Skip to main content

धनगढी न्यूज

स्वास्थ्य

कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ

कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय हेमन्त कार्की, टीकापुर नगरपालिका–१ खडेनाका -१९ वर्षीय निराजन सिंह र टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ का १८ बषिएय किशोर रहेका छन्। कार्कीलाई ५१०  मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका- ५ गेटाबाट बिशेष सुचनाकोआधारमा पैदल हिडिरहेको अवस्थामा प्रहरिले नियन्त्रणमा लिएको हो । सिंहलाइ २९० मिलिग्राम लागूऔषधसहित टीकापुर नगरपालिका–१ खडेनाबाट पक्राउ गरिएको हो भने १८ बर्षिय किशोरलाइ उनको घरमा चेकजाँच गर्दा ५४० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। तीनै जनालाई  नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
Read More
बझाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

बझाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

धनगढी । बझाङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कि २१ बर्षिया बसन्ती देवी धामी लाइ बझाङबाट हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए । जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे तीर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् । पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ । यो पटक शल्यक्रिया गर्दा जटिलता…
Read More
ताैल बढेर चिन्तित हुनुहुन्छ? के के हुनसक्छन् घटाउने उपायहरू?

ताैल बढेर चिन्तित हुनुहुन्छ? के के हुनसक्छन् घटाउने उपायहरू?

आधुनिक जीवनशैलीसंगै मानिसहरूमा मोटोपनाको समस्या बढ्दो क्रममा छ । विकसित राष्ट्रहरूमा मात्र नभई नेपाल जस्तो विकासन्मुख देशमा पनि यो समस्या गम्भीर रूपमा बढिरहेको देखिन्छ । मानिस स्वस्थ तथा निरोगी रहनको लागि आफ्नो तौल नियन्त्रणमा राख्न अति आवश्यक हुन्छ । मोटोपनाले विभिन्न रोग जस्तै मधुमेह , उच्चरक्तचाप ,मुटुरोग, दम , क्यान्सर,पित्तको पत्थरी ,हाडजोर्नीको समस्या आदि हुने जोखिम बढाउॅछ । अत्याधिक तौलका कारण महिला तथा पुरूषमा निसन्तापनको समस्या बढिरहेको देखिन्छ । बढ्दो तौलका कारण व्यक्तिहरूमा मानसिक समस्याहरू पनि उत्पन्न हुन सक्छ र मोटोपनाका कारण मानिसको आत्मविश्वासमा पनि कमि आउने गरेको पाईन्छ । मोटोपनाले यस किसिमका थुप्रै समस्या उत्पन्न गरी मान्छेको जिवनलाई कष्टदायक…
Read More
सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाउँदै

सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाउँदै

काठमाडौँ । सरकारले आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आव्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रूपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ । तर, यसअघि नियमित रूपमा परेको मितिमा यस पटक नेपालीहरूको महान् पर्व बडा दसैँ परे पछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसका कारण यस पटक सो कार्यक्रम कात्तिक १७…
Read More
ख्वप अस्पतालले भन्यो, ‘डन्डिफोरले मृत्यु भएको भनिएको नितु दुवालको पिसाबमा इन्फेक्सन थियो’

ख्वप अस्पतालले भन्यो, ‘डन्डिफोरले मृत्यु भएको भनिएको नितु दुवालको पिसाबमा इन्फेक्सन थियो’

भक्तपुर, १७ कार्तिक । ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरले एक जना बिरामीको मृत्युको विषयलाई लिएर अस्पतालबारे भ्रम सृजना गरेको जनाएको छ । अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बिहीबार विज्ञप्ति प्रकाशित गरी अस्पतालबारे भ्रममा नपर्न सवैसँग अनुरोध गरेको छ । भक्तपुर नगरपालिका वडा नं ८ निवासी सुश्री नितु दुवालको झन्डै दुई महिना अगाडि पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको थियो । तर उनको निधनबारे उनकी आमा, बुवा र दिदीले सामाजिक सञ्जालमा कार्तिक १४ गते लेखेका कुराहरूले समाजमा ख्वप अस्पतालबारे भ्रम सिर्जना गरेको हुँदा दुःख लागेको विज्ञप्तिमा जनाइएको छ । 'ख्वप अस्पताल परिवार २१ वर्षकी नितु दुवालको कलिलो उमेरमा निधन भएकोमा…
Read More
तौल बढेर हैरान हुनुहुन्छ, यी आठ वटा खाना खानुहोस्

तौल बढेर हैरान हुनुहुन्छ, यी आठ वटा खाना खानुहोस्

काठमाडौँ । तौल बढाउन जति सजिलो हुन्छ, त्यति नै कम गर्नका लागि हाम्रो पसिना बग्दछ । तौल घटाउन निकै गाह्रो हुन्छ किनभने डाइटमा धेरै खानपिनका सामग्रीहरू प्रतिबन्धहरू गरिएका हुन्छन्, जसका कारण मानिसले आफ्नो मन पर्ने चीजहरूबाट टाढा रहनुपर्छ। यदि तपाई अझै पनि तौल घटाउने सोचमा हुनुहुन्छ र तपाईँको स्वस्थ आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने आज हामी तपाईँलाई यी टिप्सहरू दिएर सहयोग गर्नेछौँ । यो कुरा सत्य छ कि तौल घटाउन खोज्दा धेरै चीजहरू जस्तै जङ्क फुडलाई पुरै बेवास्ता गर्नुपर्छ र कडा आहारको पालना गर्नुपर्छ। तर हामी तपाईँलाई भनौँ कि तपाईँले आफ्नो आहारमा वजन घटाउने यी व्यञ्जनहरू समावेश गरेर छिटो तौल…
Read More
यी पाँच आयुर्वेदिक जडीबुटी, जसले तपाईँलाई रोगबाट टाढा राख्छ

