30
Jan
धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ बन्दगडाको कौसी गंगाको छेउमा ६५ बिघा जमिनमा मष्टा धाम निर्माण गरिएको छ। धाम क्षेत्रलाई पाँच भागमा विभाजन गरेर मन्दिर लगायतका भौतिक संरचनाहरू निर्माण गरिएका हुन्। धाममा दुधे मष्टो र दाडे मष्टाका थानहरूसहित १२ वटै मष्टाका शीलाहरू राखिने मष्टा धाम विकास समितिका अध्यक्ष गणेश जिवी साउँदले बताए। उनले भने, ‘बन्दगडामा विश्वको एक मात्र मष्टा धाम बनाएका छौ। विश्वमा मष्टाको धाम छैन। पूजा गर्दै आएका मात्र छन्। ६५ बिघा क्षेत्रफल छ। माघ १९ गते शीला राख्छौ। मष्टा देवता पञ्जावको जलान्धरबाट पनि शीला ल्याएका छौ। माघ २३ गते प्राण प्रतिष्ठान गर्दैछौ।’ बन्दगडामा २०७५ सालदेखि मष्टा धाम निर्माण कार्य सुरु भएको…






