02
Mar
नेपाली राजनीतिको मियो मानिने नेपाली कांग्रेस यतिबेला आफ्नो इतिहासकै सबैभन्दा रोचक मोडमा उभिएको छ। यो मोड केवल सत्ता प्राप्तिको प्राविधिक लडाइँ मात्र होइन, पार्टीभित्र दशकौँदेखि जकडिएको ‘जडता’ र भर्खरै मौलाउँदै गरेको ‘नवीनता’ बीचको एक भीषण वैचारिक महासङ्ग्राम हो। फागुन २१ गते हुन गइरहेको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसभित्रका केही नेताहरूले जुन किसिमको रहस्यमयी सन्नाटा र दृश्यहरू देखाएका छन्, त्यसले उनीहरूको राजनीतिक भविष्य कता जान्छ भन्ने गम्भीर प्रश्न उब्जाएको छ। विशेषगरी पार्टीका ती अनुहारहरू, जसले दशकौँसम्म सत्ता र शक्तिको ‘तर’ मात्र मारे र पार्टीलाई आफ्नो निजी पेवा सम्झे, उनीहरूको मौनताले कांग्रेसभित्रको अन्तर्घात र प्रतिशोधको कुरूप चित्रलाई छर्लङ्ग पारेको छ। विश्व राजनीतिक इतिहासलाई फर्केर…






