Skip to main content

धनगढी न्यूज

Month: November 2025

संकटको बेला देशले खोजेको नेतृत्व

संकटको बेला देशले खोजेको नेतृत्व

नेतृत्वको वास्तविक परीक्षा संकटका बेला हुन्छ। यस्तो समयमा नेतालाई तत्काल निर्णय लिनुपर्ने दबाबका बीचमा दीर्घकालीन सोच, सहानुभूति र जनविश्वास कायम राख्नुपर्ने चुनौती हुन्छ। सफल नेता ती हुन्, जसले ठूला भाषण होइन, स्पष्ट दृष्टिकोण र नैतिक निर्णयका साथ देशलाई अगाडि बढाउँछन्। संघर्ष, आर्थिक अस्थिरता र महामारी जस्ता संकटको अवस्थामा निर्णयात्मक र अनुकूल नेतृत्व अनिवार्य हुन्छ। कमजोर शासन प्रणाली भएका देशहरूमा यो कार्य अझै कठिन हुन्छ। नेताहरूले तुरुन्तै परिस्थिति नियन्त्रण कायम गर्नुपर्ने हुन्छ तर त्यही समयमा पारदर्शिता र जनसहभागिता मार्फत विश्वास पनि निर्माण गर्नुपर्छ। संकटको समयमा राष्ट्रको भाग्य नेतृत्वले निर्धारण गर्छ। नेपाल जस्ता विकासशील देशहरूका लागि— जहाँ आर्थिक अनिश्चितता, राजनीतिक अस्थिरता र…
Read More
सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा नियमावली ल्याउन नसक्दा स्थानीय तहका कार्यरत कर्मचारी मर्कामा परेका छन्। प्रदेश संरचना गठन भएको आठ वर्षमा बल्लतल्ल स्थानीय सेवा ऐन ल्याएको सुदूरपश्चिम सरकारलाई नियमावली ल्याउन सकस भएको छ। गत असार १५ मा झण्डै दुई वर्ष लगाएर स्थानीय सेवा ऐन ल्याएको प्रदेश सरकारले सो ऐन आएको साढे चार महिनासम्म नियमावली ल्याउन सकेको छैन। विज्ञापन स्थानीय सेवा ऐनको मस्यौदा लिएर प्रदेशको विधायन समितिले प्रदेशभर विभिन्न ठाउँमा पुगेर उत्कृष्ट ऐन ल्याउने भन्दै दुई वर्ष खर्चेको थियो। दुई वर्ष लगाएर ल्याइएको ऐन नै नियमावली निर्माणका लागि बाधक बनेको स्वयम् कर्मचारी र प्रदेश सरकारका अधिकारीले बताउने गरेका छन्। प्रदेश…
Read More
मंसिर ६ गतेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्छ: महेश बस्नेत

मंसिर ६ गतेपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्छ: महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मंसिर ६ गतेको एमालेको कार्यक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। आज पत्रकार सम्मेलन गर्दै बस्नेतले मंसिर ५ र ६ गते काठमाडौंमा एमालेले कार्यक्रम गर्ने पनि बताए। ‘हामीले युथ भोलेन्टियर फोर्स गठन गर्दैछौं, माइतीघरदेखि बानेश्वरसम्म रातो क्याप लगाएर सामान्य प्रदर्शन गर्छौं, शान्तिपूर्ण कार्यक्रम हुन्छ, प्रहरीसँग झडप गर्दैनौं, हामीसँग अनुशासित युवाहरू छन्,’ बस्नेतले भने, ‘अध्यक्षज्यूलाई प्रमुख अतिथि बनाएर राष्ट्रिय स्वयमसेवक फोर्स घोषणा गर्छौं।’ मंसिर ६ गते काठमाडौं उपत्यकास्तरीय बृहत भेला भृकुटीमण्डपमा गरिने पनि उनले बताए। ‘मंसिर ५ र ६ गतेको सभा व्यापक सफल भएपछि सुशीला आमैले राजीनामा दिनुपर्छ भन्ने कुरा उहाँलाई थाहा छ। यो संविधानले…
Read More
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री

संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले पुन: राष्ट्रलाई अस्थिरताको चक्रमा धकेल्नसक्ने बताएकी छिन् । राजनीतिक दलहरूसँग सिंहदरबारमा जारी छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । ‘निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुन:स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्नेछ,’ उनले भनेकी छिन् । साथै, उनले संवैधानिक अडानमा सरकारको कुनै अलमल नभएको बताएकी छिन् । ‘आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु हाम्रो संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता हो,’ प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूलाई सम्बोधन गर्दै भनेकी छिन्,…
Read More
सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

सुदूरपश्चिममा स्थानीय सेवा नियमावली ल्याउन सकस

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवा नियमावली ल्याउन नसक्दा स्थानीय तहका कार्यरत कर्मचारी मर्कामा परेका छन्। प्रदेश संरचना गठन भएको आठ वर्षमा बल्लतल्ल स्थानीय सेवा ऐन ल्याएको सुदूरपश्चिम सरकारलाई नियमावली ल्याउन सकस भएको छ। गत असार १५ मा झण्डै दुई वर्ष लगाएर स्थानीय सेवा ऐन ल्याएको प्रदेश सरकारले सो ऐन आएको साढे चार महिनासम्म नियमावली ल्याउन सकेको छैन। विज्ञापन स्थानीय सेवा ऐनको मस्यौदा लिएर प्रदेशको विधायन समितिले प्रदेशभर विभिन्न ठाउँमा पुगेर उत्कृष्ट ऐन ल्याउने भन्दै दुई वर्ष खर्चेको थियो। दुई वर्ष लगाएर ल्याइएको ऐन नै नियमावली निर्माणका लागि बाधक बनेको स्वयम् कर्मचारी र प्रदेश सरकारका अधिकारीले बताउने गरेका छन्। प्रदेश सरकारले…
Read More
रोकियो काठमाडौँको फोहोर विसर्जन, २५० गाडी रोकिए

