Skip to main content

धनगढी न्यूज

Year: 2025

संसद्‌मा रास्वपा र राप्रपाको नाराबाजी

संसद्‌मा रास्वपा र राप्रपाको नाराबाजी

प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका छन् ।सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन् ।रतोपती बाट साभार
Read More
‘सेसन विथ सन्दीप’ कार्यक्रम भव्यताका साथ सम्पन्न

‘सेसन विथ सन्दीप’ कार्यक्रम भव्यताका साथ सम्पन्न

कैलालीको धनगढीस्थित एसपीए कलेजद्धारा आयोजना गरिएको 'सेसन विथ सन्दीप' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुलाई करिअर काउन्सिलिङका लागि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख योगराज गौतमले सन्दीप क्षेत्री जस्तो बहुआयामिक व्यक्तित्वलाई स्वागत गर्न पाउनु तथा विद्यार्थीमाझ प्रस्तुत गराउन पाउनु आफैमा गौरवको कुरा भएको बताए । कार्यक्रममा वक्ता एवम् प्रस्तोताका रुपमा ख्यातिप्राप्त कमेडियन , टिभी प्रस्तोता तथा प्रेरणादायी वक्ता सन्दीप क्षेत्री रहनुभएको थियो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले उत्साहजनक रुपमा कमेडी तथा प्रेरक प्रस्तुतीमा सहभागिता जनाएका छन् । जहाँसुकै जुन विषय पढे पनि आत्मप्रेरित भई अनुशासनको पालना गरेमा सफलताको…
Read More
एलायन्स ‘प्लस टु’ द्धारा  POST SEE फुटसल प्रतियोगिता गरिदै

एलायन्स ‘प्लस टु’ द्धारा POST SEE फुटसल प्रतियोगिता गरिदै

कैलालीको धनगढीमा प्रथम एलायन्स प्लस टु पोष्ट एसइइ फुटसल प्रतियोगिता हुने भएको छ । ‘खेल स्वास्थ्यका लागि, विद्यार्थी राष्ट्रका लागि’ भन्ने मुल नारा सहित एलाइन्स प्लस टु धनगढीले शुक्रबारदेखि प्रतियोगिता गर्न लागेको हो। यही जेठ ३० र ३१ गते धनगढी ४ सौराई स्क्वायरमा उक्त प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगीताका खेलहरु फुटसल खेल नियमको अधिनमा रहि नकआउट स्वरुपमा खेलाइने प्राचार्य मनोज पन्तले जानकारी दिए । साथै बिहिबार कलेजमा नै प्रतियोगितामा सहभागि हुने टिमहरुको टाइसिट सार्वजनिक गरिएको छ । खेलाडीहरुलाई चोटपटक लागेमा प्राथमिक उपचार आयोजकको रहनेछ भने सो बाहेकको उपचार एबम अन्य दुर्घटना टिम आफै जिम्मेवारी हुनुपर्नेछ । खेलाडीहरुको खाना र बस्नको सम्पूर्ण…
Read More
एसपिए कलेजद्धारा धनगढीमा निःशुल्क करिअर परामर्श

एसपिए कलेजद्धारा धनगढीमा निःशुल्क करिअर परामर्श

सुदूर पश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको एसपिए कलेजले भोलि शुक्रबार एसईई परीक्षामा दिएका विद्यार्थीहरुलाई निशुल्क शैक्षिक परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ । अहिलेको पुस्ताले उचित मार्ग निर्देशनको अभावमा आफ्नो शैक्षिक भविष्यलाई सही दिशा दिन नसकिरहेको परिप्रेक्ष्यमा क्याम्पसले उक्त विशाल सत्रको आयोजना गर्न लागेको हो । एसईई परीक्षा सकेर नतिजाको पर्खाइमा रहेका धनगढी तथा आसपासका क्षेत्रबाट भोलिको सत्रमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहने क्याम्पसका सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले बताउनु भयो । उक्त सत्रको प्रमुख आकर्षण तथा वक्ताको रुपमा राष्टिय रुपमा ख्यातिप्राप्त कमेडियन , कलाकार , टिभी प्रस्तोता एवम् प्रेरणादायक वक्ता सन्दीप क्षेत्री रहनेछन् । देश तथा विदेशमा विभिन्न…
Read More
सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)ले ‘अपि शिक्षा परियोजना’ अन्तर्गत २ जना जेहेन्दार विद्यार्थीलाई कक्षा ११ देखि स्नातक तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति (आवाससहित) प्रदान गर्ने घोषणा गरेको छ। यो छात्रवृत्ति कार्यक्रम अक्सफोर्ड, इंग्ल्यान्डका वाल्टर्स दम्पतीद्वारा प्रायोजित गरिएको हो, जसले सुदूरपश्चिमका ग्रामीण विद्यार्थीहरूको क्षमता र संघर्ष देखेर यो पहल सुरु गरेका थिए। यस कार्यक्रमले ६ वर्षसम्म निरन्तरता पाउनेछ र इच्छुक विद्यार्थीहरूले २०८२ सालको असार महिनाको १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यस छात्रवृत्तिमा प्राथमिकता मानविकी संकायका विद्यार्थीहरूलाई दिइनेछ। यो छात्रवृत्ति अध्ययनका लागि वित्तीय सहायता प्रदान गर्नुका साथै योग्य विद्यार्थीहरूलाई इंग्ल्यान्ड जान्ने अवसर समेत प्रदान गर्नेछ। यस छात्रवृत्ति कार्यक्रमको उद्देश्य ग्रामीण भेगमा रहेका…
Read More
एसपिए कलेजको उत्कृष्ट नतिजा , टेरेसा बनिन् सुदूरपश्चिम प्रदेश टपर

