Skip to main content

धनगढी न्यूज

Breaking News 1

हिमपातले डोल्पा आउने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

हिमपातले डोल्पा आउने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

१५ माघ, डोल्पा । काठमाडौंबाट डोल्पा आउँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व-बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र परेको डोल्पा आउँदै गरेका मुकुन्द पौडेलले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण यात्रुहरूलाई निकै समस्या भइरहेको छ । केही यात्रुको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ। फोन मार्फत् जानकारी दिँदै पौडेलले भने, ‘हामी दुईवटा साना पसलमा आगो तापेर बसेका छौँ। तर एक जना अशक्त नागरिक भने गाडीमै छन्, खानपिनको व्यवस्था छैन, अवस्था निकै नाजुक छ।’ हिउँमा फसेको घण्टौंसम्म पनि उद्धारका…
Read More
कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

कैलालीका किसानलाई निर्वाचनभन्दा बालीको चिन्ता

धनगढीः प्रतिनिधि सभा निर्वाचनको चुनावी सरगर्मी बढिरहेका बेला कैलालीका किसानमा भने चुनावभन्दा पनि कृषिबालीको चिन्ता छ। छाडा चौपाया समस्याका कारण हिउँदेबाली जोगाउन हम्मेहम्मे भएको छ। उनीहरूलाई चुनावी कुरा र भाषण सुन्नुभन्दा पनि आफ्नै खेतीपाती कसरी जोगाउने भन्ने पिरलो छ। यतिबेला गहुँ, मुसुरोलगायतका हिउँदेबाली पसाउने र दाना लाग्ने क्रममा छ। यसैबेला छाडा चौपायाले धेरै नोक्सान गरिरहेकाले कृषिबालीको चिन्ता रहेको कैलारी गाउँपालिका–७ का कृषक राजकुमार चौधरीले बताए। उनले गहुँ, मुसुरो जोगाउन रातभर खेतमा जाग्राम बस्ने गरेको भन्दै थपे, “चुनाव जितेकाले हामी किसानलाई मतलब गर्दैनन्। चुनावभन्दा पनि हामीलाई आफ्नै बाली जोगाउने चिन्ता छ।” कैलालीको कैलारी, भजनी, टीकापुर, लम्कीचुहा, बर्दगोरिया, धनगढी, गोदावरी, गौरीगङ्गा, घोडाघोडीलगायत तराईका…
Read More
हिमपातपछि बाजुराको जनजीवन र चुनावी प्रचारप्रसार प्रभावित, किसानलाई भने राहत

हिमपातपछि बाजुराको जनजीवन र चुनावी प्रचारप्रसार प्रभावित, किसानलाई भने राहत

बाजुराः केही दिनअघिदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो । केही दिन यता बाहिर बाक्लो हिमपातका कारण यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय चिनबहादुर रावलले बताए। उनले भने, ‘हिउँदको महिना यहाँ त्यसै पनि धेरै चिसो हुन्छ । त्यसैमाथि अहिले गत शुक्रबारदेखि हिउँ पर्न सुरु भएपछि अहिले यहाँका स्थानीयलाई घर बाहिर निक्लन तथा गाई–भैँसी भेडाबाख्रालाई वनमा लिएर चराउन समेत गाह्रो भएको छ ।’ पाडी गाउँ यहाँको हिमाली भेग मुनी भएकोले र…
Read More
बारामा आमा-छोराको हत्या घटनामा प्रहरीले बुहारीलाई लियो नियन्त्रणमा

बारामा आमा-छोराको हत्या घटनामा प्रहरीले बुहारीलाई लियो नियन्त्रणमा

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा दुई जनाको हत्या भएको घटनामा प्रहरीले बुहारीलाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान २ बजेअघि रहरियाडीमा ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीया रामेश्वर मण्डलको हत्या भएको घटनामा प्रहरीले रामेश्वरकी श्रीमती मनितादेवीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए। 'सोधपुछका लागि उहाँलाई नियन्त्रणमा लिइएको हो,' उनले भनेका छन्। गएराति एक व्यक्ति घरभित्र छिरेर अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए। ती व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटना हुँदा सुमित्राको घरमा ८ जना सदस्य थिए। सुमित्रासँगै उनका श्रीमान जगरूक मण्डल, छोरी किरणदेवी, बुहारी मनितादेवी र उनका…
Read More
क्याम्पसका स्ववियुद्वारा सुदूरपश्चिम विश्वविद्यालय प्रशासनसमक्ष २० बुँदे संयुक्त ज्ञापन पत्र पेश

