Skip to main content

धनगढी न्यूज

Month: February 2026

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

२७ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ । महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ । पहिलो घेरामा नेपाल प्रहरी/निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल/निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ । तर सुरक्षाको आवश्यकता अनुसार जुनसकुै घेरामा पनि सेना खटिनसक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ । नेपाली सेना निर्वाचन सुरुक्षाबारे आफ्नो फेसबुक…
Read More
कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा

कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा

बागलुङ । प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर पर्वतमा दलहरू आ–आफ्नै रणनीति अनुसार जनताको विश्वास जित्न प्रयासरत छन् । पर्वतमा २०५६ को संसदीय निर्वाचन र संविधान सभाको दुवै निर्वाचन गरी लगातार तीन निर्वाचनमा निर्वाचित भएर कांग्रेसले ‘ह्याट्रिक गरिसकेको छ । त्यस यताको संसदीय निर्वाचनमा भने पर्वतमा कांग्रेसले ‘कम ब्याक’ गर्न सकेको छैन । २०७४ र २०७९ को संसदीय निर्वाचनमा विजयी भएको एमाले ‘ह्याट्रिक’ गर्ने दाउसहित मैदानमा उत्रिएको छ । यद्यपि, एमालेको ‘ह्याट्रिक’ पूरा हुन नदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि युवा मतदाताको समर्थनमा आफ्नो अभियान अघि बढाइरहेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा विभिन्न दल तथा स्वतन्त्र गरी १७…
Read More
रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल मार्गमार्फत सिरिसे ढाँडे हुँदै ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा परेको थियो। प्र-३-००१-०५ ख ९९७५ नम्बरको अरनिको यातायातको बस त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको हो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार ११ जनाको सनाखत भएको छ। एक जनाको सनाखत गर्न बाँकी छ। ज्यान गुमाएका १२ जनामध्ये ७ जना पुरूष र ५ जना महिला छन्। उनीहरूको शव मन्थली अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए। मृतक दोलखा भिमेश्वर-७ का २५ वर्षीया बबी तामाङ, भिमेश्वर-८ की ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु-४ का २८ वर्षीय दिपेश…
Read More
प्याब्सनले ‘दलको चुनावी घोषणापत्र’मा के-के विषय समावेश गर्न गर्‍याे माग ?

प्याब्सनले ‘दलको चुनावी घोषणापत्र’मा के-के विषय समावेश गर्न गर्‍याे माग ?

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा आउन अब २४ दिन बाँकी छ। आगामी फागुन २१ मा हुने उक्त निर्वाचन जित्न चुनावी मैदानमा होमिएका उम्मेदवारहरू यतिखेर जनताको घरदैलो चहारिरहेका छन्। भोटको लागि मिठो मिठो वाचा गरिरहेका छन् तर अझै प्रमुख राजनीतिक दलहरू (नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा,राष्ट्रिय स्वतन्त्र पार्टी)लगायत दलहरूले ‘चुनावी घोषणापत्र’सार्वजनिक गरेका छैनन्। यहीबीच निजी विद्यालयहरूको सर्वोच्च संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले शिक्षा क्षेत्रमा आफ्नो विभिन्न माग राखेर ती दलहरूको घोषणापत्रमा समावेश गर्न माग गरेको छ। हिजो (आइतबार) प्याब्सनले पत्रकार सम्मेलन आयोजना गरेर मागह सार्वजनिक पनि गरिसकेको छ। निजी विद्यालयबारे बेला बेला विभिन्न शीर्षकमा चर्को शुल्क लिएर शिक्षाको नाममा व्यापार गर्ने गरेको पनि आरोप लाग्ने गरेको…
Read More
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नआउने निश्चित

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन चुनावअघि नआउने निश्चित

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको म्याद २५ दिन थप भएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थप गर्ने निर्णय गरेको हो। ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो,’ सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले भने। यसअघि सरकारले आयोगको म्याद २० दिन म्याद थप गरेको थियो। आयोगको म्याद माघ २८ गते सकिँदै थियो। म्याद थप भएसँगै अब फागुन २४ सम्ममा आयोगले सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ।…
Read More
सर्वोच्चको व्याख्या : अन्तिम फैसला सधैं निर्विकल्प हुँदैन

सर्वोच्चको व्याख्या : अन्तिम फैसला सधैं निर्विकल्प हुँदैन

काठमाडौं । सर्वोच्च अदालतले अन्तिम फैसला भइसकेका मुद्दामा पनि गम्भीर कानुनी त्रुटि वा प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन भएको पाइएमा ‘असाधारण अधिकार क्षेत्र’ (रिट) अन्तर्गत सुनुवाइ हुन सक्ने नजिर स्थापित गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले बेकुलक्ष्मी श्रेष्ठको निवेदनमा सुनुवाइ गर्दै आफ्नो आदेशमा न्यायको मान्य सिद्धान्त ’डक्ट्रिन अफ फाइनालिटी’ को चर्चा गरेको छ । सामान्यतया कुनै मुद्दामा माथिल्लो अदालतसम्म पुनरावेदन गरेर वा ‘दोहोर्‍याइ हेर्ने’ प्रक्रिया सकिएपछि त्यसलाई ‘अन्तिम फैसला’ मानिन्छ र त्यो विवाद सधैंका लागि सकिएको ठानिन्छ । यसलाई कानूनी भाषामा न्यायिक अन्तिमता (डक्ट्रिन अफ फाइनालिटी) भनिन्छ । तर सर्वोच्चले यसका केही अपवाद…
Read More
ओलीलाई ‘गुइँठा’ नै भारी

