Skip to main content

धनगढी न्यूज

Breaking News 1

समझदारीका लागि हामी प्रयासरत छौं- प्रदीप पौडैल

समझदारीका लागि हामी प्रयासरत छौं- प्रदीप पौडैल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समझदारीका प्रयासरत रहेको बताएका छन्। विशेष महाधिवेशन पक्षबाट संवाद टोली सदस्य रहेका पौडेलले अहिलेसम्म समझदारी नबनेको तर प्रयास जारी रहेको बताएका हुन्। 'हामी विधानको सर्वोच्चता कायम राख्न र पार्टी एकताबद्ध  बनाउन आफ्नो तर्फबाट प्रयासरत छौं।अर्को पक्षबाट थप छलफलमा बस्ने भन्ने कुराको समय निश्चित भइसकेको छैन,' उनले भने। पौडेलले वार्तासँगै निर्वाचन प्रक्रिया पनि जारी रहने बताए। ‍'नीति र नेतृत्व दुवै परिवर्तनको आवश्यकता छ, अहिले त्यो हुनुपर्छ,' उनले भने। निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार मनोनयन दर्ताका लागि समय थप गरी बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्म राखिएको छ। यसबिच सभापति शेरबहादुर देउवाले दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश…
Read More
थारु समुदायमा माघी पर्व आजबाट सुरु

थारु समुदायमा माघी पर्व आजबाट सुरु

धनगढीः थारु समुदायमा आजबाट माघी पर्व सुरु भएको छ। सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका थारू बस्तीलाई यतिबेला माघी पर्वको रौनकले छपक्कै छोएको छ। हरेक वर्ष आउने थारू समुदायको प्रमुख पर्व माघी इतिहास परापूर्वकालदेखि मनाउदै आईरहेको थारू अगुवाहरुको भनाइ छ। पुस अन्तिम दिन आज जिता मारेसँगै (सुङ्गुर काट्ने) सुरुहुने पर्व तीन दिनसम्म धुमधामसँग थारु समुदायले मनाउने गर्छन्। माघी थारू समुदायको प्रमुख चाड मात्रै नभएर नयाँ वर्षका रुपमा समेत विविध रुपमा मनाउने गरिएको छ। भोलि माघ १ गतेबाट थारु सम्वत २६४९ सुरु हुने कैलालीको गोदावरी नगरपालिका-८ फकलपुरका थारु अगुवा तथा अभियान्ता माधब थारुले बताए। थारू समुदायका गाउँबस्तीमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका…
Read More
विशेष महाधिवेशन उद्घाटनअघि जुलुस निकाल्दै कांग्रेस, यस्तो छ रुट

विशेष महाधिवेशन उद्घाटनअघि जुलुस निकाल्दै कांग्रेस, यस्तो छ रुट

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् । विशेष महाधिवेशनको आज मध्याह्न १२ बजे उद्घाटन गर्ने तय भएको छ । भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि जुलुस प्रदर्शन गर्ने महाधिवेशन आयोजक समितिको तयारी छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार ललितपुरको कुपण्डोल, काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीलगायतका स्थानबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको  सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक कार्यक्रम सुरु हुनेछ । आज बन्दसत्र सुरु गरिनेछ । महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ । यस्तो छ जुलुस निस्कने रुट रुट नम्बर १…
Read More
उज्यालो नेपाल पार्टी विभाजित, २० केन्द्रिय सदस्य सहित डा.जोशी रास्वपा तिर

उज्यालो नेपाल पार्टी विभाजित, २० केन्द्रिय सदस्य सहित डा.जोशी रास्वपा तिर

कैलालीः उज्यालो नेपाल पार्टीका उपाध्यक्ष  एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने निर्णयमा पुगेका छन्।  रास्वपा र उज्यालो नेपाल पार्टीबीचपार्टी एकता भंग भएपनि उनीहरू एकताको पक्षमै अडिग रहेको बताइएको छ। डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक एवं दोस्रो वरियताका नेता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएसँगै दुबै दलले आ–आफ्ना आकस्मिक बैठक बोलाएका छन्। एकता टुटेसँगै दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अध्यक्षमै रहने तयारीमा रहेको बताइए पनि पार्टीका केही केन्द्रीय सदस्यहरू भने एकताकै पक्षमा उभिने संकेत देखिएको छ। “हामी एकताको पक्षमा छौँ,…
Read More
तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का