एसपिए कलेजको उत्कृष्ट नतिजा , टेरेसा बनिन् सुदूरपश्चिम प्रदेश टपर

त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको बिबिएस संकाय दोस्रो वर्षको नतिजामा एसपिए कलेज , धनगढीमा अध्ययनरत छात्रा टेरेसा जोराले सुदूरपश्चिम प्रदेश टप गरेकी छिन् । उनले प्रदेशभरमै सर्वाधिक ७५% अंक प्राप्त गरेकी हुन् । टपर टेरेसा जोरा सोही क्याम्पसका प्राध्यापक दल बहादुर जोराकी छोरी समेत हुन् । क्याम्पसका साथसाथै घरमा समेत छोरीलाई नितान्त शैक्षिक वातावरण प्रदान गरिएको उनका बुवाले बताउनुभयो । यसैवीच आज एक कार्यक्रमको आयोजना गर्दै क्याम्पसले निजलाई सम्मान एवम् अभिनन्दन समेत गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै टेरेसाले आफ्नो यस सफलताको श्रेय आफ्नो घरपरिवारको हौसला , क्याम्पसको अनुकुल शैक्षिक गतिविधि , आफ्नो लगनशीलता तथा शिक्षा प्रतिको सर्मपण रहेको बताइन्…
Read More
गृहमन्त्रीको राजीनामा नआउँदासम्म आन्दोलन जारी हुन्छ : माओवादी केन्द्र

गृहमन्त्रीको राजीनामा नआउँदासम्म आन्दोलन जारी हुन्छ : माओवादी केन्द्र

शुक्रवार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन्। उनले देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसदमा बजेट प्रस्तुत गर्न दिएको बताए। उनले भिजिट भिसा प्रकरण बद्मासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु रहेको बताए। उनले उक्त भ्रष्टाचारसँग सम्बन्धित प्रकरणलाई करेक्सन नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे। उनले आफूहरूका मागलाई हल गर्ने कुरा सरकारको रहेको उल्लेख गरे। थाहा खबर बाट साभार
Read More
ट्रम्प र पुटिनको ‘ब्रोमान्स’ संकटमा!

ट्रम्प र पुटिनको ‘ब्रोमान्स’ संकटमा!

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'बेस्ट फ्रेन्ड' भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही दिनयता आफ्ना मित्रसँग रूष्ट देखिन्छन्। पुटिनले युद्ध रोक्न अस्वीकार गर्दै युक्रेनमाथि आक्रमण तीव्र बनाएपछि दिक्क भएका ट्रम्पले केही दिनयता उनीविरूद्ध कडा अभिव्यक्ति दिन थालेका छन्। पुटिनले युक्रेनी सहरहरूमा मिसाइल र ड्रोन प्रहार गरेर अनावश्यक रूपमा मान्छे मारिरहेको औंल्याउँदै ट्रम्पले गत आइतबार उनलाई 'पागल' समेत भने। 'उनले धेरै मानिस मारिरहेका छन्,' ट्रम्पले भने, 'मलाई थाहा छैन, उनलाई के भएको छ।' पुटिनले त्यसपछि पनि युक्रेनमाथि प्रहार गर्न नरोकेपछि ट्रम्पले सोमबार भने, 'पुटिनले के महसुस गरेका छैनन् भने म नभएको भए रूसलाई धेरै नराम्रो भइसक्थ्यो। मेरो मतलब अत्यन्तै नराम्रो! उनी आगोसँग खेलिरहेका छन्।'पुटिनसँग ट्रम्पको मित्रता उनी राष्ट्रपति हुनुअघिदेखिको हो। उनीहरूको यो सम्बन्धलाई पुरूषहरूबीचको घनिष्ठ मित्रता जनाउने 'ब्रोमान्स' भनिन्छ। राजनीतिमा आउनुअघि ट्रम्प रियल स्टेट व्यापारी र रियालिटी…
Read More
सभामुखले बोलाए प्रमुख सचेतकहरूलाई छलफलमा

सभामुखले बोलाए प्रमुख सचेतकहरूलाई छलफलमा

सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्। शुक्रबार बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।उनका अनुसार सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने एजेन्डा छ। भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्।सभामुख घिमिरेले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन्।सेतोपतो बाट साभार
Read More
सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने काम सरकारलाई ‘फलामको चिउरा’

सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने काम सरकारलाई ‘फलामको चिउरा’

पाँच लाखभन्दा कम बचत फिर्ता गर्न २५ अर्ब चाहिने, आइएमएफको चासो समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नु सरकारलाई 'फलामको चिउरा' सावित भएको छ।गत वर्षको बजेटमा अर्थमन्त्री वर्षमान पुनले बचतकर्ताको ५ लाख रूपैयाँसम्मको रकम फिर्ता गर्ने घोषणा गरेका थिए। उक्त घोषणा अनुसार मन्त्री पुनले रातो किताबमा कुनै बजेट छुट्ट्याएनन्।फलस्वरूप, सरकारले द्रुत गतिमा बचतकर्ताको रकम फिर्ताका लागि कुनै योजना बनाउन सकेन। घोषणाबाट उत्साहित भएका हजारौं बचतकर्ता निराश भए। समस्याग्रस्त सरकारी व्यवस्थापन समितिको कार्यालयको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ५४ हजार ५ सय ५५ बचतकर्ताले पैसा फिर्ता पाएका छैनन्। उनीहरूले फिर्ता पाउन बाँकी रकम नै ३८ अर्ब २५ करोड रूपैयाँ छ। यो केवल २३ वटा समस्याग्रस्त सहकारीको…
Read More