31
Dec
धनगढी: काँग्रेस, एमाले, नेकपा र रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन्। चार पार्टीले बुझाएको उम्मेदवारको बन्द सूचीमा सुदूरपश्चिमबाट काँग्रेसले सबैभन्दा बढी ११ जनाको नाम समेटेको छ। नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टीले १०/१० जनालाई समानुपातिक उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमबाट पाँच जनालाई उम्मेदवार बनाएको जनाएको छ। यद्यपि उसले बुझाएको समानुपातिक सूचीमा सुदूरपश्चिम ठेगना उल्लेख भएका दुई जना उम्मेदवार मात्रै छन्। विज्ञापन नेपाली काँग्रेसले प्रदेशका सबै जिल्लाबाट समानुपातिक उम्मेदवार चयन गरेको छ। अन्य दलले भने प्रदेशका सबै जिल्लाबाट उम्मेदवार बनाएका छैनन्। नेकपा र एमालेले भने पाँच/पाँच जिल्लाबाट मात्रै…






