Skip to main content

धनगढी न्यूज

Year: 2025

सहकारीमा ‘ब्रेक थ्रु’ : ऋण नतिरे कालोसूची, सूचना आदानप्रदान अनलाइनबाटै

सहकारीमा ‘ब्रेक थ्रु’ : ऋण नतिरे कालोसूची, सूचना आदानप्रदान अनलाइनबाटै

काठमाडौँ । कर्जा सूचना केन्द्रले सहकारी संस्थालाई सदस्यता दिन सुरु गरेको छ । सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाका लागि सदस्यता प्रदान गर्न थालेको केन्द्रका प्रवक्ता विजय कुँवरले जानकारी दिए । केन्द्रले सहकारी प्राधिकरणको निर्देशन अनुसार सदस्यता खुला गरेकोले प्राधिकरणको कार्यक्षेत्र भएका सहकारी संस्था मात्रै यसको नियमनको दायरामा हुने कुँवरको भनाइ छ । गत बुधबार सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई केन्द्रको सदस्यता लिन आह्वान गरेको थियो । सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्राधिकरणले यसका लागि सहकारी संस्थालाई सदस्यताको लागि सूचित गरेको प्राधिकरणका कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए…
Read More
भदौ २४ गतेको तोडफोड र आगजनी घटनामा पक्राउ परे पूर्वसांसद मोदीका स्वकीय सचिव

भदौ २४ गतेको तोडफोड र आगजनी घटनामा पक्राउ परे पूर्वसांसद मोदीका स्वकीय सचिव

जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्। विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी तोडफोड र आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। उनीसहित ५ जनालाई मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा आइतबार पक्राउ परेका हुन्। मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनार पक्राउ परेका छन्। अन्सारी आगजनीमा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिव थिए। मोदी मन्त्री हुँदा…
Read More
बेलायतमा नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि, एक वर्षमा आए झण्डै २१ हजार

बेलायतमा नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि, एक वर्षमा आए झण्डै २१ हजार

लन्डन । उच्च शिक्षाका लागि बेलायत आउने नेपाली विद्यार्थीको संख्या एक वर्षयता ८९ प्रतिशतले वृद्धि भएको छ । खुद आप्रवासन निरन्तर ओरालो, जागिर र आवासमा संकट एवं डिपेन्डेन्ट ल्याउन प्रतिबन्ध भए पनि नेपालबाट आउने विद्यार्थी संख्या भने झन् वृद्धि भएको हो । बेलायतको गृह मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार, सेप्टेम्बर २०२५ अन्त्यसम्म एक वर्षमा ४ लाख ३९ हजार ९२४ यूके अध्ययन भिजा जारी हुँदा बेलायत आउने नेपाली विद्यार्थी २० हजार ५ सय ७२ जना छन् । नेपाली विद्यार्थीको यो आगमन अघिल्लो वर्षभन्दा ८९ प्रतिशत बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै यूकेको अध्ययन भिजा लिने राष्ट्रको सूचीमा नेपाल…
Read More
विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

कञ्चनपुरः वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गरेका छन्। उनले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थाएका हुन्। कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गरेका भट्टले त्यही अनुभवलाई आधार बनाउँदै गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गरेका हुन्। विदेशबाट स्वदेश फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य रहेको बताउने उनले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हालेएको बताए। विज्ञापन भट्टले करिब १० लाख लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गरेका छन्। स्थानीय…
Read More
रास्वपा र विवेकशील साझाबिच एकता घोषणा

रास्वपा र विवेकशील साझाबिच एकता घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र विवेकशीलकी अध्यक्ष समीक्षा बास्कोटाले हस्ताक्षर गरे ।  रातोपाटी बाट साभार
Read More
पार्टीलाई एकताबद्ध राख्न नेतृत्व र प्रतिनिधिलाई योगेश भट्टराईका दुई सुझाव

पार्टीलाई एकताबद्ध राख्न नेतृत्व र प्रतिनिधिलाई योगेश भट्टराईका दुई सुझाव

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आगामी महाधिवेशनबाट एमालेलाई नयाँ सन्दर्भमा देशको नेतृत्व गर्न सक्ने सक्षम पार्टी बनाउनुपर्ने बताएका छन्। फेसबुकमा भिडिओ सन्देश जारी गर्दै भट्टराईले फरक परिस्थिमा पार्टी पुनर्गठन र आगामी दिनमा एमालेलाई देशको नेतृत्व गर्न सक्ने सबल र सक्षाम पार्टीका बनाउनु नै आगामी महाधिवेशनको प्रमुख कार्यभार रहेको बताएका हुन्। अहिले देशभरिका विभिन्न जिल्लाहरूमा महाधिवेशन प्रतिनिधि छनोट भइरहेका छन्। महाधिवेशन मंसिर २७,२८ र २९ गते हुने तय छ। सचिव भट्टराईले महाधिवेशनसँगै पार्टीलाई एक ढिक्का राख्नु मुख्य चुनौती रहेको बताए। महाधिवेशनपछि पार्टीलाई अझै एकताबद्ध राख्नुपर्ने उनको भनाई छ। पार्टीलाई एकताबद्ध राख्नका लागि भट्टराईले महाधिवेशन प्रतिनिधि र पार्टी नेतृत्वलाई दुईवटा सुझाव दिए। पहिलो,…
Read More
एमाले महाधिवेशन : सिन्धुपाल्चोकमा संस्थापन इतरको वर्चश्व