क्याम्पसका स्ववियुद्वारा सुदूरपश्चिम विश्वविद्यालय प्रशासनसमक्ष २० बुँदे संयुक्त ज्ञापन पत्र पेश

धनगढी: सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षहरूले विश्वविद्यालय प्रशासनसमक्ष  विभिन्न माग सहित  २० बुँदे ज्ञापनपत्र बुझाएका छन्।  संयुक्त ज्ञापन–पत्र बुझाउँदै उनिहरूले शैक्षिक, प्रशासनिक तथा विद्यार्थीका तत्काल समाधान गर्नुपर्ने मागहरू अघि सारेका छन्। विश्व विद्यालयका उपकूलपति प्राध्यापक डा. हेमराज पन्त र रजिष्ट्रार प्राध्यापक डा. विनोद लेखक समक्ष  संयुक्त ज्ञापन पत्र बुझाउँदै केही विषय क्याम्पसस्तरबाट समाधान हुन नसक्ने भएकाले विश्वविद्यालयको ध्यानाकर्षण गराइएको जनाएको छ। ज्ञापन–पत्रमा परीक्षा प्रणाली, नतिजा प्रकाशन, अनलाइन सेवा, पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन, छात्रवृत्ति, विभिन्न क्याम्पसका अतिक्रमित भूभागहरु फिर्ता ल्याउन पहल गर्ने, विश्वविद्यालयमा रोजगारी व्यवस्था इकाई स्थापना गर्नुपर्ने लगायत मुख्य विषय समेटिएका छन्। युनियनले सेमेस्टर प्रणालीअन्तर्गत अन्तिम परीक्षा बीचको अन्तराल घटाई…
Read More
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ। पुणेको  बारामतिमा बुधबार बिहान उनी सवार विमान दुर्घटना भएको थियो। दुर्घटनामा परी उनको मृत्यु भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ। पवार सवार विमान ल्यान्डिङको प्रयास गर्दा गर्दै  दुर्घटना भएको र उनलाई मृत घोषणा गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्रीका साथै चार सुरक्षाकर्मी र पाइलटसमेत गरी ६ जना सवार थिए। पवार बारामतीतर्फ जिल्ला परिषद् निर्वाचनका लागि चार सार्वजनिक सभाहरू सम्बोधन गर्न जाँदै थिए। दुर्घटनाको कारण र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।सेतोपाटी बाटी साभार  
Read More
सुदूरको पहाड यात्रामा बालेन, यस्तो छ आजको कार्यतालिका

सुदूरको पहाड यात्रामा बालेन, यस्तो छ आजको कार्यतालिका

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेशमा छन्। उनी चुनावी प्रचारप्रसारका लागि सुदूरपश्चिम आइपुगेका हुन्। मंगलवार कैलाली, कञ्चनपुरमा आयोजित कार्यक्रममा सहभागी भएका बालेन बुधवार भने सुदूरकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन्। बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउनेछन्। यस्तो छ कार्यतालिका क्षेत्रः डडेलधुरा, बैतडी, दार्चुला र बझाङ प्रदेशः सुदूरपश्चिम प्रदेश बिहान ९ः३० बजे तुफानडाँडा, डडेलधुरा– घण्टीघर (जिल्ला पार्टी सम्पर्क कार्यालय) अपराह्न १२ः३० बजे पाटन, बैतडी — पार्टी सम्पर्क कार्यालय दिउँसो ४ः०० बजे गोकुले, दार्चुला — पार्टी सम्पर्क कार्यालय राति ८ः०० बजे बुङ्गल, बझाङ बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र…
Read More
निर्वाचन आयोगमा पुग्यो दुई पत्र– विशेष महाधिवेशन पक्षधरको हिजो, देउवा पक्षको आज

