09
Aug
आजकाल बजारमा दुई कुरा भाइरल छन्– दुर्गेश थापाका गीत र कुलमान घिसिङ। सेवा अवधि पूरा हुन चार महिना मात्र बाँकी रहँदा नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त भएपछि कुलमान 'उज्यालो नेपाल' नामको अभियान लिएर देश–विदेश घुम्दै छन्। उनी आफ्नो भ्रमणका क्रममा नेपाली दाजुभाइ–दिदीबहिनीसँग भेटघाट र अन्तर्क्रिया गर्दै हिँड्दा दुर्गेश थापाले 'कता हिँडेको बिजुली बालेर...' बोलको गीत कुलमानकै लागि गाइदिएको जस्तो अनुभूति भएको छ। बहराइनमा औपचारिक रूपमा 'उज्यालो नेपाल' घोषण गरेर कुलमान अमेरिकाको बोस्टन आउँदा मैले उनीसँग दुई दिन बिताउने मौका पाएँ। जुलाइ २९ को साँझ उनीसँग म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा हार्वर्ड विश्वविद्यालय र एमआइटीमा अध्ययन–अनुसन्धानरत अन्वेषक, वैज्ञानिक, नीति अध्येता र विद्यार्थीहरूको…






