10
Aug
कैलालीः कैलालीको गोदावरी नगरपालिका–२ को अत्तरियामा अनाथ तथा टुहुरा बालबालिकाको हेरचाहका लागि भनेर ‘महिला तथा बालबालिका सेभ हाउस’ नामक संस्थाले कार्य गर्दै आएको छ। विसं २०७३ असार ११ गते स्थापना भएसँगै संस्थाले अनाथ तथा टुहुरा बालबालिकाको हेरचाह गर्दै आएको हो। संस्थामा रहेका बालबालिकाको अविभावकत्वको जिम्मेवारी गोदावरी–३ चौकीडाँडाकी एकल महिला तथा संस्थाकी अध्यक्ष जानकी मलासीले निर्वाह गर्दै आएकी छिन्। उनका अनुसार सेभ हाउसमा हाल आमाबुबा नभएका तथा विभिन्न परिस्थितिले टुहुरा भएका ३७ जना बालबालिका छन्। विज्ञापन बालबालिकाको हेरचाहको सम्पूर्ण जिम्मेवारी तिनै जानकीको काँधमा छ। दिनरात नभनीकन बालबालिकाको सेवामा उनी खटिएकी छिन्। कसैले पनि दुःख नपाऊन् भन्ने उद्देश्य बोकेर यो अभियानमा लागेको जानकीले बताइन्।…






