30
May
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन्। बजेट कार्यक्रममा निजी तथा पर्यटन बोर्डको सहकार्यमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माण अगाडि बढाइने उल्लेख छ। पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा निर्माण, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तोरन्नति गरिने बजेटमा भनिएको छ। पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरुपश्चिम प्रदेशका मध्ये तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीको खेती प्रवद्र्धन गर्न ८३ करोड बजेट विनियोजन गरिएको…






