17
Jun
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत गर्न विधेयकको मस्यौदा तयार पारेको छ। स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि नै मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिई विधेयक मस्यौदा तयार गरी कानुन तर्जुमा सहमतिका लागि कानुन मन्त्रालय पठाएको थियो। कानुन मन्त्रालयले आफ्नो काम सकेर उक्त विधेयकको मस्यौदालाई स्वास्थ्य मन्त्रालय पठाएपछि मन्त्रालयले आफ्नो तरिकाले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकीकृत गर्ने विधेयकको मस्यौदा तयार गरेर सार्वजनिक गरेको हो।मन्त्रालयले विधेयकको मस्यौदा सार्वजनिक गरेसँगै उक्त मस्यौदामाथि सुझाव दिन सार्वजनिक सूचना समेत जारी गरेको छ। जसमा मन्त्रालयले १५ दिनभित्र विधेयकको मस्यौदामाथि सुझाव दिन समेत आग्रह गरेको छ। हाल सार्वजनिक भएको उक्त विधेयकको मस्यौदा अनुसार छुट्टाछुट्टै ऐनबाट सञ्चालित चिकित्सा…






