Skip to main content

धनगढी न्यूज

सुदूरपश्‍चिम प्रदेश

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

सुदूरपश्चिममा नाउपाका मन्त्री कैलाश चौधरीले दिए राजीनामा

१७ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् । स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको अघिल्लो दिन चौधरीले राजीनामा दिएका हुन् । ‘मैले मात्र काँध थापेर सरकार जोगिने होइन । अन्तिम समयसम्म उहाँ (मुख्यमन्त्री) लाई साथ दिएको थिएँ’, चौधरीले भने, ‘सरकार जोगिने अवस्था नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको हुँ । मुख्यमन्त्री सोडारीले आफूले पदभार सम्हालेकै दिन ६ वैशाखमा चौधरीलाई भौतिक…
Read More
बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सम्पदामैत्री घर र बाटो-सडक निर्माण अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार बागेश्वरीमा काठमाडौं महानगरपालिका–८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले घर र बाटो-सडक सम्पदामैत्री र नेवा: संस्कृतिअनुसारका भएमा पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् । ‘पशुपति क्षेत्र आफैंमा सम्पदा क्षेत्र भएकाले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधि र कर्मचारीको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटा र घरको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना छ’, उनले भने, ‘त्यसका लागि बजेट पनि राखिएको छ । घर सम्पदामैत्री नेवा: शैलीमा बनेमा अझै पर्यटकीय क्षेत्र राम्रो देखिन्छ ।’   उद्घाटन समारोहमा मेयर शाहले…
Read More
लेखराज भट्ट नेकपा एमालेको सुदुरपश्चिम इन्चार्ज

लेखराज भट्ट नेकपा एमालेको सुदुरपश्चिम इन्चार्ज

नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा ईन्चार्ज तोकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । जस अनुसार सुदुरपश्चिमको इन्चार्जमा पार्टी सचिब लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । यस अघि भट्ट कर्णाली प्रदेशका इन्चार्ज थिए । यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो । कुन प्रदेशमा को ? शेरधन राई – कोशी लीलानाथ श्रेष्ठ – मधेश डा. राजन भट्टराई – बागमती किरण गुरुङ – गण्डकी पद्मा अर्याल – लुम्बिनी गोरखबहादुर बोगटी – कर्णाली लेखनाथ भट्ट – सुदूरपश्चिम
Read More
धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको प्रहरीले बताएको हो । धनगढी–८ मै रहेको तौलाहा तालमा डुबेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Read More
कञ्चनपुरमा बाघको आक्रमणमा परी केटीको ज्यान गयो

कञ्चनपुरमा बाघको आक्रमणमा परी केटीको ज्यान गयो

कञ्चनपुरः कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदानी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो। उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। बुधवार बेलुकी ५ बजे तिर सोही वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो। स्थानीय पन्तका अनुसार वन, नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता भएको छ।
Read More
उच्च जोखिममा विमानस्थल र बस्ती

उच्च जोखिममा विमानस्थल र बस्ती

काठमाडौँ, साउन १७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि एक सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ । हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपोको स्थापना गरिएको थियो । निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर…
Read More
२०८१ को ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ एसपीए कलेजलाई प्रदान

२०८१ को ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ एसपीए कलेजलाई प्रदान

धनगढीः धनगढी उप–महानगरपालिका–२ सन्तोषी टोलमा अवस्थित एसपीए कलेजलाई राष्ट्रिय स्तरको ’उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८१’ प्रदान  गरिएको छ। २०५६ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने ’उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित गरिएको हो। चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मान पत्र ग्रहण गरेका छन्। सम्मान पत्रमा भनिएको छ, ’प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान् शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आइरहेको छ। भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट…
Read More
केआईसिंह राजमार्ग अवरुद्ध

केआईसिंह राजमार्ग अवरुद्ध

(धनगढी)- डडेल्धुरामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । बुधबार जिल्लाको गन्यापधुरा गाउँपालिका-३ पुलाउ खोला, खडाखोला र कोरालखोलामा पहिरो जाँदा डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आलिताल गाउँपालिका-८ सुनखोलामा पहिरो जाँदा बुडर-जोगबुढा भित्रि सडकखण्ड पनि अवरुद्ध भएको छ ।  
Read More
साउन १८ मा मुख्यमन्त्री दिर्घराज सोडारीको विश्वासको मतको प्रक्रिया

साउन १८ मा मुख्यमन्त्री दिर्घराज सोडारीको विश्वासको मतको प्रक्रिया

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दिर्घराज सोडारीले साउन १८ गते विश्वासको मत लिने भएका छन् । सत्तासिन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् । विश्वासको मतको प्रायोजनको लागि आज उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरुलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ । सभामुख भण्डारीले विश्वासको मतको लागि आह्वान हुने बैठकबारे प्रदेशसभा सदस्यहरुलाई सूचना पनि जारी गरिसकेको जानकारी दिए ।
Read More
एक यात्रु शिवराज: श्री एयरमा लफडादेखि हिरासतसम्म

एक यात्रु शिवराज: श्री एयरमा लफडादेखि हिरासतसम्म

धनगढी : काठमाडौं-धनगढी उडानका क्रममा मंगलबार श्री एयरलाइन्सको विमानमा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको भन्दै कैलालीका शिवराज ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले उडानका क्रममा एयरहोस्टेज मात्र नभएर अन्य यात्रुहरू समेत असर पर्ने खालका गतिविधि देखाएको बताइएको छ। त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलान्सको उडान नंम्बर २२५ को जहाज ५० मिनेट ढिलोगरी ४ः५० मा धनगढीका लागि उडेको थियो। उमेरले नाबालक रहेको ओझा गोदावरी नगरपालिका १ का हुन्। उनी १७ वर्षका मात्रै रहेका खुलेको छ। जहाज उडेलगत्तै देखि ओझाले दुई जना एयरहोस्टेज मध्ये एकलाई जिस्काउन थालिसकेका थिए। श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट…
Read More