Skip to main content

धनगढी न्यूज

Month: February 2026

प्रलोपाका उम्मेदवार सन्तोष विष्टको चुनावी एजेण्डा, गाँजा खेतीलाई वैधानिकता

प्रलोपाका उम्मेदवार सन्तोष विष्टको चुनावी एजेण्डा, गाँजा खेतीलाई वैधानिकता

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट मकवानपुर–२ बाट उम्मेदवार बनेका सन्तोष विष्टले गाँजा खेतीलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन् । चुनावी प्रचारप्रसारको क्रममा क्षेत्र नं. २ का मतदातासमक्ष विष्टले चुनावी एजेन्डा प्रस्तुत गरेका हुन् । मकवानपुर–२ मा किसानका मुख्य समस्या गाँजा खेती रहेकाले कानुनी दायरामा ल्याएर खुला गर्नुपर्ने उनले बताएका छन् । ‘यहाँ हाम्रो किसानहरूले गाँजा खेती गर्नुहुन्छ । गाँजा औषधीय गुणको रूपमा प्रयोग गरिन्छ भनेर वैज्ञानिक रूपमा पुष्टि भएको छ। तर यहाँ  प्रतिबन्धित लागुऔषधको रूपमा जनतालाई दुःख दिने काम भइरहेको छ’, उनले भने, ‘राज्यद्वारा यहाँ लगभग हरेक हप्ता एक न एक जनालाई समातेर जेलमा लाने गरेको छ । सबैले ओठे…
Read More
सगरमाथाले खाएका म्यालोरी : शताब्दीपछि पुनः उत्खनन

सगरमाथाले खाएका म्यालोरी : शताब्दीपछि पुनः उत्खनन

‘सगरमाथा यसै-उसै हेर्दा त केवल हिउँको थुप्रो जस्तो मात्र छ । तर फरासिलो भएर हेर्ने हो भने केवल आफ्नो विशाल उचाइले मात्र पनि यो अत्यन्त आकर्षक छ, विशाल छ, सुन्दर छ, गज्जबसँग निर्मित छ, र त्यसकारण डरलाग्दो गरी भव्य छ । यो केवल हिमाल मात्र होइन, सबैले आदर र सम्मान गर्नुपर्ने प्राकृतिक धरोहर हो । यसको चहक र चमक-धमक हेर्दै यसको आधारभूमिमा उभिन पाउनु नै पनि सर्वाधिक अलौकिक अनुभूति हो । …सगरमाथा चढ्ने कुरा जति जोखिमयुक्त छ, त्यति नै रहरलाग्दो गरी आकर्षक पनि छ ।’ यो भनाइ उनै जर्ज म्यालोरीको हो जो एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण…
Read More
आयोगले सोध्यो ३४ स्पष्टीकरण, २४ दल र उम्मेदवारले दिए जवाफ

आयोगले सोध्यो ३४ स्पष्टीकरण, २४ दल र उम्मेदवारले दिए जवाफ

काठमाडौँ : निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ। शुक्रवार नियमित पत्रकार भेटघाटका क्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आचारसंहिता पालना गराउन र उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताए। भट्टराईले पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्स्योट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको बताए। आयोगले हालसम्म ३४ वटा राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिएको छ। भट्टराईकाअनुसार प्राप्त जवाफहरूको अध्ययन गरी केन्द्रिय आचारसंहिता अनुगमन समितिले निर्वाचन कसुर तथा सजाय ऐन बमोजिम आवश्यक कारबाहीको निर्णय लिनेछ। प्रवक्ता भट्टराईले ६३ राजनीतिक दलका ५७ निर्वाचन चिन्हमा कुल ३ हजार १३५ उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा…
Read More
तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले

