07
Aug
डडेलधुरा: डडेलधुराको जोगबुढा र कञ्चनपुरको दैजी जोड्ने सडक खण्डको चुरेमा सडक मर्मत नहुँदा भित्री मधेशका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। जोगबुढाको अन्तिम पहाड न्वालीडाँडाबाट दैजी क्षेत्र देखिन्छ। आँखैअगाडि देखिने दैजी पुग्न अहिले त्यति सहज छैन। यस क्षेत्रको करिब चार किलोमिटर पार गर्न घन्टौँ लाग्छ भने यात्रुवाहक जिप हिलोमा फस्दा डोरीले तान्ने र पछाडिबाट धकेल्नुपर्ने अवस्था रहेको छ। चुरे पहाडको भिरालो सतहको हिलोमा फसेको गाडी तान्दै, धकेल्दै यात्रा गर्दा दुर्घटनाको जोखिम उच्च रहेको छ। विज्ञापन जोगबुढाबाट दैजीसम्मको दुरी करिब ८० किलोमिटर छ तर जोगबुढाबाट–बुडर–अत्तरिया हुँदै दैजी पुग्नु परे १३५ किमी दुरी पार गर्नु पर्दछ। करिब आधा छोटो सडक पर्ने भएकाले जोगबुढा…






