सम्पन्न भएको हो। बैतडीको दशरथ चन्द नगरपालिका-१० बुड्डाका पंकज परियार र दार्चुलाको मालिकार्जुन गाउँपालिका-७ डिन्सीकी सुनिता परियारको विवाह शुक्रवार वैदिक विधिअनुसार भएको हो। विज्ञापन पण्डित गणेश पन्तसँगै नारायण मिश्र र दलित समुदायका पण्डित जनक शर्मा विश्वकर्माले संयुक्त रूपमा विवाह विधि सञ्चालन गर्दै पंकज र सुनिताको विवाह संस्कार सम्पन्न गराएका हुन्। पंकज र सुनिताको विवाहले  हिन्दू धार्मिक संस्कार सबैका लागि समान रूपमा खुला रहेको स्पष्ट सन्देश दिएको छ।…
Read More
एउटै घुम्ने कुर्सी १ लाख ७१ हजारमा खरिद, जल्यो जेनजी आन्दोलनमा

एउटै घुम्ने कुर्सी १ लाख ७१ हजारमा खरिद, जल्यो जेनजी आन्दोलनमा

विराटनगर । कोशी प्रदेश सरकार र मातहतका निकायले एउटै कुर्सी १ लाख ७१ हजारमा खरिद गरेको फेला परेको छ । यद्यपि उक्त कुर्सी जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको छ । प्रदेश सरकारले उपलब्ध गराएको विवरणमा फर्निचर, एसी, गाडी, मोटरसाइकल खरिदको अचाक्ली महँगो मूल्य विवरण देखिन्छ । कार्यालय प्रयोजनका लागि खरिद गरिएका सामान्य कुर्सी, सोफा र टेबुलहरूको मूल्य अस्वाभाविक छ । उदाहरणका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले एउटै रिभोल्भिङ कुर्सीका लागि १ लाख ७१ हजार २५० रुपैयाँ खर्च गरेको छ । जुन मूल्यमा बजारमा एउटा राम्रो मोटरसाइकल खरिद गर्न सकिन्छ । उक्त कुर्सीमा मन्त्री रामबहादुर मगर बस्ने गरेको मन्त्रालय स्रोत…
Read More
बीच सडकमा ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरूद्ध

बीच सडकमा ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरूद्ध

काठमाडौं-हेटौंडा जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ। सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ सडक शनिबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिएर आउँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक सडकमै पल्टिएको हो। मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकमा ब्रेकफेल भई अनियन्त्रित भएर पल्टिँदा सो सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ गुडेको र काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। दुर्घटनास्थलबाट ट्रक हटाएर बाटो सुचारु गराउने पहल भइरहेको डिएसपी बोगटीले जानकारी दिए।सेतोपाटी बाट साभार
Read More
एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र लुम्बिनी तथा काठमान्डु र विराटनगर खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र लुम्बिनी तथा काठमान्डु र विराटनगर खेल्दै

कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई हराएको थियो ।   ६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज ‘सुपर स्याटर्डे’ अन्तर्गत दुई खेल हुँदै छन् । आज पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स खेल्ने छन् । खेल बिहान सवा ११ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने छ । कर्णाली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई हराएको थियो । कर्णाली पहिलो जितको खोजीमा हुँदा लुम्बिनी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । गत संस्करणको खेलमा कर्णालीले लुम्बिनीमाथि ५ रनको जित निकालेको थियो । यस्तै आजको दोस्रो खेलमा…
Read More
‘नेशनल बाथरोग सेन्टर’ को नवौँ शाखा धनगढीमा सञ्चालन, वाथ रोगका विरामीलाई सहज

‘नेशनल बाथरोग सेन्टर’ को नवौँ शाखा धनगढीमा सञ्चालन, वाथ रोगका विरामीलाई सहज

धनगढीः सुदूरपश्चिममै पहिलोपटक ‘नेशनल बाथरोग सेन्टर’ शाखा खुलेसँगै बाथरोगका बिरामीले अब उपचारका लागि भारत र काठमाडौँ धाउनु पर्ने बाध्यता अन्त्य भएको छ।  शुभलक्ष्मी स्वास्थ्य सेवा प्रालिद्वारा सञ्चालित सेन्टरको उद्घाटन शुक्रबार धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले गरेका थिए। उद्घाटन क्रममा वडाध्यक्ष मुडभरीले बाथरोगका बिरामीले अब स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउने भएपछि ठूलो सहजता आउने बताए। “अब बाथरोगका बिरामीले धेरै पैसा खर्च गरेर बाहिर जानुपर्ने अवस्थाबाट मुक्ति पाउनेछन्,” उनले भने, “गरिब तथा विपन्नका लागि निःशुल्क वा सहुलियतमा सेवा दिन पनि सेन्टरलाई अनुरोध गर्दछु।” विज्ञापन कार्यक्रममा नेशनल बाथरोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा.विनित बैद्यले बाथरोगलाई सामान्य हात–खुट्टा दुखाइ मात्र समझिने…
Read More
धनगढीमा माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने

धनगढीमा माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने

धनगढीः धनगढीमा आगामी माघ ५ गतेदेखि सिप तथा रोजगार मेला सुरु हुने भएको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा माघ ५ गतेदेखि ३० दिन सीप विकास तालिम र बाँकी १० दिन परामर्श सम्बन्धि कार्यशाला तथा रोजगार मेला सञ्चालन हुने उप-महानगरपालिकाले जनाएको छ। आज शुक्रबार पत्रकार सम्मेलन मार्फत सिप तथा रोजगार मेलाको कार्यतालिका सार्वजकि गरेको हो। मंसिर १५ देखि आवेदन संकलन गरि पुस १५ गते सम्म छनौट र नामावली प्रकाशन गरिने जनाइएको छ। विज्ञापन रोजगार मेलामा अटोमोबाइल मर्मत, डिजिटल मार्केटिङ, फेटोग्राफी तथा ड्रोन सञ्चालन, हस्पिटालिटी अन्तर्गत वेटर/वेट्रेस, वेकरी, कफी बारिस्टा बनाउने, फास्टफुड/कुक,  शैक्षिक सर्भिस अन्तर्गत पुरोहीत, लेखा व्यवस्थापन, ईसीडी सहजकर्ता, एडभान्स व्युटीसियन, हेयर कटिङ, आर्ट/क्राफ्ट डिजाईनिङ…
Read More