तनहुँको शुक्लागण्डकीमा ३ जनाको शव फेला, हत्याको आशङ्का

पोखरा । तनहुँको शुक्लागण्डकीमा एकैदिन ३ जनाको शव फेला परेको छ । दुई पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्लागण्डकी नगरपालिका ५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोर मैला प्रशोधन केन्द्रमा दुई जना पुरुषको शव फेला परेको हो । मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको पहिचान खुलेको छ । फोहोर मैला केन्द्रमै भेटिएका अर्को एक जनाको पहिचान खुलेको छैन । अर्को एक जनाको शव जनकल्याण माविको तलपट्टी जङ्गलमा फेला परेको हो । उक्त शव महिलाको भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए । उनको पनि पहिचान खुल्न सकेको छैन । सबैको शरीरमा…
Read More
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै के भने ओलीले

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै के भने ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति अहिले ‘पुराना’ र ‘नयाँ’ दलको बहसभन्दा पनि भदौ २४ को विध्वंसलाई स्वीकार्ने कि अस्वीकार गर्दै लोकतन्त्र पुनर्स्थापित गर्ने भन्ने विषयमा स्पष्ट रूपमा ध्रुवीकृत हुँदै गएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सचेत, सक्रिय र हस्तक्षेपकारी भूमिका सहित लोकतन्त्रका पक्षधर अन्य दल र नागरिक समाजको प्रयासका कारण प्रतिगमनको थप शृङ्खला रोक्न सफल भएको दाबी गरे। स्थापित राजनीतिक दललाई अस्वीकार र निषेध गर्ने अलोकतान्त्रिक व्यवहारबाट सरकार पछि हट्न बाध्य भएको र दलहरूसँग संवादको ठाउँमा आउनुपरेको उनको भनाइ थियो। अध्यक्ष ओलीका अनुसार स्थापित दललाई निर्वाचनमा भाग लिन नदिने, घरबाट बाहिर…
Read More
अछाममा सबैभन्दा बढी गरिबीको दर, दोस्रोमा बैतडी र तेस्रोमा बाजुरा

अछाममा सबैभन्दा बढी गरिबीको दर, दोस्रोमा बैतडी र तेस्रोमा बाजुरा

धनगढी: राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रवार सार्वजनिक गरेको "गरिबीको लघुक्षेत्र अनुमान-२०८२ प्रतिवेदनले सुदूरपश्चिम प्रदेशमा गरिबीको दर उच्च रहेको देखाएको छ। प्रतिवेदनले सबैभन्दा बढी गरिबीको दर भएका शिर्ष दस जिल्लाको सूचीमा सुदूरपश्चिम प्रदेशका मात्रै पाँच जिल्ला अटाएका छन्। प्रतिवेदनले नेपालको समग्र गरिबीको दर २० दशमलव २७ प्रतिशत रहेको छ। तर सुदूरपश्चिमका सबै जिल्लामा नेपालको समग्र गरिबीको दरभन्दा उच्च गरिबी रहेको पाइएको छ। अछाममा सबैभन्दा बढी गरिबीको दर, दोस्रोमा बैतडी देशभरका सबैभन्दा बढी गरिबीको दर भएका दस जिल्लाको सूचीमा सुदूरपश्चिमका पाँच जिल्ला परेका छन्। सूचीको एक नम्बरमा रहेको अछाममा झण्डै पचास प्रतिशत जनसंख्या गरिब रहेको तथ्याङ्कले देखाएको छ। अछाममा दुई लाख २७ हजार…
Read More
पुस २७ मा कांग्रेस विशेष महाधिवेशन गर्न भृकुटीमण्डपमा तयारी तीव्र

