Skip to main content

धनगढी न्यूज

Year: 2025

हर्क साम्पाङले अघि सारे ‘हर्कवाद’ को सिद्धान्त

हर्क साम्पाङले अघि सारे ‘हर्कवाद’ को सिद्धान्त

केही समयअघिसम्म दलहरूको औचित्य नरहेको भन्दै तिनका कार्यकर्तालाई 'झोले' भनेर लाञ्छित गर्ने धरानका मेयर हर्क साम्पाङ यतिबेला आफै दल खोलेर चुनावी अभियानमा छन्। यसक्रममा उनी संगठन विस्तारमा मात्रै केन्द्रित छैनन्, आफ्नै नामका पछि ‘वाद’ जोडेर ‘हर्कवाद’ को एजेन्डालाई पार्टीको मार्गदर्शक सिद्धान्त घोषणा गर्ने तहमा पुगेका छन्। मंगलबार धरानमा आयोजित कार्यक्रममार्फत पार्टीको अवधारणा पत्र तथा एजेण्डाहरु उनले सार्वजनिक गरेका छन्। हर्कवादलाई पार्टीको मूल सिद्धान्त घोषणा गरेका उनले भनेका छन् ‘अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै अभाव, गरीबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद।’ सामाजिक अभियन्ताका रुपमा खटिँदा मात्रै…
Read More
मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

१६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन् । मंगलबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले भोलि बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताएका हुन् । आज प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिन लागेको उनले बताए । विगतमा सहयोग गरेका दलहरूले आफूलाई विश्वासको मत दिने उनले आशा व्यक्त गरे ।अन्लाईन खबर बाट साभार
Read More
प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको करिब २३ लाखको जिन्सी सामान गायब!

प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको करिब २३ लाखको जिन्सी सामान गायब!

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढीको चार पाङ्ग्रे गाडीसहित २४ किसिमका उपकरण र सामग्री गायब भएको तथ्य फेला परेको छ। केन्द्रले दिनेशखबरलाई उपलब्ध गराएको विवरणमा एक थान जिपसहित ल्यापटप, कम्प्युटर, एसी, प्रोजेक्टर, फ्रिज, ट्रेड मिल र क्रस ट्रेनर लगायत अन्य सामान खरिद भएको तर कार्यालयमा नभेटिएको पाइएको हो। स्वास्थ्य प्रवर्द्धन केन्द्रको गाडी भने गत भदौ २३ मा बढुवा भएर स्वास्थ्य तालिम केन्द्र सरुवा भएका केन्द्रका पूर्व प्रमुख हेमराज खड्काले प्रयोग गरिरहेको बताइएको छ। उनले स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट स्वास्थ्य तालिक केन्द्र सरुवा हुँदा प्रवर्द्धन केन्द्रको गाडीसेमत लगेर गएका हुन्। विज्ञापन सुरूमा २०७८ फागुन ११ गते प्रादेशिक…
Read More
मंसिर मसान्तभित्र राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न कांग्रेसले गर्‍यो परिपत्र

मंसिर मसान्तभित्र राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न कांग्रेसले गर्‍यो परिपत्र

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई परिपत्र गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार परिपत्र गरेका हुन् । ‘११ माघ २०८२ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनतर्फको उम्मेदवारीका लागि विधानको धारा ३२ को उपधारा ९ (क) बमोजिम तथा प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक सदस्यहरूको निर्वाचनतर्फको विधानको धारा ३२ को उपधारा ८ (क) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशनसहित परिपत्र…
Read More
एसियामा भीषण वर्षाले पछिल्लो एक साताभित्रै ११ सयभन्दा बढीले गुमाए ज्यान

एसियामा भीषण वर्षाले पछिल्लो एक साताभित्रै ११ सयभन्दा बढीले गुमाए ज्यान

भारी वर्षाका कारण गएको बाढी–पहिरोले यो साता एसियाले ठूलो विनाश झेल्नुपर्‍यो। दक्षिण र दक्षिणपूर्वी एसियाका विभिन्न देशमा पछिल्लो एक साताभित्र १,१०० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने सयौं हराइरहेका छन्। बाढी–पहिरोको प्रकोप कम नभएकाले हराइरहेका व्यक्तिको खोजी र उद्धार कार्य जोखिमपूर्ण बनेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था 'सिएनएन' का अनुसार इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाका केही भागमा चक्रवातले ल्याएको भारी वर्षाले लाखौं मानिस गम्भीर बाढीको सामना गरिरहेका छन्। अर्कातिर श्रीलंकालाई छुट्टै आँधीले प्रभावित गरेको छ। आँधीका कारण केही क्षेत्र डुबानमा परेको छ भने श्रीलंकाले कहिल्यै नदेखेको जटिल मौसमी चुनौती सामना गरिरहेको छ। श्रीलंकाली राष्ट्रपति अनुरा कुमारा दिशानायकले 'विगतमा देश कहिले पनि यति ठूलो मौसमी विपत्तिमा…
Read More
एक सयको नयाँ नोटले सम्झाएको सीमा विवाद

