Skip to main content

धनगढी न्यूज

Year: 2025

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु, आपतकाल घोषणा

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु, आपतकाल घोषणा

काठमाडौं । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् । यो प्राकृतिक विपत्तीपछि राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । श्रीलंका सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश पैसा पठाउन आह्वान गरेको छ । श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो । यसअघि २०१७ मा आएको बाढी–पहिरोमा परी २०० जनाको मृत्यु भएको थियो भने लाखौं मानिस बेघर भएका थिए । श्रीलंका विपद् व्यवस्थापन विभागका अनुसार पछिल्लो प्राकृत्तिक विपत्तिमा १५ हजारभन्दा बढी घर नष्ट भएका छन् भने ७८ हजार मानिसलाई…
Read More
‘सुदूरपश्चिम सरकारले ५ करोड अनुदान दिन एक करोड घुस माग्यो’

‘सुदूरपश्चिम सरकारले ५ करोड अनुदान दिन एक करोड घुस माग्यो’

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड अनुदान दिँदा एक करोड घुस मागेको विषय सार्वजनिक भएको छ। धनगढीको नवजीवन सहकारीका अध्यक्ष देवबहादुर वमले प्रदेश सरकारले खुलेआम घुस माग्ने गरेको आरोप लगाएका हुन् सामाजिक सुरक्षा दिवसको अवसरमा बिहीवार धनगढीमा आयोजित कार्यक्रममा नवजीवन सहकारीका अध्यक्ष वमले सुदूरपश्चिम प्रदेश सरकार भ्रष्टाचारको अखडा बनेको बताएका हुन्। उनले पैसा नदिई प्रदेश सरकारबाट कुनै पनि काम नहुने गरेको बताएका छन्। 'भ्रष्टाचारको अखडा भनेको सुदूरपश्चिम प्रदेश सरकार, पैसा नदिई कुनै काम हुँदैन। विज्ञापन नवजीवनले कोल्ड स्टोर बनाउन प्रपोजल हाल्यो, डेढ बिघा जग्गा किन्यो र प्रदेश सरकारले पाँच करोड विनियोजन गर्यो। नवजीवनले दस करोड हाल्छ भन्दाखेरी एक करोड घुस…
Read More
एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै

काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ ।  एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार  सङ्घीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनौट हुँदैछन् । यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट…
Read More
मान्छे-मान्छेमा सर्ने गरी रूपान्तरित भए कोभिडभन्दा घातक विश्वव्यापी महामारी बन्न सक्छ बर्डफ्लू

मान्छे-मान्छेमा सर्ने गरी रूपान्तरित भए कोभिडभन्दा घातक विश्वव्यापी महामारी बन्न सक्छ बर्डफ्लू

मानिसलाई पनि संक्रमण हुन सक्ने गरी बर्डफ्लू रूपान्तरण भए विश्वमै महामारीको रूप लिएको कोभिड-१९ भन्दा घातक हुन सक्ने अध्ययनले देखाएको छ। भाइरस, जीवाणु तथा संक्रमणजन्य रोगबारे अनुसन्धान गर्ने फ्रान्सको एउटा प्रतिष्ठित संस्था इन्स्टिच्यूट पास्तेरले आफ्नो अध्ययनबाट सो निष्कर्ष निकालेको हो। संस्थाकी श्वासप्रश्वास संक्रमण केन्द्रकी प्रमुख मेरी-आन रेमेक्स वल्टीले बर्डफ्लू अझै संक्रामक बन्दै मानिसहरूलाई पनि सर्न सक्ने गरी रूपान्तरण भए यसले विश्वमै भयावह अवस्था ल्याउन सक्छ भनेर चेतावनी दिएकी हुन्। पछिल्ला वर्षहरूमा जंगली चरा, कुखुरा र विभिन्न स्तनधारी जनावरमा तीव्र रूपमा फैलिरहेको एच-५ प्रकारको बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) मानव–मानव सर्ने रूपमै विकसित भए कोभिड-१९ भन्दा भयानक महामारी निम्तन सक्ने उनले बताएकी…
Read More
कोडालाइन, अब कसले गाइदिन्छ ‘मलाई अरू केही चाहिएको छैन’

कोडालाइन, अब कसले गाइदिन्छ ‘मलाई अरू केही चाहिएको छैन’

यी सबै प्रश्नको उत्तर यस गीतमा पाइन्छ । स्वभाविक रूपमा गीत ब्रेकअपको हो । तर, यो सामान्य ब्रेकअप गीतहरू जस्तो बिल्कुलै छैन । यसमा ब्रेकअपको समयमा महसुस हुने सबै भावना समेट्ने सत्प्रयास गरिएको छ । गीतको शब्द, गायन र संगीतमा त्यो झल्कन्छ । सम्बन्धमा आएको टकरावपछि आफ्नो पार्टनरलाई नचाहने अथवा पीडामा उसको फोटो जलाइदिने जस्ता सामान्य किशोर प्रेमसम्बन्धको भावना गीतमा छैन । बरू प्रेम गरिएको (वा गर्ने गरेको) व्यक्तिले जब छाडेर जान्छन्, त्यसपछिका हरेक भावना गीतमा अटाइएका छन् । त्यसमा बोध छ । पश्चाताप छ । पीडा छ । रिस छ । आक्रोश छ । आशा छ । माया छ…
Read More
महिला हिंसाको ८१ प्रतिशत कारक पुरुष

