Skip to main content

धनगढी न्यूज

Month: February 2026

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी दुवैको भाउ ह्वात्तै घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम थियो । यसरी हेर्दा आज सुनको मूल्य तोलामा एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको छ ।रातोपाटी बाट साभार
Read More
बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

बालेनको झापा-५ स्थित सम्पर्क कार्यालयमा तोडफोड

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको सम्पर्क कार्यालयमा तोडफोड भएको छ। झापाको कमल गाउँपालिका-२ मा बालेनको सम्पर्क कार्यालय रहेको घरको सिसा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सिसा फुटेको खबर पाएपछि प्रहरी त्यस क्षेत्रमा गएर बुझिरहेको जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन्। ‘झ्यालको सिसा फुटेको भन्ने खबर प्राप्त भएको छ। प्रहरी त्यसतर्फ गएर बुझ्ने काम भइरहेको छ,’ उनले भनिन्। झापा क्षेत्र नम्बर ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन्।सेतोपाटी बाट साभार
Read More
चुनावी प्रचारको केन्द्रमा थारु गाउँ, ‘महटावा’ फकाउँदै उम्मेदवार

चुनावी प्रचारको केन्द्रमा थारु गाउँ, ‘महटावा’ फकाउँदै उम्मेदवार

२२ माघ, दाङ । घोराही उपमहानगरपालिका–१० जलौराका चन्द्रप्रसाद चौधरी ४८ वर्षदेखि गाउँका महटावा (ककन्दार) हुन् । उनका बाजे विश्राम र बुवा रूपलालपछि उनी तेस्रो पुस्ताका महटावा हुन् । करिब एक सय घरपरिवार रहेको जलौरा गाउँको नेतृत्व तीन पुस्तादेखि एउटै परिवारले गर्दै आएको छ । ‘हामीले राज्यभन्दा पहिलेदेखि गाउँ चलाउँदै आएका हौँ,’ ७८ वर्षीय चन्द्रप्रसाद भन्छन्, ‘तर राज्यले हाम्रो सामाजिक कानुनलाई मान्दैन । अब चुनावमा थारुको भोट थारुको न्यायका लागि प्रयोग हुनुपर्छ ।’ दाङ पश्चिम तराईका पुराना थारु बस्तीमध्ये एक हो । जिल्लामा मात्रै करिब ४५० थारु गाउँ छन् । ती थारु बस्तीहरूमा महटावा, बरघर, भलमन्सा, ककन्डारा र गुरुवाको व्यवस्था सामाजिक…
Read More
स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छु : प्रधानमन्त्री कार्की

स्वास्थ्य बीमाका लागि बजेट आउँछ, समस्या तत्काल समाधान गर्छु : प्रधानमन्त्री कार्की

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छिन्। बुधवार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गरिन्। प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कैरुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने बताइन्। उनले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताइन्। गरिब, अपांग, अशक्तलगायत कमजोर मानिसका लागि सो कार्यक्रम भएकाले उनीहरूको हित हुने गरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बीमाका लागि आवश्यक  बजेटको व्यवस्था गर्ने पनि बताइन्। जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरुका लागि बजेटको व्यवस्था…
Read More
को हुन् रिन्पोछे, जो नेपाल आएपछि राजनीतिक र कूटनीतिक क्षेत्रमा तरङ्ग बढ्यो ?

को हुन् रिन्पोछे, जो नेपाल आएपछि राजनीतिक र कूटनीतिक क्षेत्रमा तरङ्ग बढ्यो ?

काठमाडौँ । एउटा प्रवचनका लागि तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछे नेपाल आएसँगै तरंग उत्पन्न भएको छ । माघ १५ गते नेपाल आइपुगेका रिन्पोछेलाई नेपाल सरकारले उच्च सुरक्षा तथा सत्कार दिएको भन्दै विभिन्न राजनीतिक दलले आलोचना गरेका हुन् । उता, नेपालस्थित चिनियाँ दूतावासले पनि परराष्ट्र मन्त्रालयसँग कूटनीतिक माध्यमबाट यस विषयमा चासो प्रकट गरेको छ । यद्यपि नेपाल सरकारका तर्फबाट हालसम्म यसबारे कुनै प्रतिक्रिया आएको छैन । डोल्पो समाजको निमन्त्रणामा नेपाल आएका धर्मगुरु रिन्पोछे माघ १८ गतेदेखि १० दिनसम्म चल्ने प्रवचनमा सहभागी हुने बताइएको छ । यो बिचमा प्रवचन सम्पन्न हुन नसकेमा उनको नेपाल बसाइ अझ बढ्न सक्ने समाजले जनाएको…
Read More
एक समय एउटै पार्टीमा रहेका रञ्जु दर्शना र रवीन्द्र मिश्र आमने–सामने

