Skip to main content

धनगढी न्यूज

विज्ञान प्रविधि

नासाको वैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरू छन्’

नासाको वैज्ञानिकको दाबी, ‘शुक्र ग्रहमा प्राणीहरू छन्’

न्युयोर्क, । सौर्य मण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्य मण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ। अब शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले तपाईँलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स हुन सक्ने दाबी गरेका छन् । यसको कारण पनि उनले दिएका छन् । शुक्रको तापक्रम ४७५ डिग्री सेल्सियससम्म पुग्छ। ग्रहको वायुमण्डल बिलकुल विषाक्त छ। जसका कारण यहाँ जीवन हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन। तर, नासाका वैज्ञानिक डा. मिशेल थालरले त्यसको ठिक उल्टो सोच्दछन् ।…
Read More
मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परीक्षण

मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परीक्षण

  नयाँ दिल्ली, २४ असोज । मङ्गल ग्रह पछि चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेर कीर्तिमान बनाएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले अब अन्तरिक्षमा मानव यान पठाउने तयारी पूरा गरेको छ । केन्द्रीय विज्ञान र प्रविधि र अन्तरिक्ष मन्त्री जितेन्द्र सिंहले मङ्गलवार भनेका छन् कि इसरोले अक्टोबर २१ मा गगनयान मिसनको लागि पहिलो परीक्षण उडान सुरु गर्न लागेको छ। चन्द्रयान–३ र आदित्य एल–१ मिसनमा संलग्न इसरोका इन्जिनियरहरूको अभिनन्दन कार्यक्रममा सिंहले अन्तरिक्षमा गएपछि गगनयान पुनः समुन्द्रमा अवतरण गर्ने बताए । उनका अनुसार नौ सेनाले चालक दलका सदस्यहरूको सुरक्षित फिर्ता सुनिश्चित गर्न मोड्युल पुनः प्राप्ति गर्न अपरेसन सुरु गरिसकेको छ। सिंहले…
Read More
चन्द्रमा र मङ्गल ग्रहसहित १२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी

चन्द्रमा र मङ्गल ग्रहसहित १२ वटा उल्का पिण्डका टुक्रा जोडेर बनाइयो घडी

जेनेभा, १३ असोज । आकाशबाट उल्का पिण्ड झर्नु सामान्य कुरा हो । तपाईँले पनि यस्ता धेरै घटना देख्नु भएको होला । तर के तपाईँलाई थाहा छ आकाशबाट खस्ने यी उल्का पिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर । आउनुहोस् हामी तपाईँलाई यो विशेष घडीको बारेमा बताउँछौँ र यसको मूल्य कति छ भनेर पनि बताउँछौँ। लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो। यो विशेष घडी बनाउनको लागि विश्व परिचित छ। अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ । वास्तवमा यी घडीहरू बनाउन उल्का पिण्डका टुक्राहरू प्रयोग गरिएको छ। यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्का पिण्डका…
Read More
आजको मौसम: पाँच प्रदेशमा भारी वर्षा हुने

आजको मौसम: पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ, १७ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोसी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…
Read More
नोबेल पुरस्कार विजेताको घोषणा

नोबेल पुरस्कार विजेताको घोषणा

याे वर्ष दिइने नोबेल पुरस्कारको विजेताहरूको घोषणा गरिएको छ । कोभिड १९ विरुद्धको खोप बनाउन प्रभावकारी भूमिका निर्वाह गरेका औषधि शास्त्र क्षेत्रका कैटालिन कारिको र ड्रु विसमेनलाई यो पुरस्कार दिन लागिएको आयोजकले जानकारी गराएको छ । स्मरण रहोस् सबैभन्दा पहिलो नोबेल पुरस्कार सन् १९०१मा एक्स रे को खोज गरेबापत विल्हेम रान्टगनलाई दिइएको थियो । सुरुमा यो पुरस्कार भौतिक शास्त्र, रसायनशास्त्र, मनोविज्ञान, औषधि शास्त्र, साहित्य र शान्तिको क्षेत्रमा विशेष योगदान पुराएकाहरूलाई दिइन्थ्यो। सन् १९६८ पछि अर्थशास्त्रको क्षेत्रमा योगदान पराउने व्यक्तित्वलाई पनि दिन थालिएको हो ।
Read More
ट्विटरको नाम परिवर्तन हुने 

ट्विटरको नाम परिवर्तन हुने 

पे पाल, एक्स डट कम चलाउँदै आएका एलन मक्सले ट्विटरको लोगो पनि परिवर्तन गर्ने भएका छन् । पहिला ट्विटरको लोगो चरा थियो तर अब त्यसको लोगो एक्स हुने छ । त्यस्तै २९ सेप्टेम्बर पछि ट्विटको ठाउँमा पोस्ट र रिटिविट्को ठाउँमा रिपोष्ट गरेर नाम परिवर्तन भएको छ ।  एलन मस्कले सोसल मिडियाको क्षेत्रमा कैयौँ परिवर्तन ल्याउने पनि बताइरहेका छन् ।  स्मरण रहोस्, संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ४४ बिलियन डलरमा ट्वीट्लाई किनेका हुन् । यो सँगै मस्कले यसलाई आकाशमा उडिरहेको स्वतन्त्र चराको रूपमा विकास गर्न चाहन्छन् । अर्थात् सबैलाई आफ्ना विचारहरू व्यक्त गर्न अझ स्वतन्त्रता प्राप्त होस् । 
Read More
देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

देउवा किन चाहँदैनन् केन्द्रीय समिति बैठकमा खाँण निलम्बनको एजेन्डा ?

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ । सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए । गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन्…
Read More
सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

सिटिजन बैंक महेशपुरद्वारा विद्यालयलाई फंखा र शैक्षिक सामाग्री वितरण

बिनोद निगम / नवलपरासी /१८ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड महेशपुर शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री बालशिक्षा निकेतन माध्यमिक विद्यालयल सुनरी लाई शैक्षिक सामग्री, डस्टबीन तथा पंखा वितरण भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ सुनरी स्थित बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीमा सिटिजन बैंकले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कपी, कक्षा कोठाको लागि फंखा वितरण गरिएको हो । बाल शिक्षा निकेतन माध्यमिक विद्यालय सुनरीका प्रधानध्यापक सुनिल तिवारीको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं १ का वाड सदस्य समसुदिन मुसलमानको प्रमूख अतिथिकता मा सम्पन्न भएको छ। कार्यक्रममा सिटिजन बैंक इन्टनेसनल लिमिटेड महेशपुर शाखा कार्यालयका…
Read More
बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

बुटवलमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु

  बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक(इनिसपेक्टर) अमृत भण्डारीले बताए । शनिबार दिउँसो बुटवलबाट कपिलवस्तु तर्फ जादै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगर स्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस…
Read More
नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’ सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए । ‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता…
Read More