ओलीलाई ‘गुइँठा’ नै भारी

विराटनगर । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि आफू निर्वाचन लड्दै आएको झापा–५ सफा सुग्घर रहेको र त्यहाँ महोत्तरी, धनुषाजस्तो गुइँठा बाल्ने अवस्था नभएको बताएका थिए । ओलीका ती अभिव्यक्ति उनी आफैँलाई भारी पर्ने देखिएको छ । ओलीले केही समय अगाडि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफ्नो क्षेत्रमा गुइँठा बाल्ने अवस्था नभएको आशय व्यक्त गरेका थिए । ‘दमक सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ । यो महोत्तरी–धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एड्भान्स छ,’ उनले आफ्ना प्रतिस्पर्धी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति इङ्गित गर्दै भनेका थिए, ‘सफा–सुग्घर बेग्लै छ । उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा...…
Read More
नेपालले अन्तिम ओभरमा जित नजिक पुगेर पनि गुमायो इंग्ल्यान्डविरूद्धको खेल

नेपालले अन्तिम ओभरमा जित नजिक पुगेर पनि गुमायो इंग्ल्यान्डविरूद्धको खेल

आइसिसी टी-२० विश्वकप २०२६ मा जित नजिक पुगेर पनि नेपालले इंग्ल्यान्डविरूद्धको खेल गुमाएको छ। समूह 'सी' को आफ्नो पहिलो खेलमा भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले इंग्ल्यान्डविरूद्ध ४ रनले खेल गुमाएको हो। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा १० रन चाहिदा ५ रन मात्र जोड्न सक्यो भने कुनै बाउन्ड्री प्रहार गर्न सकेन। नेपालका ओपनरद्वय आशिफ शेख ७ रन र कुशल भुर्तेल २९ रनमा आउट भए। आशिफ र भुर्तेलबीच पहिलो विकेटका लागि ३.५ ओभरमा ३७ रनको साझेदारी गरे। यो विश्वकपमा नेपालको अहिलेसम्मकै ठूलो साझेदारी हो। यसअघि नेपालका लागि सन् २०१४ मा सागर…
Read More
तयार भयो मतपेटिका, पठाइँदैछ जिल्ला-जिल्लामा (तस्बिरहरू)

तयार भयो मतपेटिका, पठाइँदैछ जिल्ला-जिल्लामा (तस्बिरहरू)

निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ। फागुन २१ गते हुने मतदान स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको तयारी तीव्र छ। निर्वाचन आयोग आचारसंहिता पालनाको अनुगमन गरिरहेको छ। सँगै मतपत्र र छपाइको काम पनि तीव्रताका साथ अगाडि बढिरहेको छ। प्रत्यक्षतर्फ शुक्रबारसम्म ६० वटा निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ। समानुपातिक तर्फको मतपत्रको छपाइ यसअघि नै सकिएर जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइएको छ। शनिबारसम्म मतपेटिका पनि तयार भइसकेको आयोगले जनाएको छ। आयोगका कर्मचारीहरूले मतपेटिकाहरूलाई जिल्ला जिल्लामा पठाउनका लागि तयारी अवस्थामा राखेका छन्। केही जिल्लामा शनिबार नै मतपेटिका पठाइएको छ। सेतोपाटी बाट साभार हेर्नुस् तस्बिरमाः  
Read More
इस्लामावादमा नमाज भइरहेको मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु, १६९ घाइते

इस्लामावादमा नमाज भइरहेको मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु, १६९ घाइते

पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक शिया मुस्लिम मस्जिदमा आत्मघाती वम विस्फोटमा हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। शुक्रबार इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको समयमा आत्मघाती विस्फोट भएको हो। घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। यो सन् २०२३ जनवरीपछि देशमै भएको सबैभन्दा घातक आक्रमण हो। त्यसबेला उत्तर–पश्चिमी शहर पेशावरको एक मस्जिदमा भएको विस्फोटमा एक सयभन्दा बढी मानिस मारिएका थिए। शुक्रबार विस्फोट हुँदा मस्जिदमा ४०० जनाभन्दा बढी मानसहरू रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। ‘हामीले नमाज सुरु गरेका थियौं, त्यत्तिकैमा गोली चलेको आवाज आयो, त्यसपछि…
Read More