एमाले महाधिवेशन : सिन्धुपाल्चोकमा संस्थापन इतरको वर्चश्व

१४ मंसिर, काभ्रेपलाञ्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको प्रतिनिधि छनोटमा संस्थापन इतरको वर्चश्व देखिएको छ । सहमति जुट्न नसकेपछि मतदानबाट महाधिवेशन प्रतिनिधि चयन हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर उम्मेदवार धेरै जितेका छन् । सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्रमा प्यानल बनाएरै मतदान भएको थियो । संस्थापन पक्षको नेतृत्व जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले गरेका थिए भने संस्थापन इतरको नेतृत्व पूर्वअध्यक्ष कमल नेपालले गरेका थिए । परिणामअनुसार इतर पक्षबाट १० जना र संस्थापनका ७ जना निर्वाचित भएका छन् । आइतबार बिहान गणना सकिँदा सिन्धुपाल्चोक–१, बाट पुर्वअध्यक्ष नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठसहित नेताहरू प्रेमलाल लामा, दिलकुमार लामा र प्रदिप पौडेल खुलातर्फबाट निर्वाचित भए । होमनारायण…
Read More
कैलालीबाट एमालेका २६ जना महाधिवेशन प्रतिनिधि छानिए

कैलालीबाट एमालेका २६ जना महाधिवेशन प्रतिनिधि छानिए

कैलालीः  सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि सभामा पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीबाट १४ पुरुष र १२ महिला गरी २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । जसमध्ये कैलालीको क्षेत्र नं १, ४ र ५ मा निर्वाचनबाट र क्षेत्र नं २, ३ र दलित क्षेत्रका निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  शनिबार कैलाली क्षेत्र नं. १ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचन निर्वाचनबाट खुल्लातर्फ द्वारिकाप्रसाद न्यौपाने, ध्रुवराज खत्री, महिला प्रतिनिधिमा कमला शाही चौधरी, युवा प्रतिनिधिमा लक्ष्मी आचार्य विजयी भएका छन्। विज्ञापन…
Read More
डेटलाइन मंसिर २० : डाँडा र खोल्सामा फित्ता लगाउँदै इन्जिनियरहरू

डेटलाइन मंसिर २० : डाँडा र खोल्सामा फित्ता लगाउँदै इन्जिनियरहरू

विराटनगर । विगतका वर्षहरूमा आर्थिक वर्षको अन्त्यतिर मात्रै तातेर हतारमा बजेट सक्ने ‘असारे विकास’ को परम्परालाई तोड्दै कोशी प्रदेश सरकारले यस वर्ष हिउँदको सुरुवातमै विकास निर्माणलाई तीव्रता दिएको छ । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका कार्यालयहरूलाई समयसीमा तोकेरै काममा खटाएपछि अहिले प्रदेशका पहाडी तथा दुर्गम जिल्लाहरूमा प्राविधिक टोलीको दौडधुप बाक्लिएको छ । मन्त्रालयले यस वर्ष मंसिर २० गतेभित्रै अधिकांश योजनाको कागजी र प्राविधिक प्रक्रिया टुङ्ग्याउने रणनीति लिएको छ । सोही अनुरुप अहिले प्रदेशका १४ वटै जिल्लामा रहेका पूर्वाधार विकास कार्यालयका इन्जिनियर, ओभरसियर तथा प्राविधिकहरू गाउँबस्तीका कुनाकन्दरामा पुगेका छन् । ‘प्राविधिक टोलीहरू भौगोलिक रूपमा निकै विकट, भिरालो र गाडीसमेत…
Read More
एनपिएलमा आज कर्णाली र काठमाडौं भिड्दै, दुवैलाई जित्नैपर्ने दबाब

एनपिएलमा आज कर्णाली र काठमाडौं भिड्दै, दुवैलाई जित्नैपर्ने दबाब

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा आइतबार अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली आमनेसामने हुँदैछन्। सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ। दुई अङ्कका साथ कर्णाली छैटौं स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर  तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।सेतोपाटी बाट साभार  
Read More