15
Mar
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो भागमा परेको समानुपातिक सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदको नाम टुङ्गो लगाएको हो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार खस आर्य पुरुषमा भरत गिरी, खस आर्य महिलामा खुश्बु ओली, मुस्लिम पुरुषमा ताहिर अली जनजाति महिलामा सरस्वती लामा चयन भएका छन्।थाहाखबर बाट साभार






