Skip to main content

धनगढी न्यूज

धनगढी न्यूज

2290 Posts
‘जय महाकाली, आयो गोरखाली !’

‘जय महाकाली, आयो गोरखाली !’

जय महाकाली, आयो गोरखाली विश्व जित्छु यसपाली डराउँदैन यो नेपाली हात हातमा राँको बाली फैलिन्छ यो नेपाली ।। … देखेर गोरखाली दुश्मनलाई पर्नेछ हृदयघात … चिनिन्छु हजारौंमा, जीत विश्व एक ठाउँमा राखुँला.. .. विश्व झुकी बोल्नेछ, हेर नेपाल रहेछ फरक नै ..विश्वमा झण्डा फहराउने छ एकदिन…। म जस्तै अरू पनि छन् भने चैं हाम्रो पुस्ताले र्‍याप कमै बुझ्छ । म परें गण्डकी क्षेत्रको; चुट्का, भजन, रोइला, घुमाउने भाका, ठाडो भाका, घँसिया गीत र श्लोकहरू सुनेर हुर्केको । त्यसकै वरपर जान्छ स्मृति अहिले पनि । जुग–जमाना बदलिए र एक जना र्‍यापर मुलुकको प्रधानमन्त्रीको पदमा आसीन भए त्यो पनि अहिलेसम्मकै लोकप्रिय जनसमर्थन सहित । र्‍यापबारे सुनेको र…
Read More
इन्धन मूल्यवृद्धिले निगमको घाटा बढाउँदै

इन्धन मूल्यवृद्धिले निगमको घाटा बढाउँदै

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दा नेपाल आयल निगमको घाटा बढ्ने संकेत देखिएको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले भारतबाट प्रशोधित तेल आयात गरी बिक्री–वितरण गर्दै आएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट तेल किन्छ। निगमले पूर्ण स्वचालित मूल्य लागू गरे पनि भदौ २३ र २४ गते भएको जेनजी आन्दोनलपछि यसलाई निरन्तरता दिन नसकिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए 'जेनजी आन्दोनपछि मुलुकको अवस्था अर्कै बन्यो। त्यसपछि तुरून्तै ठूला चाडपर्व सुरू भयो,' उनले भने, 'त्यतिखेर आइओइसीबाट बढेर आएको बराबर नै मूल्य समायोजन गर्न सकनौं। घाटामा चल्यौं। त्यसपछि इरान–इसराइलको द्वन्द्वले घाटा झनै बढ्यो।' उनका अनुसार जेनजी आन्दोलन पछिको अवस्था र चाडपर्वको समयमा…
Read More
धितोपत्रसम्बन्धी कसुरमा सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ

धितोपत्रसम्बन्धी कसुरमा सन नेपाल लाइफका सिइओ अर्याल पक्राउ

काठमाडौँ : धितोपत्रसम्बन्धी कसुरमा सन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई आज पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार अर्यालले कर्मचारीलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण पेस गर्दा कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र त्यसका प्रतिलिपिहरूको विवरण फरकफरक निकायमा पेस गर्दा फरकफरक देखिएको उल्लेख छ। उक्त काम धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०० विपरीत कसुर गरेको देखिएकाले पक्राउ गरिएको उनले बताए।थाहा खबर बाट साभार
Read More
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

१६ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान गर्न सिफारिस गरेको थियो । गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान भएको हो । अन्लाईन खबर बाट साभार
Read More
सम्भव छ विद्यार्थी संगठनहरूको खारेजी ?

सम्भव छ विद्यार्थी संगठनहरूको खारेजी ?

१६ चैत, काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि आफ्ना ‘बोल्ड निर्णय’ र तिनको कार्यान्वयनका लागि बालेन शाह प्रशंसित र आलोचित दुवै हुँदै आइरहेका छन्। १३ चैतमा बालेनको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले १०० वटा कामको सूची स्वीकृत गरेको थियो। उक्त सूचीमा सरकारले ६० दिन भित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यक्रम पनि समावेश थियो। बालेन नेतृत्वको सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने कार्यसूची सार्वजनिक गर्‍यो। दलीय संगठनले शैक्षिक गुणस्तरको गिरावट रोक्नका लागि उक्त कदम चाल्ने संकेत दिएको हो। सरकारले यस्ता दलीय संगठनको वैकल्पिक प्रारूपको रूपमा ९० दिन भित्र गैरदलीय ‘विद्यार्थी काउन्सिल’ वा ‘स्टुडेन्ट भ्वाइस’ जस्ता वैकल्पिक संरचना स्थापना गर्ने योजना बनाएको छ। सामाजिक सञ्जालहरूमा धेरैजसो नागरिकले यस…
Read More
‘पपुलिजम’ कहाँबाट आउँदैछ ?