तालमेल नगर्ने नेकपा र कांग्रेसको जवाफले अप्ठेरोमा एमाले

काठमाडौँ । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा खासखास क्षेत्रमा चुनावी तालमेलका लागि गरेको प्रस्ताव अन्य पार्टीले अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको छ । कांग्रेस र नेकपाले तालमेलको प्रस्ताव अस्वीकार गरेपछि खासखास क्षेत्रमा चुनावी तालमेल गर्ने एमाले अध्यक्ष केपी ओलीको चाहाना पुरा नहुने भएपछि एमालेलाई अप्ठेरो पर्ने देखिएको हो । ‘खासखास क्षेत्रमा एमालेले चुनावी तालमेलको प्रस्ताव गरेको थियो तर नेकपाले उक्त प्रस्ताव अस्वीकार गरेको छ’, नेकपाका नेता प्रकाश ज्वालाले रातोपाटीसँग भने, ‘पार्टी संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले एमालेको प्रस्तावमा नलाग्ने भन्नु भएको छ ।’ प्रचण्ड र माधवले एमालेबाट आएको तालमेलको प्रस्तावबारे केही दिन अघि बैठकमा ब्रिफिङ गर्दै तालमेल नगर्ने निष्कर्ष…
Read More
नारा नै लगाउने भए ‘अबकी बार सय पार’ भन्ने लगाउनुस्- गगन थापा

नारा नै लगाउने भए ‘अबकी बार सय पार’ भन्ने लगाउनुस्- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने  'अबकी बार सय पार'को नारा लगाउनुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्। ‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु- अबकी बार यो सरकार भन्ने नारा लगाउन छाडिदिनुस्,’ उनले भने, ‘नारै लगाउने भए अबकी बार सय पार भन्ने नारा लगाउनुस्।’ यस नाराअनुसार अघि बढ्न सकिने पनि उनले बताए। ‘बहुमतसम्म पुग्न सकिन्छ,’ सभापति थापाले भने, ‘तर दु:ख गर्नुपर्नेछ। मेहनत गर्नुपर्नेछ। पार्टीको प्रत्येक सदस्यले म नै उम्मेदवार हो भन्ने ठानेर मेहनत गरौं। टोलसम्म संगठन भएको पार्टी हो यो।’ उनले देश सम्हाल्ने…
Read More
धनगढीस्थित एसपिए कलेजको खेल सप्ताह आजबाट सुरु

धनगढीस्थित एसपिए कलेजको खेल सप्ताह आजबाट सुरु

धनगढीस्थित एसपिए कलेजमा आज बाट खेल सप्ताह २०८२ प्रारम्भ भएको छ । कलेजको २७ औँ वार्षिकउत्सवको पूर्व सन्ध्यामा अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त खेल सप्ताह सुरु गरिएको क्याम्पसका क्याम्पस प्रमुख बुधराम चौधरीले बताए । आज एक कार्यक्रमवीच क्याम्पस परिसरमा उक्त खेल सप्ताहको उद्घाटन गरिएको छ । स्नातक तथा मा.वि. तहका विद्यार्थीहरु आफ्नो रुची र कौशल अनुसार विभिन्न विधागत प्रतियोगिताहरुमा सहभागी हुने मा.वि. संयोजक रमेश जोशीले जानकारी गराए । खेल सप्ताह आजबाट सुरु भइ माघ २९ गतेसम्म चल्नेछ , जस अन्तर्गत निबन्ध लेखन , हाजिरीजवाफ , कविता , गजल प्रतियोगितामा विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । त्यस्तै , फुटबल , भलिबल , क्रिकेट ,…
Read More
प्रतिनिधिसभा पुनर्स्थापना रिटको औचित्य सकिँदै, निवेदकले नै मारे आस !

प्रतिनिधिसभा पुनर्स्थापना रिटको औचित्य सकिँदै, निवेदकले नै मारे आस !

