Skip to main content

धनगढी न्यूज

शिक्षा

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले सुरू गरे आन्दोलन (तस्बिरहरू)

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालयले सुरू गरे आन्दोलन (तस्बिरहरू)

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले आन्दोलन सुरू गरेका छन्। बिहीबार माइतीघरबाट  निजी विद्यालयका शिक्षकहरूले आन्दोलन सुरू गरेका हुन्। उनीहरूको आन्दोलन दिउँसो १ बजेसम्म जारी रहनेछ। त्यस क्रममा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानरसहित नयाँबानेश्वर चोकसम्म न्याली निकाली पुन: माइतीघर मण्डलामा पुगेर कोणसभा गर्ने भनिएको छ। उनीहरूले शुक्रबार बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने कार्यक्रम छ। शुक्रबार नै काठमाडौं उपत्यकामो २७ किमी चक्रपथ वरिपरि स्कुलबसहरूको कालो झण्डा/ब्यानरसहित याली गर्ने। दिउँसो १ बजे माइतीघर मण्डलमा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ/धर्ना गर्ने। उनीहरूले देशको विद्यालय शिक्षामा करिब ३४ प्रतिशत योगदान…
Read More
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि: प्याब्सन र नेसनल प्याब्सनले गरे आन्दोलन घोषणा

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि: प्याब्सन र नेसनल प्याब्सनले गरे आन्दोलन घोषणा

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले आन्दोलन घोषणा गरेका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० हाल संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा अन्तिम चरणको छलफलमा छ। उनीहरूले देशको विद्यालय शिक्षामा करिब ३४ प्रतिशत योगदान दिँदै आएका निजी शैक्षिक संस्थाहरू अझै बढी उत्साहित आशावादी हुनु स्वाभाविक भए पनि प्रस्तुत विधेयकमा निजी शैक्षिक संस्थाहरूसँग सम्बन्धित केही अव्यवहारिक अन्यायपूर्ण प्रावधानहरू रहेको जिकिर गरेका छन्। आफूहरूले त्यस्ता प्रावधानहरूको खारेजी तथा संशोधनको माग गर्दै नेपाल सरकार, शिक्षा मन्त्रालय, सङ्घीय संसदको सम्बन्धित समिति र प्रमुख राजनीतिक दलहरूलाई पटक-पटक औपचारिक ध्यानाकर्षण पत्र र ज्ञापन पत्र बुझाउँदै आएको पनि प्याब्सन र नेसनल…
Read More
गेटा मेडिकल कलेज: ३४ वर्षको सपना र पाँच शैय्याको उद्घाटनको विवाद

गेटा मेडिकल कलेज: ३४ वर्षको सपना र पाँच शैय्याको उद्घाटनको विवाद

धनगढीः सुदूरपश्चिमका जनताले दशकौँदेखि प्रतीक्षा गरेको गेटा मेडिकल कलेजको सपना अझै अधुरो छ। ६ अर्बभन्दा बढी खर्च गरेर विशाल पूर्वाधार तयार पारिएको छ, ऐन बनेर विश्वविद्यालयको कानुनी बाटो खुलेको छ, तर अस्पताल सञ्चालनको कुरा भने अझै विवाद र असमझदारीको घेरामा छ। यहीबिच, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा निर्माण भएको पाँच शय्याको आकस्मिक कक्ष उद्घाटन गर्ने तयारी गरेपछि संघर्ष समितिले कडा आपत्ति जनाएको छ। विज्ञापन “नाटक मञ्चन नगर्न” संघर्ष समितिको चेतावनी विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले मन्त्रीलाई छोटो अवधि भित्रै सुरू भएको आकस्मिक कक्षको उद्घाटन गरेर जनतालाई भ्रमित नगर्न चेतावनी दिएका छन्। उनले भने,“गेटा विश्वविद्यालयको ऐन भइसकेको छ। अब…
Read More
‘दलहरूले विश्वविद्यालय तोडफोड गर्ने संगठन खारेज गर्नुपर्छ’

‘दलहरूले विश्वविद्यालय तोडफोड गर्ने संगठन खारेज गर्नुपर्छ’

विद्यार्थीले आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न पाउनुपर्छ । यो उनीहरूको अधिकार पनि हो । तर, हिंसात्मक गतिविधि र तोडफोड गर्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन । त्रिवि देशको प्रतिष्ठा हो । यसलाई तोडफोड गर्ने होइन नि । तोडफोड गर्नु भनेको गैरकानुनी काम हो । विद्यार्थी संगठनबाट त्रिभुवन विश्वविद्यालयमा एकपछि अर्को तोडफोडका घटना भइरहेको छ । गत १४ जेठमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) समर्थित स्ववियुका विद्यार्थी नेताहरूले उपकुलपतिको कार्यालयमा तोडफोड गरे । गत २३ फागुनमा नेविसंघ निकटका विद्यार्थीले रेक्टर र डिन कार्यालयमा तोडफोड गरेका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २६ साउनमा रजिस्ट्रार…
Read More
विद्यालय शिक्षा विधेयकमा विरोधैविरोध