निर्वाचन आयोगमा पुग्यो दुई पत्र– विशेष महाधिवेशन पक्षधरको हिजो, देउवा पक्षको आज

नेपाली कांग्रेसको विवाद निर्वाचन आयोगमा पुगेको छ। नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको पत्र पठाएको खुलेको छ। त्यस्तै आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाहीको पत्र पनि आयोगमा बुझाएको छ। ‘विशेष महाधिवेशन भइरहेको पत्र आयोगमा हिजै दर्ता भएको छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सेतोपाटीसँग भने, ‘आज नेपाली कांग्रेस केन्द्रीय कार्यलयका तर्फबाट अर्को पत्र आएको छ। दुबै पत्र हेर्न पाइएको छैन।’ नेपाली कांग्रेसको दोस्रो महाधिवेशन भृकुटीमण्डपमा जारी छ। अहिले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया चलिरहेको छ। कांग्रेसको महाधिवेशन जारी रहँदा बुधबार महामन्त्रीद्वय सहित तीन जनालाई केन्द्रीय…
Read More
स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि धनगढी उपमहानगरद्धारा विद्युतीय चुलो वितरण गरिदै

स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि धनगढी उपमहानगरद्धारा विद्युतीय चुलो वितरण गरिदै

धनगढीः धनगढी उपमहानगरपालिकाले सहभागितामूलक विद्युतीय चुलो वितरण आजबाट सुरु गरेको छ। नवीकरणीय ऊर्जा प्रविधि जडान कार्यक्रमअन्तर्गत नगरभित्र बसोबास गर्ने स्वीकृत लाभग्राहीलाई लक्षित गरी विद्युतीय चुलो वितरण थालिएको हो। नगरप्रमुख गोपाल हमालका अनुसार दाउरा र ग्यासको प्रयोग घटाई स्वच्छ, सुरक्षित तथा वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। उनले आजदेखि चरणबद्ध रूपमा लाभग्राहीलाई विद्युतीय चुलो हस्तान्तरण गरिँदै जाने जानकारी दिएका छन्। उपमहानगरपालिकाका विभिन्न वडाबाट आवेदन दिएका र वडा कार्यालयको सिफारिस प्राप्त नगरवासीलाई तोकिएको मापदण्डका आधारमा चुलो वितरण भइरहेको छ। यो कार्यक्रम हरित जलवायु कोषको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँगको लागत साझेदारीमा सञ्चालन भइरहेको छ। स्वच्छ खाना पकाउने (क्लिन कुकिङ सोलुसन–सीसीएस) परियोजना…
Read More
इरानमा प्रदर्शनका क्रममा २ हजारभन्दा बढीको मृत्यु, ट्रम्पले भने, ‘मद्दत आउँदैछ’

इरानमा प्रदर्शनका क्रममा २ हजारभन्दा बढीको मृत्यु, ट्रम्पले भने, ‘मद्दत आउँदैछ’

तेहरान । इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा सुरक्षा फौजको दमनबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको मानव अधिकारवादी समूहले जनाएको छ। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई मद्दत ‘आउँदैछ’ भन्दै ढाडस दिएका छन्। अमेरिकामा रहेको ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) ले इरानमा इन्टरनेट बन्द रहे पनि पछिल्लो १७ दिनको विवरण सङ्कलन गर्दै १ हजार ८ सय ५० प्रदर्शनकारी, १३५ जना सरकारी पक्षका व्यक्ति, ९ जना सर्वसाधारण र ९ जना बालबालिका मारिएको पुष्टि गरेको छ। एक इरानी अधिकारीले पनि रोयटर्सलाई २ हजार जनाको मृत्यु भएको बताएका छन् तर उनले यसमा ‘आतंककारी’ को हात रहेको दाबी गरेका छन्। एचआरएएनएले…
Read More