काठमाडौँ । आउँदो फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति निश्चित भएसँगै प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दाको औचित्य समाप्तिको दिशामा अग्रसर भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेसँगै सर्वोच्च अदालतमा १८ वटा रिट निवेदन परेका थिए । पुनर्स्थापनाको माग गर्दै दायर गरिएका ती रिटमा विपक्षीबाट लिखित जवाफ आए पनि अदालतले रिट निवेदकहरूलाई साधारण तारेखमा राखेको छ । ती रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै अग्राधिकार दिन पनि इन्कार गरिसकेको छ । सर्वोच्चले रिट निवेदकहरूलाई अब माघ २८ गतेका लागि साधारण तारेख दिएर पठाएको छ । यसअघि माघ २०…
Read More
ट्रम्पको हेपाइले तिलमिलाएका मोदीको कूटनीतिक ‘कमब्याक’!

ट्रम्पको हेपाइले तिलमिलाएका मोदीको कूटनीतिक ‘कमब्याक’!

दोस्रो कार्यकालमा भारतप्रति आक्रामक नीति लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः भारतसँग व्यापारिक सुलह गरेका छन्। फेब्रुअरीको सुरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुराकानी गरेपछि उनले त्यसबारे घोषणा गरेका हुन्। उनले भारतलाई लगाउँदै आएको ५० प्रतिशत भन्सार घटाएर १८ प्रतिशतमा झारेका छन्। ट्रम्पले गत जुलाई अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। आफूले चेतावनी दिँदादिँदै पनि भारतले रूसी कच्चा तेल किनेको भन्दै उनले अगस्टको अन्त्यदेखि लागू हुने गरी थप २५ प्रतिशत भन्सार शुल्क थपेका थिए। सोमबारको घोषणा अनुसार सो थप २५ प्रतिशत भन्सार हटाइएको छ। साथै, जुलाईमा लगाइएको २५ प्रतिशत भन्सार दर पनि घटाएर…
Read More
काठमाडौं–८ : अघिल्लो चुनावकै उम्मेदवार आमने-सामने

काठमाडौं–८ : अघिल्लो चुनावकै उम्मेदवार आमने-सामने

बायाँबाट क्रमशः बिराजभक्त श्रेष्ठ, समुन सायमी, नवीन शाही, सपनाराज भण्डारी र राजेश शाक्य । २० माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-८ बाट २०७९ का उम्मेदवार आमने-सामने भएका छन् । अघिलो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ १० हजार ११२ मतका साथ विजयी भएका थिए । यसपटक पनि उनी रास्वपाका उम्मेदवार छन् । सत्ता होइन, संस्कार बदल्न आफूले उम्मेदवारी दिएको तर्क श्रेष्ठको छ । ‘पुरानो अनुभव र नयाँ ऊर्जालाई जोड्दै, जनताको आत्मसम्मान, अपनत्व र आम नागरिकले भरोसा गर्नसक्ने प्रणाली स्थापित गर्न मेरो उम्मेदवारी हो,’ श्रेष्ठले भने । उनी यस पटक पनि जितलाई निरन्तरता दिने योजनामा छन्…
Read More
सुन चोरीमा संलग्न एकजनालाई प्रहरीले गोली हानेर समात्यो

सुन चोरीमा संलग्न एकजनालाई प्रहरीले गोली हानेर समात्यो

काठमाडौँ : काठमाडौँको बौद्ध क्षेत्रबाट एक करोड रुपैयाँ भन्दा बढीको सुन चोरीमा संलग्न एकजनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। स्थानीय रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्ने प्रेम थारुलाई पक्राउ गरिएको हो। उनी नेपालगञ्ज स्थायी घर भइ कलंकीमा बस्दै आएका थिए। उनलाई काठमाडौंको नागार्जुन–६ बाट गोली हानेर नियन्त्रणमा लिइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र ट्रमा सेन्टरमा उपचार जारी छ। थारु यसअघि पनि चोरी र लुटपाटमा संलग्न थिए । २०७९ मा पनि चोरीमा पक्राउ परेर कारागार चलान भएका उनी अदालतले दिएको प्यारोल सुविधा अनुसार बाहिरै…
Read More