18
Feb
यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा सार्वजनिक गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ। सोही दिन नयाँ कोर्सको संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक संस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ । वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको…