महिला हिंसाको ८१ प्रतिशत कारक पुरुष

धनगढी: महिला हिंसाको ८१ प्रतिशत कारक पुरुष रहेको एक तथ्याङ्कले देखाएको छ। महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदनले महिला हिंसाका कारकमा पुरुषको हिस्सा बढी देखाएको हो। १९ प्रतिशत हिंसा भने पुरुष प्रवृत्तिको महिलाका कारण हुने गरेको जनाइएको छ। विज्ञापन ओरेकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷८२ मा सुदूरपश्चिम प्रदेशमा घरेलु हिंसा ३.६ प्रतिशत, यौन दुव्र्यवहार ५.८ प्रतिशत, बलात्कार १०.१ प्रतिशत, मानव बेचबिखन ७.४१ प्रतिशत रहेको थियो। सुदूरपश्चिम प्रदेशमा दाइजो प्रथा २ प्रतिशत, बालविवाह २५ प्रतिशत रहेको ओरेकको तथ्याङ्कले देखाएको छ। यसैबिच, लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्य हुनु पर्ने सरोकारवालाले जोड दिएका छन्। शुक्रबार धनगढीमा आयोजना यस्तो जोड दिइएको हो।…
Read More
कर्मचारीकै हातमा परराष्ट्रको बागडोर, कूटनीतिक क्षेत्रमा कस्तो छ प्रभाव ?

कर्मचारीकै हातमा परराष्ट्रको बागडोर, कूटनीतिक क्षेत्रमा कस्तो छ प्रभाव ?

काठमाडौँ । अढाई महिनादेखि परराष्ट्रमन्त्रीको कुर्सी खाली छ । विभिन्न मुलुकबाट फिर्ता बोलाइएका राजदूतहरू परराष्ट्रमन्त्रीको कार्यकक्षमा दिन कटाएर फर्कने गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषदमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीकै अधिनमा राखिएको छ । प्रधानमन्त्री कार्कीले आफूसँग परराष्ट्र मन्त्रालयसहित रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राखेकी छन् । मन्त्रिपरिषद् विस्तार भएको अवस्थामा समेत प्रधानमन्त्री कार्कीले परराष्ट्र मन्त्रालय भने आफूसँगै राख्ने योजना बनाएको उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका एक जना सदस्यले भने, ‘परराष्ट्र र रक्षा…
Read More
ह्वाइट हाउस नजिक भएको गोलीकाण्डमा घाइते सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु

ह्वाइट हाउस नजिक भएको गोलीकाण्डमा घाइते सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु

अमेरिकाको वाशिङ्टन डिसीको गोलीकाण्डमा घाइते भएका दुईमध्ये एक सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु भएको छ। बुधबार ह्वाइट हाउस नजिकैको मेट्रो स्टेसन तैनाथ नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि बुधबार गोली प्रहार भएको थियो। गोली प्रहारबाट दुवै गम्भीर घाइते भएका थिए। उपचाररमध्ये २० वर्षीया सारा बेकस्ट्रमको बिहीबार निधन भएको हो। अर्का सुरक्षाकर्मी २४ वर्षीय एन्ड्र्यू वोल्फ जीवनसँग लडिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। घटनाको अनुसन्धान एफबिआईले गरिरहेको छ। सारा २०२३ को जुनमा नेसनल गार्डमा भर्ती भएकी थिइन्। उनलाई ८६३ औं सैन्य प्रहरी कम्पनीमा खटाइएको थियो। जुन वेस्ट भर्जिनिया आर्मी नेसनल गार्ड भित्रको १११ औं इन्जिनियर ब्रिगेडको हिस्सा हो। उनको मृत्यु भएपछि उनी…
Read More
हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो

हङकङमा आगलागी : मृतकको संख्या ९४ पुग्यो

१२ मंसिर, काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ । सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको समयमा धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन् । सम्बन्धित अधिकारीहरूले प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको आशंका गरेका छन्, तर एकिन कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको छ । आगलागी शहरको घना जनसंख्या भएको क्षेत्रमा रहेका आवासीय भवनमा बुधबार मध्यराततिर सुरु भएको थियो । आगलागी भएका ती बहुतले भवनहरुमा विदेशी कामदारदेखि स्थानीयसम्म दर्जनौं परिवार बसोबास गर्दै आएका थिए । घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा…
Read More
कैलाली बहुमुखी क्याम्पसमा नेपालको उच्च शिक्षामा विद्यमान चुनौतीहरुबारे प्राज्ञिक बहस आयोजना

कैलाली बहुमुखी क्याम्पसमा नेपालको उच्च शिक्षामा विद्यमान चुनौतीहरुबारे प्राज्ञिक बहस आयोजना

धनगढीः कैलाली बहुमुखी क्याम्पसमा नेपालको उच्च शिक्षामा विद्यमान चुनौतीहरु सम्बन्धी शिक्षाविद र प्राज्ञिक व्यक्तित्वहरुबिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। विहीबार सुदूरपश्चिम विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका पुर्व उपकूलपति प्राध्यापक डा. तिर्थ खनिया र मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. शोभाकर कडेल लगायत सुदूरपश्चिम विश्वविद्यालयका विभिन संकायका डीन र प्राध्यापक तथा अनुसन्धानकर्ता र प्राज्ञिक व्यक्तित्वहरुबिच आयोजना गरिएको उक्त बहसमा विज्ञहरुले नेपालको उच्च शिक्षा नितिमा व्यापक सुधारको आवश्यकता औल्याएका छन्। विज्ञापन मध्यपश्चिम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक यदु ज्ञवालीले विश्वविद्यालयहरुमा अन्तर्राष्ट्रिय स्तरको भर्ना निति नहुँदा नेपाल बाहिरका विद्यार्थीहरुलाई आकर्षित गर्न चुनौती रहेको बताएका छन्। त्यस्तै विश्वविद्यालयको अन्तर्राष्ट्रियकरणका लागि देश वाहिरका…
Read More