रोकियो काठमाडौँको फोहोर विसर्जन, २५० गाडी रोकिए

काठमाडौँ । काठमाडौँ उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौँबाट गाडी नै नहिँडेका हुन् । ‘उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेको २५० टिप गाडी रोकिएका छन् । स्थानीयले सवारी चालकहरूलाई फोहोर बोकेर नआउन भनेपछि हाम्रो गाडीहरू रोकिएको छ,’ फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले रातोपाटीलाई भने । बञ्चरेडाँडाका स्थानीय विश्वास ढुंगाना माग पुरा नभएको भन्दै स्थानीयले अवरोध गरेको बताएका छन् ।  ‘हाम्रा साथीहरूले फोहोर रोक्न लागिरहेका छन् । राज्यले सधैँ झुक्क्याएपछि हामीले यो कदम चालेका हौँ,’ उनले भने ।  काठमाडौँ महानगरपालिकाबाट दैनिक करिब ७ सय टन…
Read More
उषाकिरण भन्छिन्– एमालेमा अहिले ‘सिंगल म्यान शो’ चलिरहेको छ

उषाकिरण भन्छिन्– एमालेमा अहिले ‘सिंगल म्यान शो’ चलिरहेको छ

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि परिवर्तित सन्दर्भमा हुन लागेको यो महाधिवेशन विशेष महत्त्वको पनि छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गरेर नीति तय गरिसकेको छ। आगामी महाधिवेशन नेतृत्व चयनमै केन्द्रित हुनेछ। विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा तेहेरिन सजिलो हुने गरी नीति (विधान) तय गरेको छ। भदौ २३ र २४ को आन्दोलनपछि एमालेभित्रको शक्ति सन्तुलनमा फेरबदल आइसकेको छ। विगतमा ओलीकै समूहमा रहेकाहरू उनीसँग प्रतिस्पर्धा गर्ने 'मुड' मा पुगेका छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नै अध्यक्ष ओलीलाई चुनौती दिने र…
Read More
शेखर–गगन बैठक : ‘केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनु उत्तम’

शेखर–गगन बैठक : ‘केन्द्रीय समितिले नै विशेष महाधिवेशन बोलाउनु उत्तम’

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको सम्भावना टर्दै गएको निष्कर्षमा पुगेको संस्थापनइतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको छ । काठमाडौंको विशालनगरमा मंगलबार नेता डा. शेखर कोइरालाले बोलाएको अनौपचारिक छलफलमा इतर समूह हस्ताक्षरकर्ताहरूको समन्वयमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनुपर्नेमा एकमत देखिएको हो । कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा नेता कोइरालासहित महामन्त्री गगनकुमार थापा, सहमन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, विशेष महाधिवेशन पक्षधर देवराज चालिसे र गुरु घिमिरे सहभागी थिए । कोइरालाले उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई पनि छलफलमा बोलाएका थिए । तर, उपसभापति गुरुङ उपत्यका बाहिर र महामन्त्री शर्मा काम…
Read More
गहुँ छर्ने समयमा कैलालीका किसानलाई मल अभाव

गहुँ छर्ने समयमा कैलालीका किसानलाई मल अभाव

घोडाघोडीः कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिन्छिन। जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छन्। बिहानै ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उनको पालो भने अझै आएको छैन। “जति पटक आएँ, पनि मल पाउनै गाह्रो भयो, लाइन बस्दा बस्दै फर्कनुपर्छ”, उनले दुखेसो पोखिन्। विज्ञापन उनिसँगै घोडाघोडी–३ की सीता चौधरी पनि मलका लागि पटकपटक लाइन बसेर थाकिसकेकी छन्। धेरै पटकको प्रयासपछि उनले बल्लतल्ल एक बोरा युरिया मल हात पारिन्। एक बिघाभन्दा बढी जमिनमा गहुँ लगाउने योजना बनाएकी सीता भन्छिन, “तीन बोरा डीएपी र…
Read More
बिभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादी पक्राउ

बिभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादी पक्राउ

मिति २०८२।०८।०२ गते यस जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाईहरुबाट खटिगएको प्रहरी टोलीले विभिन्न मुद्दाका ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। फैसला कार्यान्वयन अन्तर्गत सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कैद, जरिवाना भुक्तान गर्न बाँकी रहेका ४२ जना फरार प्रतिवादीहरुलाई कैलाली जिल्लाका बिभिन्न स्थानहरुमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तत्पश्चात निजहरुलाइ पक्राउ गरी निजहरुलाई सम्मानित जिल्ला अदालत कैलालीमा बुझाईएको पनि कार्यालयले जनाएको छ ।
Read More