12
Sep
धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीको जनजीवन सामान्य हुँदै गएको छ।धनगढीका पसल, पेट्रोल पप्म, हाटबजार, नास्ता पसल तथा होटेल लगायतका व्यावसायिक प्रतिष्ठान खुल्न थालेका हुन्। यस्तै,धनगढीमा निजी सवारी साधन पनि चल्न थालेका छन् भने विद्युतीय रिक्साहरूसमेत बजार क्षेत्रमा सञ्चालनमा रहेका छन्। विज्ञापन जेन्जी पुस्ताको प्रदर्शनका क्रममा सोमवारदेखि असामान्य बनेको धनगढीको जनजीवन क्रमिक रूपमा सुधार हुँदै गएको छ। देशको शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशः शान्त बन्न थालेको हो। धनगढीसहित आसपासका क्षेत्रमा सेनाको उपस्थिति रहेको छ। कैलाली भन्सार कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश सभा लगायतका कार्यालयहरूको सुरक्षामा नेपाली सेना परिचालन गरिएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले समेत…