विद्यालय शिक्षा विधेयकमा विरोधैविरोध

शिक्षक महासंघ र निजी विद्यालय फेरि आन्दोलनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेपछि सरोकारवालाहरू आन्दोलित भएका छन् । आफू अनुकुल नभएपछि शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । २५ साउन, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै गर्दा नेपाल नेपाल शिक्षक महासंघले सोही दिन आन्दोलनको घोषणा गर्‍यो । ‘समितिबाट पारित भएको प्रतिवेदन शिक्षक महासंघसँग सरकारले गरेको सहमति विपरीत आएको छ । शिक्षक कर्मचारी असन्तुष्ट छन् । आन्दोलनमा जाने तयारी गरेका छौँ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले…
Read More
विद्यालय शिक्षा विधेयक: अझै टुंगिएन दुई विषय

विद्यालय शिक्षा विधेयक: अझै टुंगिएन दुई विषय

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा दुई वटा विषय बाहेकमा सहमति जुटाएको छ। निजी विद्यालयहरूले विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दा आवास सुविधा दिनु पर्ने कि नपर्ने र प्रारम्भिक बाल विकास शिक्षकहरूको वृत्तिविकासको बाटो के हुने भन्ने विषय टुंगिन बाँकी छ। सांसदहरूले यस विषयमा सरकारलाई धारणासहित समितिमा आउन आग्रह गरेका छन्। पहिले कुरा गरौं, पूर्ण छात्रवृत्तिको विषयबाट। नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले विधेयकमा पूर्ण छात्रवृत्तिसम्बन्धी व्यवस्था राखेको थियो। जसमा निजी लगानीका विद्यालयहरूले प्रदान गर्ने छात्रवृत्तिमा शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामाग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने…
Read More
धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमीबाट सर्वाधिक विद्यार्थी उत्तीर्ण

धनगढी: धनगढीस्थित सुदूर पश्चिमााञ्चल एकेडेमी(एसपिए) बाट भखरै प्रकाशित कक्षा १२ को एसएलसी परीक्षाको नतिजामा यस क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन् । कक्षा ११/१२ मा विज्ञान , व्यवस्थापन , कम्प्युटर विज्ञान , होटल व्यवस्थापन , मानविकी , शिक्षा र कानून संकायमा अध्ययन हुने उक्त एकेडेमीबाट यस वर्षको कक्षा १२ मा धनगढी क्षेत्रकै सर्वाधिक संख्यामा विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका प्रमुख प्रशासनिक अधिकृत प्रकाश बलायरले बताउनुभयो । विभिन्न संकाय अन्तर्गत विज्ञान संकायमा १३७ जना , व्यवस्थापन संकायमा २५६ , होटल व्यवस्थापनमा १०४ जना तथा मानविकी , शिक्षा र कानून संकायमा ५१ जना गरी कूल जम्मा ५४८ जना विद्यार्थी उत्तीर्ण भएको एकेडेमीका…
Read More
कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

१९ साउन, काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । बोर्ड स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार हिजो –आइतबार) डेमो गरिएको थियो । ‘हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले भन्यो । क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा…
Read More
सु.प. एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सु.प. एकेडेमीद्वारा कक्षा ११ का विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढीस्थित सु.प. एकेडेमीले शैक्षिक सत्र २०८२ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  नयाँ विद्यार्थीहरुलाई नयाँ माहोलमा घुलमिल गराउनुका साथै उनीहरुले पढिरहेको विधा  तथा  भविष्यका सम्भावनाबारे अवगत गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको एकेडेमीका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बलायरले जनाउनुभयो । कार्यक्रमको सभाध्यक्षता सु.प.एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा रहनुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि ओझाले विगतबाट नै सु.प. एकेडेमीले शिक्षा , खेलकुद तथा सामाजिक क्षेत्रमा हरेक किसिमले योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।  अभिमुखीकरण कार्यक्रममा एसपिए कलेजका…
Read More
त्रि.वि.ले BIM कार्यक्रमलाई अब BITM कार्यक्रमको रुपमा अगाडि बढाउने

त्रि.वि.ले BIM कार्यक्रमलाई अब BITM कार्यक्रमको रुपमा अगाडि बढाउने

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित BIM कार्यक्रमलाई परिवर्तन गरी BITM(Bachelor of Information Technology Management) को रुपमा अगाडि बढाइने भएको छ । व्यवस्थापन संकाय अन्तर्गत सञ्चालन हुँदै आएको कार्यक्रममा समयानुसार केही परिवर्तन गर्दै यसै शैक्षिक सत्र २०८२०८३ देखि लागु हुने गरी यसको नाम BITM राखिएको हो । व्यवस्थापन संकाय अन्तर्गत राखिएको भएतापनि यसमा प्रत्येक सेमेष्टरमा व्यवस्थापन तथा आइटीका बराबर विषयहरु रहेका छन् । त्यसको अलावा विद्यार्थीहरुलाई कम्प्युटरका विभिन्न प्रयोगात्मक ज्ञान , सीप तथा प्रोजक्टमा आधारित शिक्षणसिकाइ पनि पाठ्यक्रमले निर्दिष्ट गरेको छ । साथै , अन्तिम वर्षमा विद्यार्थीहरुलाई प्रतिपर्धात्मक बजारको व्यवहारिक ज्ञान प्रदान गर्ने हेतुले इन्टर्नसीपको पनि व्यवस्था गरिएको छ ।…
Read More