11
Nov
देशमै , अझ आफ्नै समाजमा उद्यमी बनेर सामाजिक सवा गर्ने एक अवसरको पखाईमा तपाई हुनुहुन्छ भने नविल एसएसई(School of Social Entrepreneurship) कार्यक्रम एक महत्वपुर्ण कसी बन्न सक्नेछ । पौरखी हातहरुलाई उद्यमका विभिन्न आयामहरुमा विज्ञहरुमार्फत अन्यौलता दूर गर्ने नविल बैंकद्धारा देशभर सञ्चालित कार्यक्रम हो नविल एसईई सर्टिफिकेट कोर्ष । यस कोर्षले उद्यमीलाई व्यवसायमा आउने दुविधा , समस्या , चुनौतीहरु लाई दृष्टिगत गर्दै सम्भावनाको खोजी गर्न सिकाउँछ । १८ वर्ष उमेर पुगेका नेपालीहरु सहभागी हुन सक्ने यस कार्यक्रम अन्तूर्गत फेलोशिप कार्यक्रम त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायसंगको सहकार्यमा संचालन हुँदै आएको छ । त्यसैगरी सातै प्रदेशका ११ वटा शैक्षिक संस्था संगको सहकार्यमा सर्टिफिकेट कोर्ष…