पुस २७ मा कांग्रेस विशेष महाधिवेशन गर्न भृकुटीमण्डपमा तयारी तीव्र

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने निश्चित भएसँगै त्यस पक्षधर नेताहरू तयारीमा जुटेका छन्। अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै स्थापना गरिएको विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी अघि बढाइएको छ। महाधिवेशन व्यवस्थापन अन्तर्गत स्वयंसेवक परिचालनदेखि मञ्च निर्माणसम्मका कामहरू चरणबद्ध रूपमा सुरू गरिँदै छन्। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। उनले भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम सुरू हुने जानकारी दिए। विशेष महाधिवेशन नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको हो। यता, संस्थापन समूहले भने विशेष महाधिवेशनको काउन्टर रणनीतिस्वरूप युवा भेला र केन्द्रीय सदस्यहरूको भेला आह्वान गरेको छ।…
Read More
सेती लोकमार्ग निर्माणका लागि ९३ करोडको बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढ्यो

सेती लोकमार्ग निर्माणका लागि ९३ करोडको बहुवर्षीय ठेक्का प्रक्रिया अगाडि बढ्यो

धनगढी: सुदूरपश्चिमको समृद्धिको सपना बोकेको सेती लोकमार्ग सडकखण्ड निर्माण तथा स्तरोन्नतिका लागि ९३ करोड बजेट विनियोजन प्रक्रिया अगाडि बढेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेती लोकमार्गको दक्षिणी सडकखण्ड निर्माण तथा स्तरोन्नतिका लागि ९३ करोड बराबरको बहुवर्षीय ठेक्का गर्ने स्रोत सहमतिका लागि राष्ट्रिय योजना आयोगमा पेश गरेको हो। सेती लोकमार्गको दक्षिण खण्डमा कैलाली, अछाम, डोटी र बाजुरामा गरी २ सय चार किलोमिटर क्षेत्र समेटिएको छ।भौतिक पूर्वाधार मन्त्रालयले हाल सडक विभागबाट प्रस्ताव हुने गरी कार्यान्वयनमा रहेका अन्य ठेकेदार कम्पनीसँग दोहोरोपना नहुने र प्रचलित कानुन तथा स्वीकृत मापदण्डको अधिनमा आयोजना स्वीकृत प्रक्रिया अगाडि बढेको जनाएको छ। त्यस्तै सेती लोकमार्ग टिकापुर लोडे-चैनपुर-ताक्लाकोट सडकको…
Read More
ग्रिनल्याण्डबारे कुरा गर्न ट्रम्पले पठाउँदैछन् विदेशमन्त्री रूबिओलाई डेनमार्क

ग्रिनल्याण्डबारे कुरा गर्न ट्रम्पले पठाउँदैछन् विदेशमन्त्री रूबिओलाई डेनमार्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याणबारे कुरा गर्न आफ्ना विदेशमन्त्री मार्को रूबिओलाई डेनमार्क पठाउने भएका छन्। भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच पुर्‍याएपछि हौसिएका ट्रम्पले ग्रिनल्याण्डलाई पनि आफ्नो अधीनमा ल्याउनका लागि सुरूवातमा कुटनीतिक तवरबाट पुनः पहल अगाडि बढाउन लागेका हुन्। ग्रिनल्याण्डमा स्वशासन छ। यहाँको रक्षा र विदेश मामिला भने डेनमार्कले हेर्छ। पहिलो कार्यकालदेखि नै ग्रिनल्याण्डलाई किनेर भए पनि अमेरिकी अधीनमा ल्याउनुपर्ने पक्षमा रहेका ट्रम्पले दोस्रो कार्यकालको सुरूवातमा पनि सोही विषयलाई विशेष प्राथमिकता दिएका थिए। पछिल्लो समय यो मुद्दाबारे त्यति धेरै चर्चा नभए पनि भित्रभित्रै ट्रम्प प्रशासनका अधिकारीहरूले ग्रिनल्याण्ड किन्ने सम्भावनाबारे अध्ययन गरिरहेका थिए। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले आगामी साता नै…
Read More