Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

साँफे–मार्तडी सडक अवरुद्ध

साँफे–मार्तडी सडक अवरुद्ध

  बाजुरा: लगातारको वर्षाका कारण पहिरो खस्दा साँफे–मार्तडी सडक अवरुद्ध भएको छ। बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। साँफेस्थित सडक डिभिजन कार्यालयबाट उपकरणसहितको टोली पहिरो खसेको स्थानमा पुगेको छ। एक महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक भने अझै बन्द छ। उक्त सडकमा पर्ने बाउली र अनाइ खोलामा पानीको सतह निरन्तर बढेको तथा बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। यो सडक खुलाउन प्रयास भए तापनि लगातारको वर्षाका कारण सम्भव नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Read More
धनगढीको चर्चमा  उपमहानगरपालिकाले डोजर चलाएको छ

धनगढीको चर्चमा उपमहानगरपालिकाले डोजर चलाएको छ

धनगढी उपमहानगरपालिका–७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा उपमहानगरपालिकाले डोजर चलाइएको छ। उपमहानगरले अवैध रुपमा निमार्ण गरेका संरचनाहरुमा मंगलबार डोजर चलाएर भत्काएको छ। मापदण्ड विपरीत बनाइएको संरचना भत्काएको उपमहानगरपालिकाले जनाएको छ। त्यस्तै सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो। त्यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका…
Read More
चिसापानीबाट ‘खलासी’ किड्न्यापको घटना, कैलाली

चिसापानीबाट ‘खलासी’ किड्न्यापको घटना, कैलाली

धनगढी : कैलालीको चिसापानीबाट एक जनाको अपहरण गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट दाउरा बोकेको गाडीका सह–चालक लोकेन्द्र चौधरीको अपहरण गरिएको हो। लम्की–चिसापानी क्षेत्रका युवाहरूले दाउरा बोकेको गाडीका सह–चालकको अपहरण गरेका परिवारको आरोप छ। सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो। सोही गाडीका सह–चालक लम्कीचुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई चार/पाँच जना युवाको समूहले आफूसँगै लिएका हुन्। अनुराजको टाउकोमा चोट छ। चौधरीका परिवारले लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय भावेश सापकोटा, २८ वर्षीय नारायण शाही लगायतका युवाहरूको विरुद्धमा घटनाकाे आरोप लगाएका छन्।   नारायण शाहीलाई प्रहरीले पक्राउ…
Read More
पाँच दिनदेखि बेपत्ता कैलालीका एक किशोर

पाँच दिनदेखि बेपत्ता कैलालीका एक किशोर

धनगढीः कैलालीका एक किशोर पाँच दिनदेखि बेपत्ता भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापुरका सन्तोष सुवेदी शुक्रवारदेखि बेपत्ता भएका हुन्। प्रतापुरबाट लम्कीचुहा नगरपालिका–६ गुलरामा रहेको ठुली आमाको घर जान हिडेका उनी सम्पर्क विहीन भएका छन्। शुक्रवार बिहान १० बजे तिर घरबाट गुलराका लागि हिडेका १७ वर्षीय सुवेदीको खोजीका लागि परिवारका सदस्यहरुले आग्रह गरेका छन्। उनको सम्पर्कमा आएकाहरूले बुवा विनोदराज सुवेदीको नम्बर ९८६५६०७४९४ र गोकुलराज सुवेदीको नम्बर ९८४८४४४१७१ मा सम्पर्कका लागि अनुरोध गरिएको छ। भारतमा रहेका आफन्त दिल्लीराज सुवेदीको ००९१–९७१७१२५१३४ र यज्ञराज सुवेदीको नम्बर ८२९१०५६९७६ मा सम्पर्क गर्न भनिएको छ। परिवारले लम्की प्रहरीमा समेत खोजीका लागि निवेदन दर्ता गरेको छ। गहुगा वर्ण भएका…
Read More
सुदूरपश्चिममा विपक्षी सांसदले दिउँसै टर्च बालेर सरकार खोजे

सुदूरपश्चिममा विपक्षी सांसदले दिउँसै टर्च बालेर सरकार खोजे

सुदूरपश्चिम प्रदेश सरकार संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरुले सोमबार दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन । संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा (एमाले), नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन । संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए । ‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन । जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन’ उनले भने । ‘त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको हो ।’ नेपाली…
Read More
खैरो हिरोइनसहित ४ जना कैलालीबाट पक्राउ