यी पाँच आयुर्वेदिक जडीबुटी, जसले तपाईँलाई रोगबाट टाढा राख्छ

हामीले आयुर्वेदको चमत्कार शताब्दीयौं देखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौँ। यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ । यदि तपाई आफूलाई स्वस्थ र तनावमुक्त राख्न चाहनुहुन्छ भने आयुर्वेदिक जडीबुटी लिन सक्नुहुन्छ । आज हामी तपाईँलाई यस्ता ५ शक्तिशाली आयुर्वेदिक जडीबुटीको बारेमा बताउन गइरहेका छौँ, जसलाई आफ्नो आहारमा समावेश गरेर तपाईँले धेरै रोगहरूलाई आफूबाट टाढा राख्न सक्नुहुन्छ ।  नीम  नीम धेरै प्रकारका रोगहरूमा प्रयोग गरिन्छ। नीम आयुर्वेदको करिब ७५% को भाग हो। यसमा एन्टिसेप्टिक, एन्टी-माइक्रोबियल र एन्टिफंगल गुणहरू छन्, जसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र पिम्पल, एक्जिमा र छालासम्बन्धी रोगहरूबाट छुटकारा पाउँछ। नीम मौखिक स्वास्थ्य, कपालको हेरचाहको लागि…
Read More
‘पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम गर्न सकिन्छ’ 

‘पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम गर्न सकिन्छ’ 

  काठमाडौँ, आश्विन २० । विश्वका ११७ वटा देशले  पाठेघरको मुखको क्यान्सरबाट जोगाउन त्यस विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा  सूचीबद्ध गरे पनि  नेपाल सरकारले यो कार्यक्रमलाई अहिले पनि ‘पाइलटिङ’ मै अल्झाएर राखेको छ ।  यसलाई अझ पनि  राष्ट्रिय खोप कार्यक्रममा  समेट्न नसक्दा  देशमा अहिले पनि प्रत्येक दिन ६ जना महिलाले पाठेघरकै मुखको क्यान्सरको कारण ज्यान गुमाउनु परिरहेको छ । आश्विन १९ गते होटेल हिमालयन, कुपण्डोलमा पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले  सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्ने लक्ष्य र सार्वजनिक निजी साझेदारी मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको पर्वद्धन विषयक कार्यशाला गोष्ठीमा  वरिष्ठ क्यान्सर रोग विशेषज्ञ  डा.अरुण शाहीले  'क्यान्सर लाग्नै नदिनु…
Read More
फोक्सोको क्यान्सरको उपचार गर्ने रोबोट निर्माण

फोक्सोको क्यान्सरको उपचार गर्ने रोबोट निर्माण

  लन्डन, १६ साउन । युनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठुलो उपलब्धि हासिल गरेका छन्। अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न सक्छ। यो रोबोट लीड्सको स्ट्रोम ल्याबका डाक्टर, वैज्ञानिक र इन्जिनियरहरूले बनाएका हुन्। यो खोजले क्यान्सरको सबैभन्दा सही उपचारमा सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ । अन्वेषकहरूले रिपोर्ट गरे कि शवको फोक्सोमा परीक्षणको क्रममा यो रोबोटले हाल उपलब्ध उपकरणहरू भन्दा ३७ प्रतिशत बढी गहिराइमा गएर क्यान्सर पत्ता…
Read More
स्तन क्यान्सर जनचेतना कार्यक्रम हुने

स्तन क्यान्सर जनचेतना कार्यक्रम हुने

आश्विन १८, काठमाडौँ । अक्टोबर महिनालाई अन्तर्राष्ट्रिय स्तरमा  नै स्तन क्यान्सर सम्बन्धी जनचेतनालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरूका साथ सम्पन्न गर्ने गरिन्छ । सोही विषयमाथि लक्षित हुँदै  असोज १९ गते, नेपाल क्यान्सर सरभाईबरस सोसाइटी तथा करुणा सिटी क्लिनिकद्वारा प्राइम कलेज, नयाँबजारमा क्यान्सर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने निकासकी सचिव प्रमिला के.सी.ले बताइन् । सिनीयर अन्को गाइनो सर्जन डा.अनु शाक्य र ब्रेष्ट अन्को सर्जन डा.प्रफुल्ल शाक्यले सहजीकरण गर्ने सो जनचेतना कार्यक्रममा विशेष गरेर कलेज पढ्ने विद्यार्थीहरूलाई लक्षित गरिने निकासकी अध्यक्ष प्रमिता खनालले बताइन, - ‘विशेष गरेर शिक्षित कलेज विद्यार्थीलाई स्तन क्यान्सरको बारेमा चेतना फैलाउन सकियो भने परिवार र समाजमा सन्देश पुर्‍याउन सहज हुनेछ ।’ संस्थाकी अध्यक्ष खनालले नेपाल क्यान्सर सवाईभरस सोसाइटीले अक्टोबर महिनाभरि विभिन्न…
Read More