‘पपुलिजम’ कहाँबाट आउँदैछ ?

पश्चिमा लोकतन्त्रहरूमा लोकप्रियतावादी पार्टीहरूको जगजगी छ, तर अहिलेसम्म हामीले तिनीहरूको सफलताको कारणबारे चर्चा गर्न छुटाइरहेका छौँ । त्यसको पछाडि भद्रगोलबाट फाइदा उठाउने उच्चस्तरको उद्यमी–व्यापारिक मोडल छ । दक्षिणपन्थी पपुलिजमको ‘माग पक्ष’बारे हामीले मसिनो गरी पर्गेलिसकेका छौँ । अनगिन्ती सङ्ख्यामा भएका सर्भेक्षणहरूले भविष्यबारे निराश तथा अस्तव्यस्त राजनीतिप्रति असन्तुष्ट मतदाताहरू एवं वैकल्पिक नेताहरूले केही गर्न सक्छन् भन्ने आशा राख्नेहरूबारे विस्तारमा बताएका छन् । जसमा अर्थतन्त्र तथा सामाजिक सदभाव नै खत्तम पार्नसमेत सक्ने नीतिगत जोखिम लिन तयार मानिस पनि देखिएका छन् । पपुलिष्टहरूको ‘आपूर्ति पक्ष’ भने ज्यादै न्यून अध्ययन भएको छ । खासगरी पपुलिजमको सन्देश, त्यसलाई प्रचार गर्ने सञ्चारमाध्यम र आवश्यक पैसा कसरी…
Read More
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौंः प्रधानमन्त्री बालेन शाहले आज अपरान्ह बस्नेगरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीकाअनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको हो। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।थाहा खबर बाट साभार
Read More
कांग्रेसमा देउवा–शेखर समूहको समानान्तर गतिविधि सुरु, नवनिर्वाचित सांसदलाई बधाई दिने

कांग्रेसमा देउवा–शेखर समूहको समानान्तर गतिविधि सुरु, नवनिर्वाचित सांसदलाई बधाई दिने

काठमाडौंः नेपाली कांग्रेसका शेरबहादुर देउवा र शेखर कोइराला पक्षधरले समानान्तर गतिविधि सुरु गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। पूर्वसभापति शेरबहादुर देउवानिकट एक नेताका अनुसार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी आपूmलाई आएको बताए। पार्टीको कार्यबाहक सभापतिकौ हैसियतमा खड्का र नेता कोइरालाले कांग्रेसका नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रमसमेत रहेको ती नेताको भनाई छ। आज दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई बधाईका लागि बोलाइएको हो। यसमा देउवा पक्षका शीर्ष नेताहरू…
Read More
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक

पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । सभापति शेरबहादुर देउवानिकट एक नेताले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी अनलाइनखबरलाई दिएका छन् । निवर्तमान कार्यवाहक सभापति खड्कानिकट स्रोतले पनि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको पुष्टि गरेको छ । स्रोतका अनुसार धुम्बाराहीको एक होटलमा मंगलबार र बुधबार दुई दिनसम्म बैठक बस्ने छ । १४ औं महाधिवेशनबाट निर्वाचित एक केन्द्रीय सदस्यले पनि तत्कालीन केन्द्रीय कार्यसमिति बैठकका लागि आफूलाई खबर…
Read More
स्मार्ट फोनको लेन्स : नागरिकको आँखा कि भीडको ढुंगा ?

स्मार्ट फोनको लेन्स : नागरिकको आँखा कि भीडको ढुंगा ?

आजको समाजमा दुईवटा अदालत समानान्तर चलिरहेका छन् । एउटा संविधानले बनाएको ‘कानुनी अदालत’, अर्को स्मार्टफोनले जन्माएको ‘डिजिटल अदालत’ । पहिलोले प्रमाण खोज्छ, दुवै पक्ष सुन्छ र समय लिएर बोल्छ । दोस्रोले १० सेकेन्डको क्लिप हेर्छ, तुरुन्तै फैसला सुनाउँछ र क्षणभरमै सजायँको घोषणा गर्छ । हामी यही डिजिटल भीडतन्त्रको दोसाँधमा उभिएका छौँ । क्यामेरा : नागरिकको आँखा कि भीडको ढुंगा ? पछिल्लो समयमा अरूको अनुमतिबिना भिडियो खिच्ने र सामाजिक सञ्जालमा ‘भाइरल’ बनाउने होडबाजी नै चलेको छ । कतिपय अवस्थामा यसले सकारात्मक परिवर्तन पनि ल्याएको छ भन्दा फरक नपर्ला । अस्पतालका ढिलासुस्ती, सरकारी अड्डाका भ्रष्टाचार र शक्तिमा बस्नेहरूको अहंकारलाई नागरिकको यो सानो…
Read More