खैरो हिरोइनसहित ४ जना कैलालीबाट पक्राउ

धनगढीः कैलालीबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् जिल्लाको टीकापुर नगरपालिका–९ खग्रौलाबाट सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश आउजी सोमवार पक्राउ परेका हुन्। आउजीलाई २ ग्राम खैरो–हेरोईनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। यस्तै आज (मंगलवार) राति २ बजे धनगढी उपमहानगरपालिका–६ चैतन्य पाठशाला नजिकबाट धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ४८० नम्बरको स्कुटीमा सवार धनगढी उपमहानगरपालिका–१ शिवनगर बस्ने १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोड बस्ने ३५ वर्षीय आयुष सिंहसहित तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ६८० मिलिग्राम खैरो हिरोइन र स्कुटिसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको…
Read More
एसपीए कलेजले फ्युजन फिएस्टा: प्रतिभा र संस्कृतिको उत्सव आयोजना गर्दै

एसपीए कलेजले फ्युजन फिएस्टा: प्रतिभा र संस्कृतिको उत्सव आयोजना गर्दै

धनगढी, नेपाल – एसपीए कलेजले आफ्नो कक्षा १२ होटल व्यवस्थापन विद्यार्थीहरूको सीप र प्रतिभा प्रदर्शन गर्ने एक उत्सव आयोजना गर्न लागेको छ। खिर खाने दिनको अवसरमा १५ साउन २०८१ मा हुने फ्युजन फिएस्टा स्वादिष्ट खाना, रमाइला खेलहरू, र उत्कृष्ट संगीतको आनन्द प्रदान गर्नेछ। यस कार्यक्रममा आगन्तुकहरूले विद्यार्थीहरूले तयार गरेका विभिन्न स्वादिष्ट परिकारहरूको स्वाद लिन सक्नेछन्, रमाइला खेलहरू खेल्न सक्नेछन्, र उत्कृष्ट संगीतको आनन्द लिन सक्नेछन्। यो कार्यक्रम विद्यार्थीहरूले आफ्नो अध्ययनको क्रममा विकास गरेका पाक र व्यवस्थापन सीपहरूको प्रमाण हो। कार्यक्रम विवरण: मिति: १५ साउन, २०८१ समय: बिहान ८ बजे देखि स्थान: एसपीए कलेज, धनगढी, नेपाल यी नवप्रवर्तक आतिथ्य व्यवस्थापन पेशेवरहरूको…
Read More
कञ्चनपुरमा साइकल दुर्घटनामा एक जनाको ज्यान गयो

कञ्चनपुरमा साइकल दुर्घटनामा एक जनाको ज्यान गयो

कञ्चनपुरः कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट पश्चिमतर्फ गइरहेका शुक्लाफाँटा–५ गर्जमुनिका ४० वर्षीय खडक साउँद आइतबार (हिजो) साइकलबाट लडेर नालिमा रहेको सरीया टाउकोमा लागेर घाइते भएका थिए। टाउकोमा सरीया पसेर घाइते भएका साउँदलाई तत्कालै स्थानीयहरूले उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्याएका थिए। अवस्था गम्भीर देखिएकाले उनलाई नेशनल मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि, थप उपचारका लागि भारत लगिएको थियो। दुर्भाग्यवश, आज (सोमवार) उनको उपचारका क्रममा भारतमा निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। प्रहरीका अनुसार, यस प्रकारको दुर्घटना रोक्न…
Read More
कैलाली : दुर्गा ज्योति बोर्डिङ स्कुल बस दुर्घटनामा

कैलाली : दुर्गा ज्योति बोर्डिङ स्कुल बस दुर्घटनामा

धनगढीः कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना भएको छ। आज (सोमबार) जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती इङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा २७ जना विद्यार्थी सवार थिए। बसमा सवार १५ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। घाइते तीनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण भने खुलेको छैन्। बसको अगाडी र दायाँबायाँको भागमा क्षति पुगेको छ। बस…
Read More
कैलालीमा विशाल अजिङ्गर भेटियो

कैलालीमा विशाल अजिङ्गर भेटियो

धनगढीः कैलालीमा अजिङ्गर फेला परेको छ। जिल्लाको जोशीपुर गाउँपालिका–३ भिटरैयाको हरियाली सामुदायिक वन नजिकै गाउँमा आईतवार अजिङ्गर फेला परेको हो। करीब ६ मिटर लामो २५ केजी बराबर तौल भएको वयस्क अजिङ्गर बर्खाको समयमा नदीमा बाढी आउने हुँदा पानीमा बगेर आएको हुन सक्ने अनुमान गरिएको छ। स्थनीय यूवा तथा उक्त सामुदायिक वनका अध्यक्ष राहुल बुढाका अनुसार अघिल्लो दिन अजिङ्गरले १०/१२ किलो बराबरको बाख्रा समातेको थियो। वन भित्र अजिंगर छन् तर यति ठुलो अजिङ्गर सामुदायिक वनमा अहिलेसम्म पत्ता लागेको थिएन, बर्खाको समयमा प्रायः हरेक वर्ष माथिबाट बग्दै आएको हुन सक्ने स्थानीयहरुले बताए। अजिङ्गर फेला पर्ना साथ रेस्क्यूका लागि स्थानियहरुले सब डिभिजन वन कार्यालय…
Read More