18
Nov
सुर्खेत । कर्णाली प्रदेशमा प्रशासनिक पुनर्संरचनाको महत्त्वपूर्ण कार्य प्रारम्भ भएको छ । विज्ञ टोलीले आफ्नो अध्ययन प्रतिवेदन बुझाएको चार महिनापश्चात् यसको कार्यान्वयन प्रक्रिया अगाडि बढेको हो । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको प्रशासनिक संरचनालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ गत वैशाखमा अवकाशप्राप्त सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेका थिए । उक्त समितिमा कर्णालीकै पूर्वप्रमुखसचिव डा. गोपीकृष्ण खनाल र डा. सुरेश तिवारी सदस्य थिए । समितिले गत असार १५ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन सार्वजनिक भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, प्रतिपक्षी दल माओवादीदेखि कर्मचारीतन्त्रले समेत विरोध जनाएका थिए । यसै कारण मुख्यमन्त्री…