एक समय एउटै पार्टीमा रहेका रञ्जु दर्शना र रवीन्द्र मिश्र आमने–सामने

काठमाडौं निर्वाचन क्षेत्र शृंखला काठमाडौंको १ नम्बर क्षेत्र २०६४ साल अघिसम्म छुट्टै निर्वाचन क्षेत्रका रूपमा अस्तित्वमै थिएन। २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा काठमाडौं–१ मा समेटिएका वडा फरक फरक निर्वाचन क्षेत्रअन्तर्गत थिए। २०६४ को संविधानसभा निर्वाचनका लागि क्षेत्र निर्धारण गर्दा मात्र यो अस्तित्वमा आएको हो। नयाँ निर्वाचन क्षेत्रका रूपमा विभक्त भएदेखि नै यो क्षेत्र नेपाली कांग्रेसको प्रभाव क्षेत्रका रूपमा रहँदै आएको छ। कांग्रेस नेता प्रकाशमान सिंहले यस क्षेत्रबाट निर्वाचन जित्दै आएका थिए। उनले २०६४ अघिका निर्वाचनमा जित निकाल्न सकेका थिएनन्। २०४८ सालमा उनी काठमाडौं–४ मा एमाले नेता सहाना प्रधानसँग पराजित भएका थिए। २०५१ को मध्यावधि निर्वाचनमा एमालेका तत्कालीन अध्यक्ष…
Read More
बाँके–१ मा उम्मेदवारी दिएकी कृष्णाको अठोट– नयाँ धारबाट मुलुक परिवर्तन गर्ने उद्देश्य बोकेका छौँ

बाँके–१ मा उम्मेदवारी दिएकी कृष्णाको अठोट– नयाँ धारबाट मुलुक परिवर्तन गर्ने उद्देश्य बोकेका छौँ

बुटवल । बाँके जिल्लाको राप्ती सोनारी–९, ढकेरी निवासी कृष्णा (नमुना) केसीले लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकी छन् । दुई पटक लगातार प्रदेश सभा सदस्य पदमा निर्वाचित कृष्णाले अझै २ वर्ष कार्यावधि बाँकी हुँदाहुँदै राजीनामा दिएर बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । उनलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले बाँके–१ मा उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर १ मा कृष्णा केसीसहित १४ जना उम्मेदवार छन् । यस क्षेत्रमा कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाअन्तर्गतका सबै वडा समावेश छन् । यस क्षेत्रमा कुल…
Read More
‘परिवारको दुःख र ऋण सम्झेर जति गाह्रो भए पनि काम गरेँ, फर्किन सकिनँ’

‘परिवारको दुःख र ऋण सम्झेर जति गाह्रो भए पनि काम गरेँ, फर्किन सकिनँ’

तनहुँकी वसन्ती थापा मगर संयुक्त अरब इमिरेट्स (युएई) मा छिन्। रोजगारीका लागि उनी दुई वर्षअघि त्यहाँ गएकी हुन्। हाउस–किपिङ कामका लागि गएकी उनी त्यहाँको एक अस्पतालमा काम गरिरहेकी छन्। उनको काम सरसफाइ गर्ने, बेड तथा सोफा मिलाउने लगायत हो। उनलाई नेपालबाटै हाउस किपिङको काम भनिएको थियो। सुरूदेखि नै यही काममा छिन्। 'तर ८ घन्टाको ९५० दिराम भनेर ल्याइएको थियो। अहिले दैनिक बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १२ घन्टा खट्नुपर्छ,' वसन्तीले भनिन्। अहिले आफूले कमाएको पैसाले मन लागे अनुसार खाए मात्र पनि नपुग्ने उनले बताइन्। 'खाने खर्च आफ्नै हुन्छ। मन लागे अनुसार खायो भने त तलबले पुग्दैन। छाक टार्ने मेलो भएको छ,' उनले भनिन्। दुई वर्ष कमाउँदा…
Read More
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की

२१ फागुन, नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् । उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले भनिन्, ‘चुनाव सर्दैन, किन सार्नु र ? ३१/३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै । त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न देशबाट सहयोग…
Read More
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको अन्तिम बन्दसूची

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उम्मेदवारहरूको अन्तिम बन्दसूची

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको छ । मंगलबार आयोगले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको हो । ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा कायम भएका ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम  बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । प्रकाशित बन्दसूचीमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष छन् । यसअघि आयोगले बन्दसूचीमा समावेश ७६ जनाको नाम हटाएको थियो । रातोपाटी बाट साभर  
Read More