एक सयको नयाँ नोटले सम्झाएको सीमा विवाद

१६ मंसिर, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि चलनचल्तीमा ल्याएको सय रुपैयाँको नोटको भारतीय सञ्चार माध्यमहरूले खुलेर विरोध गरे । त्यसमा प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेस पनि सामेल देखियो । उसले १०० रुपैयाँको नोटमा नेपालले भारतको विभिन्न इलाकालाई आफ्नोमा पारेको दाबी गरेको छ । ‘यस्तो कार्य सहन नसकिने र मोदी सरकारले नेपाललाई कडा जवाफ दिनुपर्ने’ भारतीय कांग्रेसको आधारिक सामाजिक सञ्जाल अकाउन्ट एक्समा उल्लेख छ । एउटा सार्वभौम देशको नोटलाई विरोध गर्न उनीहरूले दुई वटा कारण अघि सारेका छन् । पहिलो, त्यसमा प्रकाशित नक्सा र दोस्रो, नोट छाप्ने कम्पनी । सयको नोटमा नेपालले पहिलो पटक नक्सा प्रयोग गरेको होइन । नेपाल…
Read More
एमालेको ११ औँ महाधिवेशनः सुदूरपश्चिमबाट को–को भए प्रतिनिधि? (नामावलीसहित)

एमालेको ११ औँ महाधिवेशनः सुदूरपश्चिमबाट को–को भए प्रतिनिधि? (नामावलीसहित)

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट महाधिवेशन प्रतिनिधिहरूको चयन कार्य सम्पन्न भएको छ। प्रदेशका ९ वटा जिल्लाका १६ निर्वाचन क्षेत्र र प्रदेश कमिटीबाट खुला, महिला, दलित तथा युवा कोटामा प्रतिनिधिहरू छानिएका छन्। प्रदेश कमिटीका अनुसार सुदूरपश्चिमबाट राष्ट्रिय महाधिवेशनमा १४० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। बझाङ र डोटीमा प्रतिनिधि चयनका क्रममा केही विवाद देखिए पनि अन्तिम नामावली सार्वजनिक गरिएको छ। विज्ञापन प्रदेश कमिटीबाट ५ जना सर्वसम्मत महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना प्रतिनिधिलाई सर्वसम्मत चयन गरेको छ। सोमवार बसेको प्रदेश सचिवालय बैठकले अध्यक्ष कृष्णप्रसाद जैशीसहित चार पदाधिकारी र एक प्रदेश सदस्यलाई प्रतिनिधि चयन गरेको…
Read More
‘देश फर्किन मन छ नि, तर सुरक्षा नै नभएपछि के गर्नु?’

‘देश फर्किन मन छ नि, तर सुरक्षा नै नभएपछि के गर्नु?’

चाहना पुरीले पहिले विदेश जाने कल्पना समेत गरेकी थिइनन्। उनी देशमै बस्ने र केही गर्ने सपना राख्थिन्। तर रोजगारीका लागि जापानमा रहेका ओमकार गिरीसँग बिहे भएपछि सन् २०११ मा उनी डिपेन्डेन्ट भिसामा जापान गइन्। 'सुरूमा आउँदा तीन वर्षको भिसा थियो। तीन वर्ष बितेपछि आफ्नै देश फर्किन्छौं भन्ने सोचेका थियौं। तर धेरै वर्ष बिते, हामी यतै रोकियौं,' चाहनाले भनिन्। अहिले चाहना र उनका श्रीमान ओमकार जापानमा रेस्टुरेन्ट चलाउँछन्। जापानको सापोरोमा उनीहरूको इन्डियन–नेपाली खानाका परिकार उपलब्ध हुने 'बिहानी' नामको रेस्टुरेन्ट छ। सोही सहरमा अर्को शाखा पनि खोलेका छन्। उनीहरूले रेस्टुरेन्ट व्यवसाय थालेको करिब १४ वर्ष भइसकेको छ। ओमकार कुक भिसामा सन् २००८ मा जापान गएका…
Read More
एमाले डोटीमा पनि समानान्तर सूची तयार

एमाले डोटीमा पनि समानान्तर सूची तयार

१५ मंसिर, धनगढी । नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको समानान्तर सूची सार्वजनिक भएको छ । जिल्ला अध्यक्ष मञ्चु मलासी र सचिव पदराम भट्टले अलग–अलग सूची सार्वजनिक गरेका छन् । संस्थापन इतरतर्फ उभिएका अध्यक्ष मलासीको सूचीप्रति असहमति जनाउँदै संस्थापनतिर लागेका सचिव भट्टले छुट्टै सूची तयार पारेका हुन् । अध्यक्ष मलासीको सूचीमा प्रदेश सांसद चक्रबहादुर मल्ल सहित दुर्गादत्त ओझा, डम्बर डौडी, लक्ष्मण मलासी र हस्तबहादुर बुढा खुला तर्फका प्रतिनिधि चयन भएका छन् । महिलातर्फ अध्यक्ष मलासी र लक्ष्मीदेवी मल्ल छन् भने दलित तर्फ सिता बिक र धनबहादुर नेपाली छन् । ४० वर्ष मुनिका युवा तर्फ बमबहादुर बम चयन भएका…
Read More
धनगढी पुग्ने बित्तिकै गृहमन्त्री अर्याल पुगे गेटा अस्पतालमा

धनगढी पुग्ने बित्तिकै गृहमन्त्री अर्याल पुगे गेटा अस्पतालमा

धनगढी: गृहमन्त्री ओमप्रकाश अर्याल धनगढी पुग्ने बित्तिकै गेटा अस्पताल पुगेका छन्।  उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसममा रहेको अस्पताल र विश्वविद्यालय परिसरको अवलोकन गरेका हुन्। भोलि हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी आएका गृहमन्त्री अर्याल धनगढी विमानस्थलबाट सुरूमै गेटा स्थित गेटा अस्पतालमा पुगेका हुन्। उनले त्यहाँ पुगेर सरसर्ती अस्पतालको अनुगमन गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए। विज्ञापन गृहमन्त्रीले अवलोकनकै क्रममा अस्पतालको बारेमा त्यहाँ कार्यरत चिकित्सकहरूले सामान्य जानकारी गराएका थिए।दिनेश खबर बाट साभार
Read More