15
Feb
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन बाँकी छ। आगामी २१ मा हुने प्रतिनिधिसभा निर्वाचन एकै चरणमा देशभर हुँदै छ। जसअनुसार सरकार लागि परेको छ। प्रधानमन्त्री सुशीला कार्की विभिन्न क्षेत्रमा पुगेर निर्वाचन तयारीबारे समेत जानकारी लिइरहेकी छिन्। मतपत्र छपाइको काम पनि अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ। अब दुई दिनमा मतपत्र छपाइ सक्ने आयोगको तयारी छ। छापिएका जति जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको छ। हाल दैनिक ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ। यता,निर्वाचनमा होमिएका…






