06
Oct
हेमन्त केसी सुर्खेत , १९ असोज । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मन्त्रीहरू जनताका लागि नभई जागिरका लागि मात्रै केन्द्रित भएको आरोप लगाएका छन्। कर्णाली प्रदेशसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले कर्णाली सरकारका मन्त्रीहरूलाई केही गर्न हो कि जागिर खान हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘जनताका लागि केही गर्न साथीहरू त्यो ठाउँमा हुनुहुन्छ भन्ने मैले बुझेको थिएँ, तपाईँहरू त जागिर खानका लागि मात्रै हो भन्नुपर्ने परिस्थिति आयो।’ उनले मन्त्रीहरूले कर्मचारीलाई बिचराको ठाउँमा राखेको समेत बताए। नेता कँडेलले माओवादीले चलाएका मन्त्रालयको ठाउँमा गठबन्धन र प्रतिपक्षी दलका कर्मचारीलाई निषेध गर्ने गरिएको बताए। प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यानको…






